site stats
बाह्रखरी :: Baahrakhari
देश
राज्यमन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टीकरण 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । 

आचार्यले पदीय आचरण विपरीत काम गरेको भन्दै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । 

जलस्रोत तथा सिंचाइ विभाग जावलाखेल ललितपुरले चैत २५ गते आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी थिए । उक्त कार्यक्रममा मञ्चमा आसनग्रहणका लागि बोलाउँदा आचार्य बेवास्था गर्दै बाहिरिएको आरोप लगाइएको छ । 

कार्यक्रम बहिष्कार गरेर अनुशासन विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्री तामाङले बताएका छन् । 

सचिव आचार्यलाई निजामती सेवा २०५९, को दफा ५९ बमोजिम कारबाही किन गर्ने भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको छ । 

123456-1744338657.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्