site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सकलाई निःसर्त काममा फर्कने वातावरण निश्चित गर्नुपर्ने माग
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकबाट आवासीय चिकित्सकलाई संघीय सरकारको आठौँ तहसरहको ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने भनेर गरिएको निर्णय तत्काल लागु गर्नुपर्ने नेपाल चिकित्सक संघले माग गरेको छ ।

चिकित्सा शिक्षा आयोगको यही वैशाख ३ गतेको बैठकबाट सिट पुनरवलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरिएको थियो । उक्त विषयमा शनिबार (वैशाख ६) बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट प्रदर्शनरत आवासीय चिकित्सकलाई निःसर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरण निश्चित गर्नुपर्ने माग गरिएको हो ।

बैठकपछि संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनरत आवासीय चिकित्सकलाई निःसर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म यो कार्यदलको काम–कारबाहीमा सहभागी नहुने भनी गरिएको निर्णय संयोजकलाई जानकारी गराउन चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro