site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जातअनुसारको भूतप्रेत !

काठमाडौं । बुधबार काठमाडौंको एक हलमा चलचित्र ‘कठपुतली’ का मुख्य कलाकार अनि लेखक केही फरक शैलीमा प्रवेश गरे । उनीहरू सबैजना डरलाग्दो मुखौटाले मुख छोपेर हलभित्र प्रवेश गरे ।

उनीहरू यही पुस १६ गते रिलिज हुन लागेको नेपाली हरर चलचित्र ‘कठपुतली’को ट्रेलर सार्वजनिक कार्यक्रममा त्यसरी प्रवेश गरेका हुन् ।

चलचित्रको पोस्टरमा देखिएकी डरलाग्दो महिलापात्रको मुखौटा उनीहरूले लगाएका थिए । चलचित्रकी लेखिका सम्पदा मल्लका अनुसार चलचित्र हरर जनराको भएर केही फरक तरिकाले प्रवेश गरौं भन्ने सोचसहित मुखौटाले मुख छोपेर हल प्रवेश गरेका हुन् । 

आफ्नो पहिलो फिचर फिल्ममा सम्पदाले आफ्नै देशको कथालाई उतार्ने प्रयास गरेकी छन् । उनका अनुसार यो आवधिक हरर चलचित्र हो,  जसले राणाकाल,  मल्लकाल अनि राजदरबारका पुराना सत्यघटनाहरूलाई आधार बनाएर तयार पारिएको छ । 

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने सोचसहित यो फिचर फिल्म तयार पारेको सम्पदा बताउँछिन् । 
“मेरो पहिलो फिचर फिल्म हो । त्यसैले धेरै अपेक्षा लिएर नहेरिदिनुहोला । पहिलो हो तर, अन्तिम हुनेछैन् । ‘कठपुतली’ बाट फिचर फिल्मको यात्रा सुरु गरेको छु, पक्कै निरन्तरता दिन्छु  र हाम्रो चलचित्रलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने योजनाका साथ लागिपरेको हुँ ।”

दुई वर्ष अगाडि नै रिलिज हुनुपर्ने यो चलचित्र कोरोना कालपछि अब दर्शकसामू आउने भएको हो । नेपाली तन्त्रमन्त्रसँग अनि राणाकालमा दरबारमा विभिन्न जिल्लाबाट कुमारी महिलाहरूलाई लगेर गरिने शोषणको कथा चलचित्रले प्रस्तुत गर्न खोजेको उनले बताइन् । 

यो चलचित्रमा नेपाली समुदायका फरकफरक जातिका भूतहरू छन् । यसबारे प्रस्ट्याउँदै सम्पदा भन्छिन्, “कस्तो विडम्बना राम्रो कुराहरू भने ईतिहासमा छापिने रहेछ । तर, यस्तो दु:खद कुराहरू भने लोककथामा मात्रै सीमित हुने रहेछ । पहिला दरबारमा राजाहरूले विभिन्न जिल्लाका कुमारी महिलाहरूलाई ल्याउने अनि शोशण गर्ने गर्नुहुन्थ्यो । ती शोषणमा परेका महिलाहरू मरेपछि त आ–आफ्नो जातको भूत बन्छ होला है भन्ने जस्तो लाग्यो । त्यसरी यहाँ नेवार भूत,  ब्राम्हण भूत,  थारु भूतहरू देख्छौं ।”

यो चलचित्र कुनै एक समयका राजालाई मात्रै केन्द्रित नभएर समग्रमा प्रविधिलाई प्रस्तुत गर्न खोजेको सम्पदाले प्रस्ट्याइन । चलचित्रकी मुख्य कलाकारहरू मिथिला शर्मा र गौरी मल्लका अनुसार यो विशुद्ध महिलाहरूको आवाज हो । “यो चलचित्र मैले गर्नुको कारण कथा अनि सम्पदा नै हो । यो कथा हाम्रो हो । हाम्रै माटोको कथा हो । यो तन्त्रमन्त्रको शक्ति अनि विश्वासलाई लिएर बनेको हो” मिथिला शर्माले बताइन् । 

नेपाली दुई दिग्गज अभिनेत्रीहरू मिथिला शर्मा अनि गौरी मल्ल चलचित्रका मुख्य कलाकारहरूमध्ये हुन् । तर, यी दुई अभिनेत्रीहरूलाई सँगै स्क्रिनमा भने देखिन पाइने छैनन् । विवाहपश्चात विदेशमा गएर लामो समयपछि नेपाल आएकी अभिनेत्री उषा रजकले ‘कठपुतली’ मार्फत नेपाली चलचित्रमा कमब्याक गरेकी हुन् ।

पहिलो पटक महिला लेखकले आफूलाई चलचित्रमा प्रस्ताव गरेकोमा उनले खुसी व्यक्त गरेकी छन् । “मलाई यो चलचित्रमा सम्पदाले ल्याएको हो । मैले अहिलेसम्म गरेको चलचित्रहरूमा पुरुषले प्रस्ताव गर्नुहुन्थ्यो । तर, पहिलो पटक महिला लेखकले प्रस्ताव गर्नुभएको छ । यो भनेको नयाँ सुरुवात अनि संकेत पनि हो जस्तो लाग्छ । त्यसैले म धेरै खुसी छु ।”

चलचित्रको छायांकनको क्रममा धेरै पटक तर्सिएको अभिनेता कर्मा बताउछन् । चलचित्रको छायांकन जिर्णअवस्थामा रहेको बालमन्दिरमा भएको थियो । “हाम्रो रातिको दृश्य धेरै थियो । फेरि बालमन्दिर पनि जिर्ण अवस्थामा थियो त्यसैले छायांकनको क्रममा धेरै तर्सियौं” उनले भने । 

चलचित्रमा कति कुरा देखेको,  कति कुरा सुनेको र कति कुरा काल्पनिक पनि भएको टिम बताउँछन् । सम्पदा मल्लले यो चलचित्रका लागि धेरै रिसर्च गरेकी बताइन् । सम्पदा भन्छिन् “हाम्रो छायांकार जोएर फ्रुम एक्सले आफ्नै क्यामेरा बोकेर आउनु भएको थियो । हामीले एकदमै कम बजेटमा बनाएका हौं ।”

यो आवधिक हरर चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक अनि कर्माको मुख्य अभिनय रहेको छ । 
छायांकन अगावै धेरै अन्तराष्ट्रिय फिचर फिल्म महोत्सवको नोमिनेशमा परेको र एउटा अवार्ड पनि जितिसकेको छ । 
हरर चलचित्रको छायांकनमा रहेको ‘कठपुतली’ टिमले साँच्चै त्यस्तै असामान्य अनि डरलाग्दो घटनाको समाना गर्नुपरेको गौरीले बताइन् । 

“म तन्त्रमन्त्रमा विश्वास गर्छु, हो यो विश्वास अविश्वासको कुराहरू हुन्छन् । त्यहाँ केही घटनाहरू पनि घटे,  हाम्रा प्राविधिक टिमका भाईहरूमध्ये कसैलाई उचालेँ,  पछारेँ,  फ्याकिदिएँ,  धेरै कुराहरू भए त्यहाँ, कतिजना सुत्न मानेनन्”  उनी भन्छिन्,  “एक त हामी हरर चलचित्र गरिरहेका थियौं । त्यसमाथि त्यस्ता घटनाहरू घटिरहेका थिए । तर, हामीले काम भने रोकेनौं ।

अभिनेत्री मिथिलाले चलचित्रमा तन्त्रमन्त्र जान्ने अर्थात काम्ने पात्रको भूमिका निभाएकी छन् । मिथिलालाई जिस्काउँदै गौरी भन्छिन्, “उहाँलाई लामो अध्यास छ,  काम्ने । ऊ न भूतसँग डराउने हो । न यस्तो कुरमा विस्वास गर्ने हो । म यस्तो कुरामा विश्वास गर्छु । हमी दुई जना फरकफरक नेचरकाहरू हौं । मैले विश्वास गर्ने ऊ केही पनि विश्वास गर्दिनन् ।” चलचित्र 'मुकुन्डो'मा पनि मिथिला शर्माले यस्तै भूमिका निभाएकी थिइन् जसमा गौरी मल्ल पनि थिइन् । 

हरर चलचित्रमा अभिनय गरेकी मिथिला शर्माले कलाकारहरू नै एकखालको भूत भएको बताइन् । “रातिराति हिड्ने प्राविधिक,  हामी कलाकारहरू अरू सुत्दा हामी भात खान्छौं । अरू दाँत माझ्न जाँदा हामी घर पस्छौं । हामी नै एक खालका भूत हौं । म मान्छेसँग तर्सिन्छु भूतसँग तर्सिन्न् ।”

भिमसेन लामाको निर्देशन रहेको यस चलचित्रलाई पृथ्वी रानामगरले निर्माण गरेका हुन् भने मल्ल कार्यकारी निर्मातामा छिन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro