site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सूर्यवंशी’ चल्यो, नेपाली सिनेमा पनि अब चल्छन् ?
SkywellSkywell

काठमाडौं । कोरोना संक्रमणको त्रासले बन्द भएका सिनेमा हल खुलेपछि पनि चलचित्र रिलिज गर्न हच्किरहेका निर्माताहरूमा बलिउड सिनेमा ‘सूर्यवंशी’मा दर्शकको आकर्षण देखिएपछि केही हिम्मत पलाएको छ । ‘सूर्यवंशी’ले हलमा दर्शक आउन डराउँदैनन् भन्ने सन्देश दिएपछि नेपाली मेकरमा पनि रिलिजको हिम्मत बढेको हो । यही चलचित्रको व्यापार र सिनेमा हलमा दर्शकको आगमन हेरेर मात्रै चलचित्र रिलिज गर्ने अथवा नगर्ने निर्णय गर्ने योजनामा मेकरहरू थिए ।

हलमा दर्शकको उल्लेख्य संख्या देखेपछि निर्माता अर्जुन कुमारले आफ्नो चलचित्र ‘चपली हाइट–३’ प्रदर्शन गर्ने घोषणा गर्दै रिलिज डेट पुस २ गतेलाई ‘लक’ गरिसकेका छन् ।

‘सूर्यवंशी’मा दर्शक झुम्मिए, नेपाली चलचित्रमा पनि दर्शक यसैगरी आउँछन् ? “नेपाली सिनेमा रिलिज गर्दा सधैँ डराउनु नै पर्छ,” दीपकराज गिरीको जवाफ छ ।

KFC Island Ad
NIC Asia

मनोरञ्जनको ग्यारेन्टी गर्न नसकेसम्म दर्शक हलमा जाँदैनन् भन्नेमा ढुक्क हुन उनको सुझाव छ । “यो मेकरको सिनेमामा पूर्ण मनोरञ्जन हुन्छ भनेर ग्यारेन्टी गर्नुपर्छ कि यो मेकरले अन्तर्राष्ट्रिय बजारमा जान सक्ने क्वालिटीको मन छुने सिनेमा बनाउँछ भनेर निश्चित गर्न सक्नुपर्छ,” दीपक भन्छन्, “यी दुई ब्रान्ड स्थापित गरेर दर्शकको मनमा बस्न नसकेको अवस्थामा अहिले दर्शकलाई मनोरञ्जनका थुप्रै विकल्प छन् ।”

दीपक यी दुई पक्षको ग्यारेन्टी नेपाली दर्शकसामु मेकरले गर्न नसकेको बताउँछन् । चलचित्रमा इन्टरटेनमेन्ट भ्यालु नभेटेको खण्डमा दर्शक हलमा नजाने उनको भनाइ छ ।

Royal Enfield Island Ad

आफूले भनेजस्तो चलचित्र नभए तीन घण्टा हलमा थुनिएर कोही पनि बस्न चाहँदैन भन्दै उनी भन्छन्, “हाम्रै सिनेमा दसैँमा लागेकै हो । तर, चलेन । तिहारमा बलिउड सिनेमा आयो चल्यो ।”

सामान्य समयमा पनि ९७ प्रतिशत नेपाली चलचित्रले लगानी उठाउन नसक्ने गरेको तीतो सत्यलाई बिर्सिन नहुने उनको भनाइ छ । “कति मेकरले हामीलाई सुपरहिट भयो भनेर ढाँटिरहेका हुन्छन् । कागजमा हिट हुनु र पैसा उठाउनु फरक छ । यसको अर्थ हामी व्यावसायिक छैनौँ भन्ने हो ।”

नेपाली चलचित्रमा दर्शकको आकर्षण कसरी बढाउने भन्नेतर्फ सचेत हुनुपर्नेमा उनको जोड छ । प्लस टु जेनेरेसन हलिउड र बाँकी अधिकांश दर्शक बलिउड चलचित्रमा मन्त्रमुग्ध भएका अवस्थामा त्यो संख्यालाई कसरी नेपाली चलचित्रतर्फ आकर्षण गर्ने त्यसतर्फ सोच्नुपर्नेमा उनको जोड छ ।

“राम्रो ब्यानरका हिन्दी चलचित्र आउँदा नेपाली सिनेमाघरहरू खचाखच भरिन्छन् । तर, अधिकांश नेपाली चलचित्र रिलिज हुँदा किन सिनेमा घर खाली हुन्छन् ?,” दीपक भन्छन्, “यसमा हामीले घोत्लिनुपर्ने समय भइसकेको छ ।”

ठिकठाक भनेर समीक्षा आएको चलचित्रमा पनि दर्शक किन झुम्मिए ? “घरमा बसेर टेलिभिजनमा, मोबाइलमा, एपमा सिनेमा हेर्दा जुन मजा छ, त्योभन्दा सयौँ गुणा बढी मजा सिनेमा हलमा हेर्दा आउँछ भन्ने सूर्यवंशी हलमा हेर्न गएका दर्शकको संख्याले प्रमाणित गर्‍यो,” दीपक भन्छन्, “सपरिवार हलमा गएर सँगै बसेर कफी र पपकन खाँदै ठूलो स्क्रिनमा सिनेमा हेर्नुको मजा दर्शकले यो लामो समय मिस गरिरहेका रहेछन् भन्ने बुझियो ।”

कोरोना संक्रमणको त्रासका कारण लामो समय सिनेमाघर बन्द हुँदा बलिउड तथा हलिउडका स्टार कलाकारहरूका चलचित्र नै डिजिटल प्लेटफर्ममा रिलिज हुँदा धेरैले अब सिनेमा घरको भविष्य सकियो भनेर टिप्पणी गरेका थिए । तर, संक्रमण मत्थर भएर रिलिज भएका बलिउड र हलिउडका केही सिनेमाले त्यसलाई गलत साबित गर्दै सिनेमाघरको भविष्य अझै सक्किनसकेको भन्ने सन्देश दिएका छन् ।

चलचित्र मेरिटका आधारमा चल्ने निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ बताउँछन् । कोरोना संक्रमणको त्रासका चलचित्र यसअघि नचलेको भन्ने पक्षमा आफू नरहेको उनको भनाइ छ ।

“मैले पहिला पनि भनेको थिएँ, सिनेमा हल खुलेपछि राम्रो चलचित्र भए चल्छ, रिलिज गर्दा हुन्छ भनेर,” प्रचण्डमान भन्छन्, “सूर्यवंशी उसको आफ्नै मेरिटले चलेको हो । सूर्यवंशी चल्यो, अब नेपाली चलचित्र पनि चल्छ भन्ने होइन । राम्रा चलचित्र चल्छन् ।”

यसअघि रिलिज भएका तर नराम्रा हिन्दी र अंग्रेजी चलचित्र पनि नचलेको भन्दै उनले हल खुल्नेबित्तिकै रिलिज भएका राम्रा चलचित्र हेर्न भने दर्शक हल गएको स्मरण गरे ।

निर्देशक दीपेन्द्र के खनाल राम्रो भए चलचित्र रिलिज गर्न डराउनु नपर्ने तर ‘सूर्यवंशी’ चल्दैमा सबै नेपाली चलचित्र चल्छन् भन्ने भ्रममा नपर्न आग्रह गर्छन् । “राम्रो चलचित्र भए दसैँमा रिलिज गर्दा पनि चलचित्र चल्थ्यो । त्यही भएर मैले मेरो चलचित्र चिसो मान्छे तिहारमा रिलिज गर्छु भनेको थिएँ । तर, रिलिजको वातावरण नै बनेन,” दीपेन्द्र भन्छन् ।

पहिला पनि नराम्रा चलचित्र नचल्ने गरेको भन्दै उनी ‘ठिकठाक’ चलचित्र पहिला केही चल्ने गरेको तर अहिले भने त्यस्तो अवस्था नरहेको उनी बताउँछन् । “पहिला केही ठिकठाक भनिएका चलचित्र पनि केही चल्थे । तर, अहिले त्यस्तो छैन । दर्शक राम्रो चलचित्र भयो भने मात्रै हलसम्म जान्छन्,” उनी भन्छन् ।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द हुँदा करिब पाँच दर्जन चलचित्र रिलिजको पर्खाइमा छन् । तर, दर्शक सिनेमा हेर्न हलसम्म आउँछन् कि आउँदैनन् भनेर दर्शकको मनोविज्ञान बुझ्न भन्दै मेकरहरूले चलचित्र रिलिज गरेका थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro