site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीत हिट बनाउन टिकटकको सहारा लिँदै गायक/गायिका ?
SkywellSkywell

काठमाडौं । पछिल्लो समय टिकटक गीत चलाउने माध्यम बनेको छ । जब टिकटकमा गीतको स्थायी वा अन्तराको छोटो क्लिप्समा भिडियो बन्छ, त्यसपछि गीत आमजनबीच नोटिस हुन्छ । टिकटकमा पठाइएको क्लिप्सले ध्यान खिच्न सक्यो भने गीत लोकप्रिय हुन्छ ।

“टिकटकमा गएको गीतको क्लिप्स मन पराइयो भने बल्ल गीतको लिंकमा युट्युब प्रयोगकर्ता पुग्छन्,” म्युजिक भिडियो निर्देशक निकेश खड्का भन्छन्, “अहिले युट्युबमा गीत खोजेर सुन्ने चलन कमै छ । टिकटकमा गीत मनपर्‍यो भने बल्ल दर्शक युट्युब लिंकमा जान्छन् ।”

धेरै गायक/गायिकाले अहिले आफूले गीत बजारमा सार्वजनिक गरेपछि त्यसमा टिकटक बनाइदिन टिकटकरलाई आग्रह गर्ने गरेका छन् । कसैले चिनजान र सम्बन्धका आधारमा आग्रह गर्ने गरेको र कसैले पैसा तिरेर आफ्नो गीतमा टिकटक बनाइदिन भन्ने गरेको निर्देशक खड्का बताउँछन् ।

KFC Island Ad
NIC Asia

गीत चलाउन गायक/गायिका वा प्रोडुसरले सुरुमै टिकटकका लागि बजेटसमेत छुट्टयाउने गरेका छन् । “गीत नोटिस गराउन टिकटक अनिवार्यजस्तै भएपछि अहिले गायक/गायिका अथवा जसले गीतमा लगानी गरेको उसले टिकटकका लागि भनेर छुट्टै बजेट नै छुट्ट्याउने गरेका छन्,” १२ सयभन्दा धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश भन्छन्, “पाँच हजारदेखि २० हजारसम्म टिकटकरका लागि बजेट छुट्ट्याउने गरेका छन् ।”

गायक कमल खत्री पछिल्लो समय दर्शकलाई युट्युबमा कुन गीत आएको छ भन्ने नै थाहा हुन छोडेको अनुभव सुनाउँछन् । टिकटकमै धेरै समय बिताउने गरेका कारण दर्शकले टिकटकमा देखेपछि मात्रै नयाँ गीत आएको थाहा पाउने गरेको कमल बताउँछन् ।

Royal Enfield Island Ad

“आजकाल टिकटकमा धेरै भिडियो बनेपछि त्यसकै आधारमा युट्युबमा गीत खोजिन थाल्यो । यसलाई राम्रो भनौँ अथवा नराम्रो, कतिपय नराम्रा गीत पनि टिकटककै कारण लोकप्रिय पनि भइरहेका छन् । कति राम्रा गीत टिकटकमा नपुग्दा ओझेलमा परेका छन् । कति पुराना गीत टिकटकमा आएपछि हिट पनि भएका छन् । मेरै पुराना गीत पनि हिट भएका छन्,” कमल भन्छन्, “मैले पनि एउटा गीतमा टिकटक कम्पिटिसन गराएको छु । तर, पैसा तिरेर मेरो गीतमा टिकटक बनाइदिन आग्रह गरेको चाहिँ छैन ।”

अहिले धेरै गायक/गायिकाले पैसा तिरेरै टिकटक बनाउन लगाउने गरेको आफूले थाहा पाएको उनी बताउँछन् ।

समयसँगै गीत सुुन्ने तरिका र प्लेटफर्ममा पनि परिवर्तन हुँदै गएको गायक नवीन के भट्टराई बताउँछन् । अहिले १५ सेकेन्डमा दर्शकको ध्यान आफूतिर खिचिसक्नुपर्ने समय आएको उनको भनाइ छ । “समयसँगै धेरै परिवर्तन आइसकेको छ । अहिले जे भन्न खोजेको हो १५ सेकेन्डमा भनिसक्नुपर्छ र त्यो छोटो समयमा आफूतर्फ आकर्षित गर्न सक्नुपर्छ,” नवीन के भन्छन्, “टिकटकमा ट्रेन्डिङमा परिसकेपछि बल्ल दर्शक युट्युबमा गएर गीत खोज्नुहुन्छ जस्तो लाग्छ । भलै, म यसमा धेरै अभ्यस्त छैन ।”

हरेक समयले आ–आफ्नो स्वाद र विशेषता लिएर आउने भन्दै सुरुमा रेडियो नेपालबाट हिट हुने गीत पछि टेलिभिजन फेसबुक, युट्युब हुँदै अहिले टिकटकमा आइपुगेको नवीन बताउँछन् ।

संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा टिकटक गीत प्रचारको गतिलो माध्यम भएको बताउँछन् । डिजिटल प्रचारका माध्यमहरूमध्ये एउटा प्रभावकारी माध्यमको रूपमा टिकटक विकास भइरहेको उनको भनाइ छ ।

“अहिलेका लागि टिकटकले प्रमोसनमा राम्रो काम गरिरहेको छ । टिकटकमा हिट हुँदैमा समग्रमा गीत हुन्छ कि हुँदैन भन्ने कुरा पनि छ । कतिपय अवस्थामा टिकटकमा मात्रै प्रोमोट भइरहेको छ । गीतमा कनेक्ट भइरहेको छैन । एक लाइन मात्रै प्रोमोसन भइरहेको छ । तर, प्रोमोसनचाहिँ निःसन्देह भइरहेको छ,” कालीप्रसाद भन्छन्, “प्रोमोसनका विभिन्न माध्यमहरूमध्ये टिकटक अहिले प्रभावकारी माध्यम हो । पहिला प्रोमोसनका लागि रेडियो र टेलिभिजन थियो । अहिले प्रोमोसनका लागि टिकटकरलाई बजेट छुट्ट्याउने चलन आएको हो । तर, व्यक्तिगत रूपमा मैले भने आजसम्म पैसा तिरेर टिकटकमा प्रचार गरेको छैन ।”

विभिन्न नयाँ–नयाँ व्यवसाय सिर्जना हुने क्रममा टिकटक पनि आएको उनको बुझाइ छ । म्युजिक भिडियो बनाउँदा निर्देशक तथा मोडलहरूलाई पारिश्रमिक दिएजस्तै पब्लिसिटीका लागि टिकटकरलाई बजेट छुट्ट्याउने चलन सुरु भएको कालीप्रसाद बताउँछन् ।

आफ्नो सिर्जना राम्रो भए पनि दर्शकसम्म पुर्‍याउन प्रचारप्रसार आवश्यक रहेको र त्यसलाई ‘क्यास’ गर्न टिकटक आइपुगेको भन्दै उनी भन्छन्, “अहिले दर्शकसम्म यति धेरै कन्टेन्ट पुगिरहेको छ, वास्तवमा त्यो सही हो कि गलत उनीहरू कन्फ्युज छन् । त्यसैले इन्फरमेसन दिने विभिन्न माध्यमहरूमध्ये अहिले टिकटक आएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro