site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूखुसी विवरण टिप्दै गणक !

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारमा मंगलबार बिहान जनगणनाका लागि पुगे गणक आलोकदेव साह । कैलाश राउतलाई नमस्कार गरे । आफ्नो परिचय दिँदै उनको घरको विवरण सोधेर गणना फाराम भर्न थाले ।

परिवारको सदस्यको नाम, उमेर, वैवाहिक स्थितलगायत कुरा टिपोट गरे । तर, धर्मबारे सोधेनन् । घरमुली राउतले गणकलाई धर्मबारे किन नलेखेको ? भनी प्रश्न गरे । गणक साहले घरमा गएर लेख्ने जवाफ फर्काए ।

राउतले फेरि प्रश्न गरे, “यहीँ लेख्दा के हुन्छ ?’ गणक साहले उनको प्रश्न वास्ता गरेनन् । घरमुली राउतको मन मानेन । “म कुन धर्म मान्छु तपाईंलाई कसरी थाह हुन्छ ?,” उनले गणकलाई फेरि पनि प्रश्न गरेर स्पष्ट हुन खोजे । तर, गणकले फेरि पनि रेडिमेड जवाफ फर्काए, “यो हिन्दुको बस्ती छ, यहाँ सबै हिन्दु होला । घरमा गएर लेख्छु ।”

गणक साहले घरमुलीलाई चुप गराउन उल्टै धम्की दिएको स्थानीय ५७ वर्षीय श्याम राउत बताउँछन् । ‘म यहीँ सडकको छेउमा बसेर सबै सुनिरहेको थिएँ । गणकले उनलाई थर्काउन खोजे,” उनले त्यति बेला उनीहरूबीचको संवाद सम्झिँदै भने, “जा गएर हाकिमलाई भन । मलाई भ्याउँदैनन् । म घरमा गएर लेख्छु । जसलाई कम्प्लेन गर्नु छ, गर ।”

गणक भन्छन्– आफ्नै घरमा गएर लेख्छु

यो विषयमा गणक अलोकले आफ्नो गल्ती स्वीकार गरे । उनले समयाभावका कारण त्यसो गरेको बाह्रखरीसित बताए । आफू स्थानीय भएको हुनाले सबै कुरा थाह भएको र घरमा गएर लेख्ने उनको भनाइ छ । “यहाँ दुईवटा धर्मको मानिसको बस्ती छ । मुस्लिम भए नामले नै थाह पाइहाल्छु । कतिलाई त चिन्छु पनि,” उनले भने, “सबै कुरा यहाँ लेख्न भ्याइँदैन । त्यसकारण घरमा गएर लेख्ने गरेको छु ।”

उक्त घरपछि अलोक छिमेकी सरोज राउतको घरमा पुगे । राउतलाई कुर्मी जातिको वर्गमा राखिएको छ । तर, गणकले आफ्नो जाति नै नलेखिएको सरोजको गुनासो छ । “मेरो जाति सोधे । तर, फार्ममा लेख्दै लेखेनन् । कुनै जातिमा चिह्न पनि लगाएनन्,” उनले भने, “जाति त मेरो पहिचानसँग जोडिएको कुरा हो । त्यही नलेखेएपछि गणनाको के अर्थ भयो ?” यो विषयमा गणक आलोकले आफूलाई तालिममा सिकाएअनुसार काम गरिरहेको प्रतिक्रिया दिए ।

‘भाषा पनि आफूखुसी टिप्दै’

मंगलबार नै जनकपुरधाम उपमहानगपालिका–९, संकटमोचन मन्दिरस्थित सञ्चारकर्मी शैलेन्द्र महतो बस्ने कोठामा पनि विवरण संकलन भयो । गणक अरुणकुमार साहले गणना फाराममा उल्लेख भएका सबै कुरा टिपोट गरे । तर, भाषा नै टिपेनन् । सञ्चारकर्मी महतोले भाषाबारे किन सोध्नु भएन ? भनेर प्रश्न गरे । “मलाई थाह छ, तपाईंको भाषा मैथली हो । मिथिलामा बस्ने सबैको भाषा मैथली नै हो,” गणक अरुणले दिएको जवाफ हो यो ।

धनुषामा भाषा विवाद चलिरहेको छ । एउटा वर्गले मैथलीको वकालत गरिरहेको छ भने अर्को वर्गले मगही भाषाको । कतिपयले यसपटकको जनगणनामा मगही भाषा लेखाउने अभियान नै सञ्चालन गरिरहेका छन् ।

सबै प्रश्न सोध्नुपर्छ : जनगणना अधिकारी

तथ्यांक कार्यालय जनकपुरका प्रदेश जनगणना अधिकारी विमलकुमार यादवले घरमुलीसँग गणकले सबै प्रश्न सोध्नुपर्ने बताए । आफ्नो मनले र घरमा गएर कुनै पनि कुरा लेख्न नपाउने उनले जानकारी दिए ।

“गणकले प्रश्न सस्कप गरेको छ भने हामीलाई खबर गर्नुहोस्, गणकलाई कारबाही हुन्छ,” उनले भने, “यसपालि गणनामा ५५ वटा प्रश्न छन् । उमेरअनुसार अलिकति कम/बढी हुनसक्छ ।” गणकले कुनै पनि विवरण आफ्नो मनले लेखेको प्रमाण भेटिए कारबाही हुने उनको भनाइ छ ।

मंगलबारको गुनासोबारे आफूलाई थाहा नभएको भन्दै बुझेर गल्ती गरेको पाइए कारबाही गर्ने उनले आश्वासन दिए । “घरमुली पनि सचेत हुनुपर्छ । आँखाअगाडि बसेर विवरण भर्न लगाउनुस्,” उनले भने, “गणना गरिएको छैन भन्ने नजिकैको प्रहरीमा वा हामीलाई खबर गर्नुहोस् ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro