site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किबोर्डका खेलाडी
SkywellSkywell

काठमाडौं । बालबालिकाहरू सहभागी अहिले चलिरहेको सांगीतिक रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस’ नियालेर हेर्ने दर्शकले एउटा अनुहार सम्भवतः पटक–पटक देखेको हुनुपर्छ । नौजना म्युजिसियनमध्ये गोरो–गोरो गोलो फेसको मंगोल अनुहारको व्यक्ति किबोर्ड बजाइरहेका देखिन्छन् । यी व्यक्तिलाई क्यामेराले हमेसा मार्क गरिरहेको हुन्छ । एडिटरले उनलाई फुत्त–फुत्त बच्चाहरूले गाइरहेका बेला देखाइरहेको हुन्छ । ती व्यक्ति हुन्, किबोर्डडिस्ट प्रज्ज्वल लामा ।

घरमा बुवा गिटारिस्ट थिए । घरमा गिटार त हुने नै भयो । गिटारसँगै किबोर्ड पनि थियो । कारण, बुवा म्युजिसियन पनि हुन् । बच्चैदेखि किबोर्डमा प्रज्ज्वलका औँला डुल्न थाले । थाहै नपाई उनलाई किबोर्डमा करिब–करिब लत बस्यो । आमा हिन्दी सिरयल र गीतहरू हेर्थिन् । सिरियलका जिंगल र गीतको सुरुको धुनमा प्रज्ज्वलले किबोर्डको धुन मिसाउन थाले । विस्तारै मिले–मिलेजस्तो हुन थाल्यो ।

सायद धेरै मिल्यो वा सम्भावना देखियो । बुवा (सुरेश लामा)ले छोरालाई दुई कक्षामा पढ्दै गर्दा किबोर्डको क्लासमा राखिदिए । बेसिक आइडिया बुवाबाट सिकेका उनले त्यहाँ नोटेसन सिके ।

KFC Island Ad
NIC Asia

पहिलो गुरु बनाए प्रदीप श्रेष्ठलाई । उपेन्द्र सिंहलाई पनि गुरु थापेका प्रज्ज्वलले थुप्रै विदेशीबाट पनि किबोर्डको शिक्षा लिए । अहिले कुनै पनि कुरा सिक्न कुनै शिक्षालय गएर गुरुकै अगाडि बस्नुपर्ने समय रहेन । युट्युब र अनलाइनबाट किबोर्डबाट थप राम्रो धुन निकाल्न सिकिरहेका छन् ।

अक्सर मान्छे गीत गाउन रुचि राख्छ । किनकि, त्यो ग्ल्यामर फिल्ड हो । तर, प्रज्ज्वललाई गायनको ग्ल्यामरले तानेन । खै किन–किन उनी किबोर्डमै रमाइरहे । भलै, उनले क्लालिकल शास्त्रीय संगीत प्रभुराज ढकालसँग चार वर्ष सिकेका छन् । तर, सांगीतिक ज्ञानका लागि मात्रै । त्यसैले त उनी कसैले दिएको नोटेसन हेरेर मेसिनरी भएर बजाउँदैनन् मात्रै । सुर र ताल मात्रै होइन सरगम, गमक र खिड्का पनि उनलाई थाहा छ । यही कारण त उनी गायक/गायिकाको स्वरानुसार छिनमै किबोर्डमा आफ्ना औँलाहरूलाई ‘डाइभर्ट’ गर्न सक्छन् । बिग्रिन लागेको गायनलाई बचाइदिन्छन् ।

Royal Enfield Island Ad

किबोर्डको धुनमा जीवन खोजिरहेका उनले थुप्रै गीतमा किबोर्ड बजाइसकेका छन् । न्युह् बज्राचार्यका ‘सयौँ काँडा...’, ‘टाढाटाढा...’ लगायत डेढ दर्जनभन्दा धेरै गीतमा उनले किबोर्ड मात्रै बजाएका छैनन्, म्युजिक एरेन्ज पनि गरेका छन् ।

अधिकांश म्युजिकल रियालिटी शोमा किबोर्ड बजाइसकेका उनले सुरु ‘सुरसाला आइडल’बाट गरेका थिए । त्यसयता ‘नेपाल आइडल’ पहिलो सिजनमा किबोर्ड बजाएका प्रज्ज्वलले ‘भ्वाइस अफ नेपाल’का तीनवटै सिजनमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । अहिले उनी सारेगमप लिटिल च्याम्पसमा किबोर्ड बजाइरहेका छन् ।

उनको जिम्मा किबोर्ड बजाउने मात्रै होइन । आवश्यक परे र अप्ठ्यारो हुने अवस्था आए म्युजिकको कर्ड लेखेर अन्य म्युजिसियनलाई सहजता प्रदान गर्नु पनि हो ।

म्युजिकल रियालिटी शोमा मात्रै होइन, उनले थुप्रै कन्सर्टहरूमा पनि किबोर्ड बजाएका छन् । एड्रियन प्रधान, सबिन राई, नरेन लिम्बू, सत्य–स्वरूप, कालीप्रसाद बास्कोटा, इन्दिरा जोशीलगायत थुप्रै गायक/गायिकाको कन्सर्टमा उनले किबोर्डमा आफ्ना औँलाहरू चलाएका छन् ।

नेपाली कलाकार मात्रै होइन, भारतीय कलाकारहरूसँग पनि प्रज्ज्वलको कला मिसिएको छ । आशा भोस्ले, साधना सर्गमलगायत भारतीय गायक/गायिकाको गीतमा पनि उनले आफ्नो कला मिसाए ।

रियालिटी शोमा काम गर्न जति रमाइलो हुन्छ त्यति नै चुनौती पनि । “रियालिटी शोमा ब्लकमा गीत आउँछ । ६० देखि सयवटासम्म गीत एकैपटक आउँछ, त्यो बेला निकै प्रेसर हुन्छ,” प्रज्ज्वल सुनाउँछन्, “त्यस्तो बेला सबै याद गर्छु भनेर हुँदैन, नोटेसन गर्नुपर्छ । ब्यान्डसँग प्राक्टिस गर्नुपर्छ । जसका लागि निकै छोटो समय हुन्छ ।”

एक दिन अगाडि गीत आउँछ । त्यसमा पनि एउटा सुरको गीत हुन्छ, तर गाउने व्यक्तिको स्वरको रेन्जानुसार अर्कै सुरमा बजाउनुपर्छ । कसैको भोकल गीतभन्दा लो अथवा हाइ हुन्छ, आफू त्यसमा पलभरमै ढल्नुपर्छ । यसमा आफूलाई तत्काल ढाल्न सक्ने अब्बल ठहरिन्छ, नसक्ने कमजोर ।

ठूलो शोमा धेरै पेमेन्ट हुन्छ, सानोमा थोरै । तर, जे होस् प्रज्ज्वलको मूल्यांकन आजसम्म आयोजकले राम्रै गर्दै आएका छन् । उनी हाइएस्ट पेड म्युजिसियन हुन् । त्यसैले त उनलाई किबोर्डसँग खेलिरहँदा यसको विकल्प खोज्नुपरेको छैन ।

आकर्षक पारिश्रमिककै कारण उनले आफूले चाहेको किबोर्ड किन्न सकेका छन् । रहर गरेको किबोर्डको किमा आफ्ना औँलाहरू डुलाउन पाएका छन् ।

उनलाई एउटा किबोर्डले मन खिचेको थियो । तर, त्यो थियो अमेरिकामा मात्रै । उक्त किबोर्ड वर्ल्डमै जम्मा ५० पिस थियो । तर, उनको रहर त्यही किबोर्डमा अड्किएको थियो । त्यसैले दुई वर्ष अगाडि उनले कर्ड कम्पनीको उक्त एउटा किबोर्ड अर्डर गरे । यूएसबाट सिंगापुर र सिंगापुरबाट चाइना हुँदै किबोर्ड नेपाल डेलिभर भयो ।

“विश्वका ठूलठूला आर्टिस्ट र ठूलठूलो रियालिटी शोमा अहिले बजाउने किबोर्ड यही हो,” उनी भन्छन्, “अहिले सबैले हेर्ने कम्फर्ट र क्वालिटी हो । त्यसैले पनि यसले मलाई लोभ्यायो । यो किबोर्ड म कहिले–कहिले सारेगमप शोमा पनि लगेर बजाइरहेको हुन्छु ।”

किबोर्डबाट सुमधुर धुन त उनी निकालिरहन्छन्, तर त्यसका लागि कति घण्टा साधना गर्छन् ? यसमा यति नै बिताउँछु भनेर उनी समय छुट्ट्याउँदैनन् । तर, जब उनी युट्युबमा कसैले गज्जबले किबोर्ड बजाएको देख्छन्, उनलाई त्यस्तै धुन सिर्जना गर्ने हतारो हुन्छ । र, किबोर्ड अगाडि बसिहाल्छन् अनि सुरु गर्छन् नयाँ धुन निकाल्न ।

अब्बल किर्बोडिस्ट उनी भइसके । त्यसैले त प्रज्ज्वललाई अधिकांश फ्रेन्चाइज शोहरूले खोजिरहेका छन् । तर, उनलाई यतिमै सीमित हुनु छैन । किबोर्डभित्र अझै धेरै नौला धुनहरू खोज्ने चाहले प्रज्ज्वल आफ्नो अध्ययनलाई थप फराकिलो बनाउन खोज्दै छन् ।

किबोर्डको ग्रेड ८ सम्मको अध्ययनमध्ये रोयल लन्डन कलेज अफ म्युजिकबाट उनले क्लासिकल पियानोको ग्रेड फाइभ उत्तीर्ण गरिसकेका छन् । रोयल एबीआरएसएममा पनि अध्ययन सकिसकेका छन् । काठमाडौं युनिभर्सिटी अफ म्युजिकोलोजीबाट ब्याचलर्स गरिसकेका प्रज्ज्वल यसमै मास्टर्ससम्मको अध्ययनका लागि विदेशी विश्वविद्यालय जाने तयारीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro