site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्क्रिप्ट डक्टर खोइ नेपालमा ? स्क्रिप्ट नै चोरी हुने डर
SkywellSkywell

काठमाडौं । चलचित्रकर्मीहरूले नेपालमा स्क्रिप्ट डक्टरको खाँचो रहेको बताएका छन् । कमजोर स्क्रिप्टको जगमा बनेका चलचित्र पनि कमजोर हुने भन्दै राम्रो चलचित्र निर्माणका लागि बलियो स्क्रिप्ट चाहिने चलचित्रकर्मीहरू बताउँछन् ।

चलचित्र निर्माण टिमवर्क भएकाले सामूहिक कार्यमा विश्वास गर्न सके यसको नतिजा पनि राम्रो आउने निर्देशक मनोज पण्डित बताउँछन् । “नेपालमा कथामाथि छलफल हुँदैन । कथामा राम्रो अध्ययन र अनुसन्धान हुँदैन । जानकार व्यक्तिहरूसँग हामी चलचित्रको कथा लिएर बस्दैनौँ,” मनोज भन्छन्, “यदि, आफूले चलचित्रको कथा तयार गरिसकेपछि सिनेमाको राम्रो नलेज भएको व्यक्तिलाई देखायो भने त्यसमा भएका कमजोरी सुधार गर्न सहयोग पुग्छ । हाम्रो चलचित्र उद्योगमा यो धेरै प्राक्टिसमा आएको छैन । तर, यो अतिआवश्यक कुरा हो ।”

मनोज स्क्रिप्ट डक्टरका रूपमा आफूले अनुप सुवेदीलाई देखेको बताउँछन् । सिनेमाको स्क्रिप्टमा अनुपको राम्रो बुझाइ रहेको उनी बताउँछन् । “मेरो नजरमा उहाँ हुनुभयो । उहाँजस्तै अरू पनि हुनुहुन्छ होला,” उनी भन्छन्, “फ्लोरमा जानुअगाडि चलचित्र देखाएर त्यसमा भएका कमी–कमजोरी औँल्याउँदै सच्याएर अगाडि बढे एकातिर चलचित्र राम्रो हुन्छ, अर्कोतर्फ सिनेमा राम्रो हुनु भनेको लगानीमा जोखिम कम हुनु पनि हो ।”

KFC Island Ad
NIC Asia

निर्देशक प्रदीप भट्टराई चलचित्रको कथा लेख्न सुरु गर्नुअगाडि आफू सयौँ ‘आइडिया’मा बस्ने गरेको सुनाउँछन् । चलचित्र निर्माण सहज नरहेको भन्दै यसका लागि सकेसम्म धेरैको ‘आइडिया’ लिएर काम गर्न सके राम्रो हुने उनको सुझाव छ ।

“म आफैँ पनि एउटा चलचित्रका लागि कथाको आइडियालाई लिएर मनोज दाइसँग सयौँपटक बसेको छु । र पनि कतिपय अवस्थामा चित्त बुझ्दैन,” प्रदीप भन्छन्, “आफूले काम गर्न लागेको विषयमा जति धेरैको विचार र आइडिया बुझ्न सक्यो त्यति त्रुटि कम हुने सम्भावना हुन्छ ।”

Royal Enfield Island Ad

विश्वका ठूला चलचित्र उद्योगमा जोखिम घटाउन स्क्रिप्ट डक्टरलाई आफूले बनाउन लागेको चलचित्रको कथा देखाउने प्रयोेग छ । स्क्रिप्ट डक्टरले स्क्रिप्टमा रहेको कमजोरी औँल्याएर त्यसलाई कसरी सच्च्याउन सकिन्छ आइडिया दिन्छन् । “स्क्रिप्टमा यो रोग छ, यसको निदान यसरी गर्न सकिन्छ भनेर स्क्रिप्ट डक्टरले बाटो देखाइदिने हो,” मनोज भन्छन्, “एक हिसाबले भन्ने हो भने स्क्रिप्ट डक्टर राम्रो छ र उसले दिएको सुझावानुसार काम गर्ने हो भने सिनेमा धेरै हदसम्म जोगिन्छ ।”

कमर्सियल सिनेमाका लागि स्क्रिप्ट डक्टर आवश्यक औँल्याउँछन् अभिनेता विपीन कार्की । कथामा रहेका कमजोर पक्षलाई हटाउँदै अब्बल सिनेमा निर्माणका लागि अनुभवी र जानकार व्यक्तिको सुझाव खाँचो रहेको उनको भनाइ छ । आजसम्म पनि यो खासै प्रयोगमा आउन नसकेको उनको अनुभव छ । “हामीले बुझ्ने मौलिक सिनेमामा यसको त्यति धेरै खाँचो नपर्ला, तर कमर्सियल चलचित्रका लागि यो प्राक्टिस गर्न ढिलो भइसक्यो,” विपीन भन्छन्, “सके त आर्ट मुभीमा पनि यसको प्राक्टिस गरे राम्रो । तर, कमर्सियल मुभीमा भने यसको टड्कारो आवश्यक छ ।”

नेपालमा आजसम्म आफूले लेखेको कथा वा स्क्रिप्ट अरूलाई सकेसम्म नदेखाउने र नसुनाउनुमा मेकरको दम्भले काम गरेको बताइन्छ । “कोही सर्जक मसँग दम्भ छ भनेर भन्छ भने ऊ झुट बोलिरहेको छ भनेर जाने हुन्छ,” निर्देशक मनोज पण्डित भन्छन्, “म नै बेस्ट हुँ र मेरो आइडिया नै सबैभन्दा राम्रो छ भनेर दम्भ पाल्ने गरेकै कारण स्क्रिप्ट डक्टरको प्राक्टिस हाम्रोमा हुन सकेको छैन । यो दम्भले अन्ततः असर गर्ने मेकरलाई नै हो ।”

यद्यपि, मेकरमा केही हदसम्म दम्भ नभए चलचित्र वा कुनै पनि सिर्जना बजारसम्म आइनपुग्ने उनी बताउँछन् । तथापि, आफैँलाई ब्याकफायर गर्ने गरी भने दम्भी हुन नहुनेमा उनको जोड छ ।

चलचित्र भाषा, दृश्य, अडियो, कलर, अभिनय, कस्ट्युम, कथालगायत तत्वको समीश्रण हो । एकै व्यक्तिलाई धेरै कुराको ज्ञान नहुने सम्भावना अधिक हुने भएकाले पनि यसमा धेरैको ज्ञान र सीप चाहिने कुरालाई नजरअन्दाज गर्न नहुने निर्देशक प्रदीप बताउँछन् ।

एक महिना अगाडि युट्युबमा रिलिज भएर ट्रेन्डिङमा आएको एक चलचित्रको कथा सिनेमा कलेजका एक विद्यार्थीको हो । उनले त्यो कथा केही फिल्ममेकरलाई सुनाएका थिए । पछि उनले सुनाएको हुबहु त्यही कथामा चलचित्र बनेर आयो । तर, त्यो चलचित्रको कथा लेखनमा अर्कैको नाम थियो । न उनले नाम पाए न कथाको पारिश्रमिक । यद्यपि, उनले कथा आफूले लेखेको भनेर कानुनी उपचार खोजेनन् । यही चलचित्र उद्योगमा भविष्य खोजिरहेका उनी मुद्दा–मामिलामा जान चाहेनन् । त्यसैले यो कुरा नेपाली सिने सर्कलमै सीमित रह्यो । अझै पनि नेपाली चलचित्र उद्योग व्यावसायिक भइसकेको छैन भन्ने कुराको बलियो प्रमाण हो यो ।

त्यसैले आफूले बनाउन लागेको चलचित्रको कथा ढुक्क भएर अरूलाई सुनाउन सक्ने अवस्था नरहेको एक लेखक तथा निर्देशक बताउँछन् । “आज मैले सुनाएको कथा भोलि चोरी भएर हुबहु त्यस्तै कथामा अर्कोले चलचित्र बनाउन थालिसकेको हुन्छ,” ती मेकर भन्छन्, “त्यसैले अझै पनि ढुक्क भएर आफूले लेखेको चलचित्रको कथा अरूलाई सुनाउन सक्ने अवस्था छैन । त्यसैले पनि स्क्रिप्ट डक्टरलाई सुनाएको कथा लिक भएर अर्कैकोमा पुग्छ कि भन्ने धेरैलाई डर छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro