site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको निर्णय पर्खंदै मेलम्ची खानेपानी आयोजना, अघि बढेन काम
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । बाढी–पहिरोले क्षति पुगेपछि वितरण रोकिएको मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आउने समय लम्बिने भएको छ । आयोजनाले बनाएको कार्ययोजनामा सरकारले अहिलेसम्म कुनै निर्णय नगर्दा पानी आउने समय अनिश्चित भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्सलगायत संरचनामा क्षति पुगेको छ । गएको असार १ गतेदेखिको अविरल वर्षासँगै आएको बाढी–पहिरोले मेलम्ची बजारदेखि करिब २२ किलोमिटर क्षेत्रमा बढी क्षति पुर्‍याएको थियो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार करिब दुई अर्ब रुपैयाँ बराबरको संरचना क्षति भएको छ । आयोजनाले सरकारसमक्ष पेस गरेको कार्ययोजनाबारे तत्काल निर्णय नगरिए पुनर्निर्माणको काम सुरु गर्न अझै केही समय लाग्ने पन्तले बताए ।

KFC Island Ad
NIC Asia

‘‘ढुंगा, मोटोले पुरिएको सुरुङमार्ग सफा गरी अस्थायी रूपमा पानी ल्याउने योजना बनाएका छौँ । उक्त कार्ययोजनाबमोजिम आउँदो चैत र वैशाख गरी दुई महिनासम्म मात्रै पानी ल्याउन सकिने देखिन्छ । अस्थायी रूपमा ल्याइएको पानी वर्षायाम सुरु भएपछि ल्याउन नसकिने अवस्था सिर्जना हुने सम्भावना छ,” प्रवक्ता पन्तले भने ।

आयोजनाले करिब ६० दिनभित्रमा पुरिएको सुरुङको निरीक्षण गरी अस्थायी रूपमा उपत्यकामा पानी ल्याउने योजना बनाएको थियो । आयोजनाको यो योजनामा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

Royal Enfield Island Ad

आयोजनाले वर्षायाममा क्षति पुगेका संरचना पुनर्निर्माणको काम सुरु गर्न नसकिने जनाएको थियो । वर्षायाम सकिए पनि सरकारले निर्णय नगर्दा काममा ढिलाइ भएको छ ।

आयोजनाले पेस गरेको कार्ययोजनामा माघसम्म ड्राइभर्सनको काम सकाउने भनिएको छ । त्यसपछि अस्थायी रूपमा काठमाडौं उपत्यकामा चैतसम्म पानी ल्याएर वितरण गरिने उल्लेख छ ।

सार्वजनिक खरिद ऐनको दफा ६६ मा टेकेर खानेपानी तथा सरसफाइ मन्त्रालयले गएको कात्तिकमा छोटो प्रक्रियाबाट ठेक्का लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्ययोजना प्रस्ताव पठाएको थियो । तर, कुनै निर्णय भएको छैन ।

आयोजनाले गत वर्षको चैत १५ देखि उपत्यकामा परीक्षणका रूपमा तीन महिनासम्म पानी वितरण गरेको थियो । त्यसपछि केही महिना पानी रोकेर सुरुङ परीक्षण गर्ने तयारी थियो । सुरुङ परीक्षण गर्ने भनिएकै दिन बाढी–पहिरो आएको थियो ।

प्रवक्ता पन्तले भने, ‘‘हेडवक्सको स्थायी संरचना निर्माणधीन अवस्थामै थियो । त्यसमा बाढी–पहिरोले थप क्षति पुर्‍यायो । वैकल्पिक टनेलमा लेदो भरिएको छ । अस्थायी रूपमा काम गर्ने भनेका छौँ । त्यसैअनुसारको कार्यायोजना बनाइएको छ । उक्त कार्ययोजनाबमोजिम काम गर्ने वा नगर्ने भन्ने अन्योल छ ।” सरकारको निर्णयकै पर्खाइमा रहेको आयोजनाले जनाएको छ ।

हेडवक्ससम्म पुग्ने बाटो बाढीपहिरोले बगाएको छ । ‘‘हेडवक्ससम्म जाने बाटो बन्दै छ । सरकारको निर्णय पर्खिरहेका छौँ । सरकारको निर्णय आउनेबित्तिकै काम अगाडि बढाउँछौँ,” उनले भने ।

मन्त्रालयले दसैँ सकिएलगत्तै आयोजनाको काम सुरु गर्ने जनाएको थियो । यस विषयमा खानेपानी मन्त्रालयका उपसचिव विनोदकुमार खनाल भन्छन्, ‘‘अहिले यो विषय छलफलमै छ । केही निर्णय भएको छैन । छिट्टै निर्णय गर्ने पहल भइरहेको छ ।”

२२ वर्षको प्रतीक्षापछि उपत्यकामा मेलम्चीको पानी आउँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले करिब तीन महिनासम्म दैनिक १७ करोड लिटर पानी वितरण गरेको थियो । मेलम्चीको खानेपानी काठमाडौं आएको खुसीयालीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षमा यांग्री र लार्के खोलाबाट पनि पानी ल्याउने घोषणा गरेका थिए ।

काठमाडौं उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग रहेको केयूकेएलको अनुमान छ । तर, दैनिक आठदेखि नौ करोड लिटर पानी मात्रै आपूर्ति गरिरहेको छ । केयूकेएलले मेलम्ची खानेपानी नआएसम्म पानी आपूर्ति गर्न वैकल्पिक पानीका स्रोतहरु खोजिरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro