site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले रणनीति : राजपासँग तालमेल, कांग्रेससँग प्रतिष्पर्धा 
SkywellSkywell

काठमाडौँ । नेकपा एमालेले मधेसमा पहिलो पार्टी बन्ने तयारी थालेको छ । पर्सादेखि सप्तरीसम्म खटिएका दोस्रो तहका नेताहरू राजधानी फर्किएपछि एमालेले चुनाव केन्द्रित रणनीति बनाउन थालेको हो । एमालेले आवश्यक परे राष्ट्रिय जनता पार्टीदेखि माओवादी केन्द्रसँगसमेत तालमेल गरी दुई नम्बर प्रदेशमा ४० प्रतिशत जिताउने लक्ष्य तय गरेको हो । 

एमाले दुई नम्बर प्रदेश संयोजक एवम् स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल एमालेले दुई नम्बर प्रदेशमा पनि पहिलो बन्ने दाबी गर्छन । मधेस आन्दोलनको उद्गमस्थल मानिएको सप्तरी स्थायी घर भएका मण्डल सप्तरीमै एमालेले ८ सिट जित्ने दाबी गर्छन् ।

“पहिलो चरणको अभियान सकेर हामी राजधानी फर्किएका छौँ । त्यहाँ हाम्रो अवस्था, शक्ति सन्तुलन, राजपाको प्रभावका विषयमा हामीले मसिनो अध्ययन गरेका छौँ । प्रतिवेदन पार्टीलाई बुझाउँछौँ र पार्टीले आवश्यकतानुसारको योजना बनाउँछ,” उनले खुलासा गरे ।

KFC Island Ad
NIC Asia

राजपा विभाजनको सँघारमा, कांग्रेस मुख्य प्रतिष्पर्धी
राजपा मधेसमा रक्षात्मक अवस्थामा पुगेको एमालेको निष्कर्ष छ । मधेसमा आन्दोलनको आँधीबेहरी ल्याउने र आन्दोलनकै बलबाट राज्यलाई घुँडा टेकाउने सामथ्र्य राख्ने मधेसी मोर्चा र पछि राजपा बनेको पार्टी अहिले अन्यन्त कमजोर बन्न पुगेको एमालेको बुझाइ छ । मण्डल भन्छन्, “हिजो राप्रपाको विभाजन देखिहाल्नुभयो, राजपा पनि विभिन्न पार्टीका गठजोड हो । ऊ पनि विभाजनकै सँघारमा छ ।” 

यसकारण उनले मधेसका अधिकांश तहमा कांग्रेससँगै प्रतिष्पर्धा हुने जिकिर गरे । भन्छन्, “केही ठाउँमा राजपा, केही ठाउँमा संघीय समाजवादी फोरम र उत्तरी क्षेत्रमा माओवादी केन्द्र पनि प्रतिष्पर्धी बन्न सक्छन् । तर, मुख्य प्रतिष्पर्धी हाम्रो कांग्रेस नै हो ।

Royal Enfield Island Ad

सत्ताको दुरुपयोगको खतरा
उनले पछिल्लो समय विमलेन्द्र निधीले मधेसमा आफ्नो प्रभुत्व विस्तार गर्न खोजेको भन्दै एमाले त्यसबाट सजग भएको बताए । “कांग्रेसका विमलेन्द्र निधी मधेसको ‘मसिहा’ बन्न खोज्दैछन् । यसबाट स्वयम् मधेसी जनता रुष्ट छन्,” उनले भने । 
चितवनको भरतपुरमाझैँ सत्ताको चरम दुरुपयोग हुने खतरा बढेको भन्दै यसविषयमा एमालेले राजपालगायत अन्य दललाईसमेत जानकारी गराउने निष्कर्षमा पुगेको छ । “भरतपुरमा देखिहाल्नुभयो । दिउँसै रात पार्ने काम भयो । अनेक उपाय पहिल्याएर जिताइयो । त्यस्तै घटना तराईमा नहोलान् भन्न सकिँदैन,” उनले भने ।

दूरी घट्दै राजपासँग
एमालेको अर्को निष्कर्ष छ– राजपा सरकारसँग चिढिएको छ । कांग्रेस र माओवादी केन्द्रको आलोचक बनेका छन् उनीहरू । यही परिस्थितिलाई ‘क्यास’ गर्दै अहिले एमाले तराईमा भित्रि योजना बनाउन उद्यत छ । मण्डल भन्छन्, “राजपा सरकारसँग रिसाएको छ । एमालेलाई देखाएर संविधान संशोधनमा सरकार आफैँ बाधक बनेकोछ । राजपा चुनावमा सहभागी भए आफ्नो सिट घट्छ भन्ने  भयले पिरोलेको छ कांग्रेसलाई ।”

तालमेल गर्ने जिम्मा स्थानीय कमिटीलाई
संगठन र जनमत कमजोर भएको ठाउँमा आवश्यकताअनुरूप तालमेल गर्न एमालेले स्थानीय कमिटीलाई नै जिम्मेवारी दिएको छ । यद्यपि जिल्लाको सिफारिसको आधारमा केन्द्रले नै तालमेलको टुंगो लगाउने छ । मण्डल भन्छन्, “तराईमा कांग्रेसँग कुनै हालतमा तालमेल हुँदैन । राजपादेखि माओवादी केन्द्रसँग तालमेलको ढोका खुला छ ।”

‘दुई नम्बरलाई दुई नम्बरी प्रदेशझैँ बनाइयो’
एमाले सचिव प्रदीप ज्ञवाली पनि भर्खरै मधेसबाट फर्किएका हुन् । उनले तराई–मधेसका जनताले दुई नम्बर प्रदेशलाई दुई नम्बरीझैँ बनाएको भन्दै सरकारको आलोचना गरेको बताए । चुनाव नहुँदा स्थानीयबासीमा अन्यौलता रहेको दाबी गरे । “चुनाव हुने नहुने बारे तराई–मधेस अझै अन्योलमा छ । एमालेले चुनाव केन्द्रित गतिविधि गरिरहेको उहाँहरूका थोरै आशा जागेको हामीले पाएका छौँ,” उनले प्रष्ट्याए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro