site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूरा भएनन् ललितपुर महानगरका मेयरका ‘चुनावी वाचा’

काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सबैभन्दा धेरैपटक विदेश भ्रमणमा जाने मेयरहरूको सूचीको अग्रस्थानमा पर्छन् । विदेश भ्रमणलाई ‘ठूलो उपलब्धि’ मान्ने गरेका मेयरले आलोचना पनि खेप्दै आएका छन् । 

तर, उनले महानगरवासीको घरदैलोमा भोट माग्न जाँदा व्यक्त गरेका कैयाैँ चुनावी प्रतिवद्धता भने अझै पूरा गर्न सकेका छैनन् । मेयर महर्जन २०७४ जेठ १० गते नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

चुनावताका मेयर महर्जनले सडक सुविधा र व्यवस्थापन, बजारको पूर्वाधार विकास, पशुजन्य संकलन तथा प्रशोधन केन्द्र व्यवस्थापन गर्ने, तेल मिल निर्माण गर्ने, थापाथलीदेखि पुल्चोकसम्म फ्लाइओभर निर्माण, निःशुल्क प्री स्कुल बनाउने प्रतिवद्धता जनाएका थिए । त्यतिमात्र होइन, उनले महानगरीय पुस्तकालय सञ्चालन गर्ने, पर्यटन बसपार्क निर्माण गर्ने, खुला कसिङ्गर मुक्त महानगर बनाउने योजनादेखि प्लास्टिक झोला मुक्त गर्नेसम्मका वाचा मतदातासमक्ष गरेका थिए । 

त्यतिबेला उनले आफ्नो कार्यकालभित्र आफूले गरेका बाचा पूरा गरेरै छाड्ने बताएका थिए । तर, पछि उनी कोरोना महामारी र सार्वजनिक खरिद ऐन ‘झण्झटिलो’ भन्दै पन्छिए । 

महानगरले थापाथलीदेखि पुल्चोकसम्म फ्लाइओभर निर्माण गर्न सम्भाव्यता अध्ययन थाल्ने जनाएको थियो । तर, बीचमै अलपत्र पर्यो । यस्तै, उनले कृषि पकेट क्षेत्र घोषणा, सांस्कृतिक सम्पदा पुननिर्माण, एक वडा एक शौचालय बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, कार्यान्वयनको पाटो भने निकै कमजोर रह्यो ।

महानगरले भने सांस्कृतिक सम्पदा पुनर्निर्माणमा ठूलो सफलता हाँसिल गरेको बताउने गरेको छ । मछिन्द्रनाथको मन्दिर, हरिसिद्धिलगायत ठूला सम्पदा पुनर्निर्माण गरेर देखाएको मेयर महर्जनको भनाइ छ । आफूले गरेका चुनावी प्रतिवद्धताहरू पूरा भइसकेको उनको दाबी छ । 

महानगरका प्रवक्ता राजु महर्जन मेयर महर्जनले उदाहरणीय काम गरेको बताउँछन् । ‘‘विदेश भम्रण गर्न जाँदा केही मानिसहरूले नबुझेरै आलोचना गरेका थिए । मेयर महानगरपालिकाको कामले नै विदेश जाुनभएको हो । वास्तवमा विद्युतीय बस सञ्चालन, सम्पदा पुनर्निर्माण, साइकल लेन, हरियाली महानगर प्रवद्र्धन गर्न प्रत्यक्ष रूपमा मेयरको विदेश भ्रमणले योगदान पुर्याएको छ । यद्यपि महानगरवासीले ललितपुरको विकास भए नभएको महसुस गरेकै छन्,” प्रवक्ता महर्जनले भने ।  

मेयर महर्जन पनि आफूले जनताबीच विवाद नआउने गरी काम गरेको बताउँछन् । ‘‘मेयर भइसकेपछि मैले कस्तो खालको काम गरेको छु भनी महानगरवासीले देखेकै छन् । चुनावमा व्यक्त गरेका अधिकांश प्रतिवद्धताहरू पूरा गरिसकेको छु,” मेयर महर्जनले भने । 

मेयर महर्जनका अनुसार चुनावी प्रतिवद्धता मात्रै नभएर विदेश भम्रणको प्रत्यक्ष प्रभाव महानगरवासीलाई परेको छ । ‘‘सार्वजनिक खरिद ऐन प्रक्रियाका कारण रोकिएका केही योजनाहरू मात्रै बाँकी छन् । अन्य पूरा गर्नुपर्ने प्रतिवद्धताहरू पूरा भइसकेका छन्,” महर्जनले भने । 

ऐतिहासिक सांस्कृतिक सम्पदाहरूलाई परम्परागत शैलीमै निर्माण गरिएको महानगरले जनाएको छ । अन्य निर्माणाधीन सम्पदाहरू पुननिर्माणको अन्तिम चरणमा रहेका छन् । 

योसँगै महानगरले ठाउँको अभावले पशुसेवा केन्द्र बनाउँन नसकिएको स्वीकार गरेको छ । वडा स्तरीय सार्वजनिक शौचालयअन्तर्गत अहिलेसम्म १६ भन्दा बढी कार्यालयमा शौचालय निर्माण भइसकेका छन् । 

कृषि पकेटका लागि बजेट विनियोजन गरी उत्पादनमूलक बिउबिजन वितरण गर्दै आएको महानगरले जनाएको छ । योसँगै महानगरपालिकाका सबै वडा कार्यालय अन्तर्गत प्री स्कुल सञ्चालन भइसकेका छन् ।
 
पहिलो र दोस्रो लहरको कोरोना महामारीका कारण केही कामहरू गर्न बाँकी नै रहेको पनि महानगरले जनाएको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro