site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आश्रमका वृद्धवृद्धाले फक्राएको फूलबाट वार्षिक पाँच लाखसम्म आम्दानी

काठमाडौं । मंगलबार बिहान ७ बजे ७० वर्षीय सन्त चित्रकार बारीमा फूल टिप्दै थिए । आफैँले फक्राएका फूल टिप्दै गर्दा उनी दङ्ग देखिन्थे । ‘‘फूल रोपेको अस्ति भर्खरजस्तो लाग्छ । कतिछिट्टै ढकमक्क भइसके । तिहार पनि लाग्यो,” चित्रकार सुनाउँदै थिए । 

नवजीवन परोकार समाजमा बस्ने वृद्धवृद्धाहरूले सामूहिक रूपमा गरेको फूलखेती यतिबेला ढकमक्क बनेको छ । नवजीवनको बारी मखमली र सयपत्री फूलले ढाकिएको छ । अहिले आफूहरूले फूलाएका फूल टिप्न व्यस्त छन्, ती वृद्धवृद्धाहरू । 

तारकेश्वर नगरपालिका–७ फुटुङस्थित नवजीवनको आश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरूले केही महिना पहिले थाइल्यान्डबाट मगाइएको फूलको बिउ रोपेका थिए । ‘‘करिब तीन रोपनी जग्गामा फूल रोपेका थियौँ । थाइल्यान्डबाट मगाइएको फूल हो । वृद्धावृद्धाहरूले गाईको अर्गानिक मलको प्रयोग गरी उत्पादन गरेका हुन्,” नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले भने ।

अहिले फूल लगाइएको नवजीवनको बारी पहिले बाँझो थियो । वृद्धवृद्धाहरूले फूल खेती गर्न थालेको तीन वर्ष भयो । “तीन वर्षदेखि बाँझो बारीमा ढकमक्क फूल फूलाउन थालेका छौँ,” चित्रकारले फूल टिप्दै भने ।

सन्त चित्रकारले आफू आश्रममा जाँदा आफूसँगै परेवालाई पनि आश्रममै लिएर गएका थिए । चित्रकार भन्छन्, ‘‘सानैदेखि परेवा पाल्दै हुर्केको हुँ । आश्रम आउँदा पनि यी परेवालाई छाडिँन । योसँगै आश्रममा अरू प्राणीहरू पनि रहेछन् । यीनीहरूसँगै रमाउन मन लाग्छ । खेतबारीमा गोडमेल गर्न खेतिसँग रमाउन मन लाग्छ ।”

नवजीवनमा गाई, कुकुर, खरायो, खसी, सुगा, कछुवा, माछा, टर्की पनि पालिएका छन् । अध्यक्ष दाहालले यी प्राणीहरूलाई बिरामी र बेवारिसे अवस्थामा फेला पारेर उद्धार गरेर ल्याएका हुन् ।

सन्त चित्रकारजस्तै अन्य २४ जना वृद्धावृद्धाहरू छन् । बाँझो हुँदा नराम्रो उजाड देखिएको बारी अहिले फूलले झकिझकाउ भएको छ । अध्यक्ष अध्यक्ष दाहालले वृद्धवृद्धाहरूले दैनिक पानी हाल्दै गोडमेल गर्दै ढकमक्क फूल फूलाएको बताए । ‘‘आजभोलि वृद्धवृद्धाहरूलाई फूल टिप्ने चटारो छ । यतिधेरै फूल फूलेको छ । अब फूल बेचेर आएको आम्दानीले आश्रम सञ्चालन तथा वृद्धवृद्धाको पालनपोषणमा खर्च हुन्छ,” दाहालले भने ।

उनकाअनुसार नवजीवनले वृद्धावृद्धाहरूले गरेको फूलखेतीबाट हरेक वर्ष चारदेखि पाँच लाखसम्मको आम्दानी गर्दै आएको छ । ‘‘वृद्धवद्धाहरू तिर्थयात्रा जाँदा, मठमन्दिरमा घुम्न जाँदा लगायतको काममा फूलको आम्दानी प्रयोग गरिन्छ,” दाहालले भने ।

आश्रमकी सक्रिय सदस्य शान्ति तिवारीले अब वृद्धवृद्धाले टिपेका फूल बिक्रिवितरणका लागि बजारसम्म लैजाने जानकारी दिइन् । ‘‘तिहारको बेलामा बारीभरि फूल फूलाइएको छ । फूलबाट आम्दानी केही हदसम्म आश्रम सञ्चालन गर्न मद्दत पुग्छ ।  आफैँले रोपेका फूल अहिले आफैँले टिप्न पाउँदा वृद्धवृद्धाहरू दंग छन,” उनले भनिन् ।

फूलखेतीसँगै वृद्धवृद्धाहरूले तरकारी र फलफूल खेती पनि गर्दै आएका छन् । नवजीवन परोपकार समाजले सहाराविहीन मानवसहित अन्य प्राणीहरूलाई पनि सहारा दिँदै आएको छ । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro