site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण युट्युबमा धमाधम रिलिज हुँदै चलचित्र

काठमाडौं । पछिल्लो एक–डेढ महिनायता युट्युबमा चलचित्र रिलिज हुनेक्रम बढेको छ । तुलनात्मक रूपमा अन्य समयको तुलनामा एक–डेढ महिनायता युट्युबमा उल्लेख्य संख्यामा चलचित्र अपलोड भएका छन् ।

हाइलाट्स नेपालमा मात्रै ‘मंगलम’, ‘डाइङ क्यान्डल’, ‘लम्फू’, ‘पुरानो बुलेट’, ‘नेप्टे’ लगायत चलचित्र दुई महिनायता रिलिज भएका छन् ।

युट्युब च्यानल कम्पनी ओएसआर डिजिटलमा ‘कबड्डी कबड्डी कबड्डी’, ‘घामड शेरे’, ‘हजार जुनीसम्म’ लगायत चलचित्र रिलिज भए । चलचित्र मात्रै होइन, म्युजिक भिडियोहरू रिलिज हुनेक्रम पनि बाक्लिएको छ ।

राम्रै लगानी गरेर डिजिटल प्लेटफर्म आइरहेका बेला र भविष्य यसमै छ भनेर सबैले स्वीकार गरिरहँदा पनि चलचित्रको युट्युब रिलिज बढिरहेको छ । यो समय युट्युबमा चलचित्र रिलिज हुनुको मुख्य कारण विज्ञापन नै भएको ओएसआर डिजिटलका व्यवस्थापक रुपेन्द्र खड्गी बताउँछन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको समयमा युट्युबमा विज्ञापन धेरै आउने र त्यसको फाइदा युट्युब कन्टेन्टलाई पनि हुने उनी बताउँछन् ।

“यो समय अंग्रेजी नयाँ वर्ष र क्रिसमस भएकाले युट्युबमा विज्ञापन दिनेको संख्या धेरै हुन्छ । विज्ञापन धेरै आउँदा त्यसको प्रत्यक्ष प्रभाव हामीलाई पनि हुन्छ,” व्यवस्थापक खड्गी भन्छन्, “केही महिनायता धेरै फिल्म युट्युबमा आउनुको कारण यही हो ।”

कन्टेन्ट प्ले भइरहेका बेला युट्युबमा आउने विज्ञापनका आधारमा ‘इनकम’ बढ्छ । जति धेरै विज्ञापन कन्टेन्टमा आउँछ त्यति नै धेरै च्यानललाई आम्दानी हुन्छ ।

खड्गी १५/२० प्रतिशतसम्म यो समय आय बढ्ने गरेको बताउँछन् ।

हाइलाइट्स नेपाल युट्युब च्यानलका सञ्चालक ओम गुरुङ भने अरू महिनाको तुलनामा अहिले डेढदेखि दुई गुणा बढी रेभिन्यु आउने गरेको दाबी गर्छन् ।

“अहिले चलचित्रहरू रिलिज गर्नुको कारण उच्च रेभिन्यु हो । अहिले दुई गुणासम्म बढी रेभिन्यु आउँछ,” गुरुङ भन्छन्, “नेपालमा असार मसान्तसम्म बजेट खर्च गरिसक्नुपर्ने बाध्यात्मक अवस्था भएजस्तै पश्चिमा देशमा डिसेम्बरसम्म विज्ञापनका लागि गरिएका कन्ट्रयाक पूरा गर्नुपर्ने भएकाले नोभेम्बर र डिसेम्बरसम्म धेरै विज्ञापन आउँछ । त्यसैले रेभिन्यु राम्रो हुने भएकाले यो समय आफूसँग भएका कन्टेन्ट युट्युब कम्पनीहरूले रिलिज गरिरहेका छन् ।”

म्युजिक भिडियो तथा चलचित्र निर्देशक निकेश खड्का अहिले युट्युबबाट आउने आकर्षक कमाइ नै युट्युबमा चलचित्र र भिडियो रिलिज हुनुको मुख्य कारण रहको बताउँछन् । नोभेम्बरको मध्यदेखि जनवरीको मध्यसम्म युट्युबमा उल्लेख्य मात्रामा विज्ञापन बढ्ने गरेको उनले सुनाए ।

“अरू समयको तुलनामा अहिले युट्युबमा आउने विज्ञापन बढ्ने भएकाले चलचित्र मात्रै होइन, म्युजिक भिडियो रिलिजको क्रम पनि बढेको छ,” उनले भने, “निर्माण सकेर स्टकमा बसेका भिडियो पनि अहिले धमाधम रिलिज भइरहेका छन् । एउटै कलाकारका म्युजिक भिडियो एकै दिन रिलिज भएर जुधिरहेको छ ।”

सामान्यतः आठ मिनेटको म्युजिक भिडियोको १० लाख भ्युज युट्युबमा हुँदा ३० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ । “तर, हामीले केही समय अगाडि रिलिज गरेको झुम्कावाली १० लाख भ्युज जाँदा एक हजार डलर आएको थियो,” निकेश भन्छन् । परिणाम, अहिले उल्लेख्य संख्यामा म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् ।

ओएसआर डिजिटलका व्यवस्थापक खड्गी डिजिटल प्लेटफर्मभन्दा पनि अहिले युट्युबमै केन्द्रित भएको बताउँछन् । “भोलिको दिनको बजार ओटीटी नै हो भन्नेमा शंका छैन । तर, आजको दिनसम्म नेपाली दर्शक ओटीटीमा युज टु नभइसकेका कारण हामीले युट्युबमै सिनेमालगायत कन्टेन्ट रिलिज गरिरहेका छौँ,” उनी भन्छन्, “विस्तारै ओटीटीमा दर्शक युज टु हुँदै गएपछि हामी पनि केन्द्रित हुने त्यसमै हो ।”

अहिले नेपालमा ओटीटीको प्रयोगकर्ता ठूलो संख्यामा नरहेको चलचित्रकर्मी तथा मेकरहरूले पनि बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro