site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा विद्यार्थी र सर्वसाधारणको आक्रोश– हवाई टिकट बिक्रीमा पनि पावर र पहुँच ? (भिडियोसहित) 
SkywellSkywell

काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलमा हवाई टिकट नपाउँदा २५० भन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । दसैँ, तिहार मनाउन गाउँ गएका विद्यार्थी र सर्वसाधारणले लामो समयदेखि टिकट नपाएका हुन् ।

नेपालगन्ज, सुर्खेत र काठमाडौंमा पढ्ने विद्यार्थीहरूले लामो समयदेखि टिकट नपाउँदा होटेलमा बस्नुपरेको हवाई भाडा समेत सकिएको गुनासो गरेका छन् । सर्केगाड गाउँपलिका–१, जैरका वसन्त बुढा १५ दिनदेखि टिकट नपाउँदा अलपत्र परेको बताउँछन् ।

KFC Island Ad
NIC Asia

‘‘हवाई टिकट काउन्टरहरूले आफ्ना–आफ्ना मान्छेलाई मात्रै टिकट बिक्री गरिरहेका छन् । टिकट काउन्टरका कर्मचारीलाई भेट्नै गाह्रो छ । सहरमा पढाइ सुरु भइसक्यो,” उनले भने, ‘‘गाउँबाट तीन दिन हिँडेर सदरमुकाम पुगियो । बाटोमै तीन–चार हजार रुपैयाँ खर्च भइसक्यो । टिकट काट्ने रुपैयाँ १५ दिन होटेलमा बस्दा सकियो ।”

लगातार १५ दिनसम्म धाउँदा पनि टिकट नपाइएको स्नातक तहमा अध्यनरत सर्केगाड गाउँपालिकाकी मालती रावतले बताइन् । ‘‘टिकट काउन्टरका कर्मचारीहरूले टिकट कालोबजारी गरिरहेका छन् । सर्वसाधारणलाई दुई सातादेखि झुलाइरहेका छन् । भित्रैभित्रै टिकट बेचिरहेका छन्,” रावतले भनिन्, ‘‘पावर र पहुँचका आधारमा टिकट बिक्री भइरहेको छ । हामी पावर, पहुँच नभएकाले के गर्ने ? कसले मिलाइदिने टिकट ? टिकट काउन्टरमा टिकट बुझ्न जाँदा प्रहरीले रोक्छ ।”

Royal Enfield Island Ad

सुरक्षाकर्मीले विद्यार्थी र सर्वसाधारणलाई टिकट काउन्टरसम्म जान समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

आउँदो मंसिर १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा दिने तयारीमा रहेका नन्ददेव कार्की पनि टिकट नपाउँदा चिन्तित छन् । ‘‘कैयौँपटक जिल्ला प्रशासन कार्यालय गुहारिसकेँ । परीक्षा प्रवेशपत्र देखाउँदा पनि टिकट पाउने अवस्था मिलेन । झन् प्रशासनले टिकट काउन्टरमा प्रहरी खटाएर असहयोग गरेको छ,” कार्कीले भने, ‘‘१३ गतेदेखि काठमाडौंमा परीक्षा हुँदै छ । अब महिनौँसम्म यस्तै भयो भने कसरी काठमाडौं जाने ? गाउँबाट ल्याएको खर्चपानी सकिसक्यो ।”

दैनिक बिहान ४ बजेदेखि लाइन बसे पनि टिकट नपाएको उनीहरूले बताएका छन् । आफूहरू मर्कामा पर्दा पनि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरू मौन बसेको भन्दै विद्यार्थीहरू आक्रोशित छन् ।

सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा यातायातको अर्को विकल्प नहुँदा यस्तो अवस्था आएको बताउँछन् । ‘‘पछिल्लो समय जहाजमा समस्या आएर टिकट नपाइएको भन्ने खबर आएको छ । मेरै वडाका १४ जना विद्यार्थीहरू होटेलमा बस्न नसक्ने अवस्था भएपछि मेरो घरमा बसिरहेका छन्,” वडाध्यक्ष बुढाले भने, ‘‘म आफैँ पनि एमाले महाधिवेशन विशेष कामको लागि काठमाडौं जानुपर्ने थियो । जहाजले कम फ्लाइट भरिरहेका छन् । टिकट काउन्टरमा बुझ्दा पहल भइरहेको जानकारी आएको छ ।”

तारा एयरका कर्मचारी नुर्ब लामा प्राथमिकताका आधारमा विद्यार्थीहरूलाई उडाउने गरिएको बताउँछन् । वायुसेवा निगमले नै कम फ्लाइट भर्दा समस्या आएको उनको भनाइ छ ।

‘‘यात्रुको चाप अत्यधिक छ । हामीले बढी फ्लाइट भर्न समन्वय गरिरहेका छौँ । टिकट कालोबजारी गरेर बेचेका छैनौँ । भित्रभित्रै टिकट किनबेच भएको छैन । पहिले गम्भीर किसिमका बिरामी आउँदा उडाउन सकिने अवस्था थिएन,” उनले भने, ‘‘अहिले यो अवस्था छैन । सकेजति सर्वसाधारण र विद्यार्थीहरूलाई नै पठाइरहेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार अहिले करिब २५० जनाभन्दा बढी यात्रुहरू टिकटको खोजीमा छन् । यात्रुहरूको मागानुसार एयरलाइन्सले फ्लाइट भर्न नसकेको प्रशासनले जनाएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य यात्रुको सहजताका लागि विमानस्थलमा सुरक्षाकर्मी खटाइएको बताउँछन् । ‘‘टिकट नपाएको गुनासो आएको हो । यात्रुलाई टिकट काउन्टरले मनोमानी भाडा असुलिरहेका छैनन् । गुनासो लिएर आउने यात्रुहरूलाई सिफारिस गरेर पढाइरहेका छौँ,” उनले भने ।

प्रशासनका अनुसार आज चार फ्लाइट भएको छ । ‘‘अबका केही दिनमा सहज हुँदै जान्छ । पहल र समन्वय गर्ने प्रक्रियामा छौँ,” प्रजिअ आचार्यले भने ।

तत्काल उडान थप्ने तयारी भइरहेकाले अबका केही दिनमा टिकट सहज रूपमा उपलब्ध हुनसक्ने सम्भावना देखिएको प्रशासनले जनाएको छ । यद्यपि, परीक्षा छुट्नै लागेका विद्यार्थी, बिरामी र सर्वसाधारणलाई प्राथमिकताका आधारमा टिकट बिक्री–वितरण गरिरहेको प्रशासनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro