site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकलाई लकडाउनको चिन्ता, गृह भन्छ– आगामी दिनको संक्रमणले निर्धारण गर्छ 
SkywellSkywell

काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम गर्न भन्दै देशभर स्वास्थ्य मापदण्ड पालना र भिडभाडमा कडाइ गरेको छ ।

आउँदो माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालनमा रोक लगाइएको छ । बाहिर निस्कँदा मास्क अनिवार्य, सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सार्वजनिक सवारीसाधनमा कडाइ गरिएको छ ।

पुनः महामारी तीव्र गतिमा फैलिए यसअघिको जस्तै ‘लकडाउन’ र निषेधाज्ञा हुने त्रास र चिन्ता सर्वसाधारण नागरिकमा छ ।

KFC Island Ad
NIC Asia

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइराला दैनिक संक्रमणदर परिवर्तन भइरहेकाले पुनः कडा लकडाउनबारे केही भन्न नसकिने बताउँछन् । हाल सरकारले गरेका निर्णय कार्यान्वयनको चरणमा रहेको र रिजल्ट नआइसकेकोले केही बताउन नसकिने उनको भनाइ छ ।

‘‘तत्काल सरकारले गरेका निर्णयहरू कार्यान्वयनको क्रममा छन् । यी निर्णयहरू स्मार्ट लकडाउनको प्रावधानबमोजिमका हुन् । सरकारले चालेका कदम, निर्णयहरूको परीक्षण हुनै बाँकी छ । कार्यान्वयनमा ल्याइएका निर्णयहरूले संक्रमणको ‘चेन ब्रेक’ गर्न सक्ने अपेक्षा छ । आगामी दिनमा कस्तो अवस्था रहन्छ, आउँदा दिनहरूमा बढ्ने संक्रमणदर र मृत्युदरले पुनः लकडाउन हुने/नहुने कुराको निर्धारण गर्छ,” प्रवक्ता कोइरालाले भने ।

Royal Enfield Island Ad

अहिले देशका विभिन्न जिल्लामा स्मार्ट लकडाउनसम्बन्धी प्रावधानहरू कार्यान्वयनमा ल्याइएको छ । पहिलो र दोस्रो चरणको कोरोना महामारीको बेलामा सरकारले कडा लकडाउन र निषेधाज्ञा जारी गरेको थियो ।

त्यति बेला सरकारले खोप कार्यक्रम तीव्र पार्न सकेको थिएन । अहिले खोप कार्यक्रम तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म लक्षित जनसंख्याको ५६.९ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

अहिले खोप कार्यक्रम र स्वास्थ्य मापदण्डको पालनालाई तीव्र पारिएकाले पनि महामारीको चेन बे्रक गर्न सहज हुने अपेक्षा गरिएको प्रवक्ता कोइरालाले बताए । उनले यसअघिन्दा अहिलेको अवस्था फरक रहेकाले कडा लकडाउनको प्रावधानबारे छलफल नगरिएको जानकारी दिए ।

‘‘तत्काल कडा बन्दाबन्दी गरी सर्वसाधारणको जनजीवन प्रभावित पार्ने कुनै पनि निर्णय गरेका छैनौँ । तयारी पनि छैन । तर, अत्यधिक संक्रमण बढे सरकारले आपत्कालीन बैठक बस्नैपर्छ । निर्णय गर्नैपर्छ । कदम चाल्नैपर्छ,” प्रवक्ता कोइरालाले भने ।

गृहको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरूले होटेल, रेस्टुरेन्ट, सिनेमा हल, हवाईयात्रा, पार्कलगायतमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिड–१९ खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिइने प्रावधान कार्यान्वयनमा ल्याएका छन् ।

यस्तै, सीसीएमसीसीले पनि कार्यान्वनमा ल्याइएका निर्णय आगामी दिनको संक्रमणदरले फेरबदल गराउन सक्ने जनाएको छ ।

कोभिड–१९ को स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना–२०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउने जिम्मा प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको छ ।

सरकारले दिएको निर्देशनबमोजिम जिल्लाको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले प्रावधान कडा र खुकुलो पार्न सक्नेछन् ।

गृह मन्त्रालयका अनुसार संक्रमणदर बढ्दै गए एकैपटक सबै क्षेत्र ठप्प नपारी चरणबद्ध रूपमा कदम चालिनेछ । सरकारले आमनागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro