देश

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको विभागले बताएको छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ ०६:१५
प्रतिक्रिया दिनुहोस्