site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणहिटीमा रहेको उपत्यका पृतनाभित्र बिलासी गाडीमा किन राखिँदैछ विवादित नम्बर ?

काठमाडौं । नारायणहिटी संग्रहालयभित्र टोयोटा र मर्सिडिज् बेन्जजस्ता बिलासी गाडीमा राखिएको निजी नम्बर प्लेट अर्को नम्बरसँग जुधेपछि प्रश्न उठेको छ । नेपाली सेनाको उपत्यका पृतनाभित्र राखिएका यी गाडीमा राखिएको नम्बर हिमालय ईभी कम्पनीले खरिद गरेका गाडीलाई दिइएको नम्बर राखेको पाइएको छ ।

यी गाडी पुराना हुन् या नयाँ भन्ने विषयमा पनि नारायणहिटी संग्रहालय विकास समितिले केही जानकारी गराएको छैन ।

“अहिले सबै विवरण विस्तृतमा बताउन मिल्दैन,” विकास समितिका एक अधिकारीले भने । उनले उल्लिखित नम्बरहरु अन्य ईभीसँग मिल्दो भएकोबारेमा अनभिज्ञता प्रकट गरे । बा ०३१ च ९२०१, बा ३१ च ९२०४ र बा ०३१ च ९१९७ नम्बरका प्लेट बिलासी गाडीमा राखिएका छन् ।

यी गाडीहरु काठमाडौंको नारायणहिटीमा रहेको उपत्यका पृतना भित्र राखिएको छ । सैनिक स्रोतका अनुसार यी तीन वडा गाडीहरु आवश्यकताअनुसार उच्च सैनिक अधिकृतहरुले प्रयोग गर्दै आएका छन् । 

तर नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीसँग बुझ्दा उनले आफू अनभिज्ञ रहेको बताए ।  “यस विषयमा मलाई कुनै जानकारी छैन,” सैनिक प्रवक्ता केसीले बाह्रखरीसँग भने, “ती गाडी नेपाली सेनाको होइन ।” 

हिमालय ईभी कम्पनीले यीसहित १२ वटा गाडीको नम्बर यातायात व्यवस्था विभागबाट लिइसकेको जानकारी विभाग स्रोतले दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro