site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्न थाल्यो चट्याङ, यसबाट कसरी बच्ने ?

काठमाडौं । प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न पनि सुरु भएको छ । प्रि–मनसुनमा मुख्यतः अपराह्नपछि स्थानीय वायु सक्रिय भएर नयाँ प्रणाली विकास हुँदा चट्याङ पर्ने गरेको छ । 

चट्याङबाट जनधनको क्षति भएका विवरणहरू आउन थालेका  छन् । त्यसैले यसबाट सचेत रहँदै जोगिन सरकारले आग्रह गर्दै आएको छ । 

चट्याङ के हो र यसबाट कसरी बच्ने भन्नेबारे जानकारी लिएर सचेत हुने भने धेरै हदसम्म यसबाट बच्न र अरुलाई बचाउन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

चट्याङ के हो ? 
चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकासमा विपरीत दिशाका बादलहरू तीव्र गतिमा जुधेपछि ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ । त्यसबाट आगोको मुस्लोजस्तो झिल्को निस्किन्छ । त्यसलाई बिजुली चम्किएको भन्ने गरिएको प्राधिकरणले जनाएको छ । 

चट्याङ पर्दा अत्यन्तै धेरै करेन्ट उत्पन्न हुन्छ । त्यस्तो करेन्टको मात्र कहिले काहीँ आकाशबाट जमिनतिर केन्द्रित भई प्रभावित हुने बेला यसको सम्सर्गमा आउने कुरामा क्षति पुर्याउने गरेको प्राधिकरणको भनाइ छ ।  

चट्याङबाट बच्न गर्नुपर्ने पूर्वतयारी 
अर्थिङले बिजुली चम्किँदा निस्किएको करेन्ट र घरको करेन्टलाई जोडिन दिँदैन । त्यसैले दक्ष प्राविधिकको सहयोगमा तामा, आल्मुनियम तथा जीआईका रड घरको सबैभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातु र पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गर्नुपर्छ । 

“घर तथा भवनहरू बनाउँदा अग्ला रुख, टावर र बिजुलीको लाइनबाट सकेसम्म टाढा बनाउनुपर्छ । घरमा जडान गरिएका विद्युतीय सामग्री बेलाबेलामा सुरक्षित छन् वा छैनन् भनेर जाँच गर्नुपर्छ,” प्राधिकरणले भनेको छ । 
 
चट्याङ परेको समय घरबाहिर हुँदा चट्याङले अग्ला रुख, बिजुलीका तार, पोल, पोखरी र नदीमा सजिलै समात्नसक्ने भएकाले त्यसको नजिक जानु हुँदैन । धातुको गेट, पर्खाल, पोलनजिक नबस्न पनि प्राधिकरणले भनेको छ । 

खुला ठाउँमा गएर शरीरलाई सानो बनाएर टुक्रुक्क भुईंमा कुरकुच्चा जोडेर बसी दुबै हातले कान थुन्नुपर्छ । 

“बिजुली चम्किएको समयमा खुला तथा पानी परेको स्थानमा बस्नु हुँदैन । सकेसम्म घरमा बस्नुपर्छ । विद्युतीय उपकरण प्लगबाट छुटाउनु पर्छ,” प्राधिकरण भन्छ, “नदी तथा खोला तर्नु हुँदैन । पौडी खेल्नु हुँदैन । पानीको धारामा सिधै नुहाउनु हुँदैन । विद्युतीय उपकरण प्रयोग गर्नु हुँदैन ।” 

सकेसम्म चट्याङ परेका बेला घरभित्रै झ्यालढोका बन्द गरेर बस्नुपर्छ भने धातुका रेलिङ छुन नहुने प्राधिकरणले जनाएको छ । 
 
चट्याङपछिको सतर्कता
चट्याङले असर गरेमा तुरुन्तै प्राथमिक उपचारपछि अस्पताल लैजानुपर्छ । चट्याङ सामान्यतया आराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरको काम दिउँसै सकेर ३ बजेपछि घरमै बस्नुपर्छ ।  

क्षतिको मूल्यांकन र पुनःस्थापनको काम गर्दा अपांगता भएका व्यक्ति, गर्भवती, बालबालिका, जेष्ठ नागरिक एकल महिला, महिला र असक्त व्यक्तिलाई प्राथमिकता दिन प्राधिकरणले आग्रह गरेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro