site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिथिला कलामा सत्ययुगदेखि कलियुगसम्मको समयचक्र  

काठमाडाैं । समय गतिशिल छ । गतिशिल समयसँगै जीवनचक्र चलिरहन्छ । समयको चक्रसँगै ‘सत्ययुुग’, ‘त्रेतायुग’, ‘द्धापारयुग’, हुँदै ‘कलियुग’ आइसकेको छ ।   युग फेरिदै जाँदा यसको चिनारी र जनजीवन पनि फेरिदै गयो । यही फेरिदै गएको समयचक्र अनि युगलाई मिथिला कलाकार एससी सुमनले आफ्नो क्यानभासमा उतारेका छन् । 

मिथिला कलाकार सुमनले ‘सत्ययुग’लाई देवी, ‘त्रेतायुग’ लाई रामकथा, ‘द्धापारयुग’ लाई कृष्ण कथा र अहिले हामी बाँचिरहेको युग ‘कलियुग’ लाई प्रविधिको जन्म, यातायात, सानोमाछाले ठूलो माछालाई खाइरहेको अनि प्रदृषित प्रकृतिमार्फत चित्रण गरेका छन् । 

“सत्य युगमा कुनै दुःख थिएन भनिन्छ, यो देवीको उत्पत्ति भएको युग भनिन्छ । त्यसपछि त्रेतायुगमा प्रवेशगर्दा रामकथा सुरु हुन्छ । त्यहाँ अलिकति राजनीति प्रवेश भयो । राम वनवास जानुपर्यो, रामरावण युद्ध भयो । सीतालाई अग्निपरीक्षा दिनुपर्यो,” कलाकार सुमन हरेक युगको परिचयलाई सुनाउँछन्, “अब द्धापारयुग आएपछि अघिल्लो युगमा सुरु भएको राजनीतिले केही विकराल रुप लियो । समय बद्लिँदै गयो र यसले अझै विभत्स रुप लियो । महाभारत सुरु भयो, लाखौं मान्छ मरे, कृष्ण कथा छ । अब आएर कलियुग अहिले हामी बाँचिरहेको युग आइसकेको छ । कलियुगको चित्र हेर्ने हो भने हामी देख्न सक्छौं, सानो माछाले ठूलो माछालाई खाइरहेको छ । यातायातका साधन त्यसले प्रकृतिमा पारेको वायु, जल अनि ध्वनि प्रदूषणले भरिएको छ ।”

कलियुगमा आएपछि उनले सत्ताको मोह र त्यसका लागि भैरहेको मारकाट अनि विभत्स समाजलाई पनि देखाउन खोजेका छन् । यो नेपालको मात्रै नभएर विश्वका हरेक देशका समयचक्र भएको उनी बताउँछन् ।
 
साइकल अर्थात चक्रलाई देखाउन वृत्त आकारको प्रयोग हुन्छ । त्यसैले कलाकार सुमनले आफ्ना हरेक सिर्जनाभित्र वृत्त आकारलाई स्थान दिएका छन् । उनले धर्म, संस्कृतिको सहायता लिएर मिथिला कलाको विस्तारित रुप अनि हाम्रो वर्तमान समाजलाई देखाउन खोजेका छन् । 

यता, कलियुगमा आएपछि विगत दुईवर्ष सारा विश्वलाई ठप्पै पारेको कोरोना युगलाई पनि कलाकार सुमनले मिथिला पेन्टिङमार्फत उतारेका छन् । दुईवर्ष पूरै बन्दाबन्दीपछि अहिले कोरोना कहरमा जनजीवनले विस्तारै गतिलिँदै छ । 

“हामी कलियुगमा छौं । यहाँ कोभिडका कथाहरु समेटिएको छ । तर, यो समय सधैँ एकनास हुँदैन घडिको चक्र घुमिरहन्छ । हामी यो समय (कोभिड युग)बाट पनि बाहिर आउनेछौं ।

 । तर, यो समयचक्र्रसम्म आइपुग्दा धेरै पाठहरु पनि सिकाइएको छ,” उनी सकारात्मक सुनिए ।
 
यी सबै चित्रकलाहरु उनले कोरोना कालमा पाएको फुर्सदको समयलाई सदुपयोग गर्दै तयार पारेका हुन् । “कोरोनामा कहीँ जानु परेन । यो समयमा धर्मशास्त्रका किताबहरु अनि अरु किताबहरु पढ्दै जाँदा यी कलाहरु जन्मिएका हुन् ।”

प्रदर्शनमा राखिएका चित्रकलाहरु नेपाली कागजमा उतारिएका हुन् भने रंगहरु पनि आफैंले तयार पारेका अनि बजारबाट किनेर ल्याइएका रंगको समिश्रण रहेको उनले बताए ।
 
कोभिडको समयमा पनि आशावादि सुनिएका उनले यी सकारात्मकत्तालाई कोरोना कहरबीच पनि मनाइएका पर्वहरुको चित्रमार्फत प्रस्तुत गरेका छन् । जस्तो समयचक्र आए पनि हाम्रो दैनिकी अनि धार्मिक महत्वका कुराहरुलाई नछुटाएको महसुस उनले गरेका छन् ।
 
मास्क लगाएर पनि सेल्फी लिइरहेका छन् । यता, बच्चाहरु घरभित्रै अनलाइन कक्षामा छन् । घरभित्रै योगा गरिरहेका पनि छन् । कोरोना विरुद्धको खोप लगाइरहेका छन् । मास्क लगाएर हात धोइरहेका छन् । यो चक्रभित्रै कोरोना संक्रमणका कारण निधन भएकाहरुको शव पनि छ ।


 
तर, यतिधेरै भए पनि समयले गर्नैपर्ने आफ्नो एकचक्र पूरा गर्छ र फेरि राम्रो समय फर्किनेछ भन्ने आशा उनले व्यक्त गर्न खोजेका छन् । यी मध्ये एउटा चित्रकलामा उनले तत्कालीन वन तथा वातावरण मन्त्री प्रेम आलेले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टास्दै वितरण गरेको प्रसंगलाई पनि उतारेका छन् ।
 
यी मिथिला (लोक) कलाहरु यतिबेला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शित छन् । ‘मिथिला कसमसः द साइकल अफ टाईम’ शिर्षकमा कलाकार सुमनका ३२ वटा लोककलाहरु सजिएका छन् । 

“म धार्मिक कुरालाई लिएर आधुनिक युगमा आएको हुँ । र आजको युगलाई विश्लेषण गर्ने प्रयास गरेको छु । हाम्रो धर्म कहाँ छ ? हाम्रो धर्मले के भन्यो र त्यसपछि हामीले के भन्यौं र हामीले के भोग्यौं । यही न हो । हामीले जे गर्यौं त्यसकै फल पाइराखेका छौं । जुन पूरा विश्वसँग मिल्दोजुल्दो छ,” उनले आफ्नो चित्रकलाको सार पेस गरे । 

डिसेम्बर १० देखि सुरु भएको कलाकार सुमनको एकल कला प्रदर्शनी यही जनवरी १५ सम्म जारी रहनेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro