site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दोस्रो चरणको चक्रपथ विस्तार मानवमैत्री होस्’
SkywellSkywell

काठमाडौं । सरकारले पहिलो चरणको चक्रपथ विस्तार सवारीमैत्री बनायो । सबै किसिमका मानवमैत्री पूर्वाधारलाई नसमेटी चक्रपथ विस्तार गर्दा जटिल किसिमका समस्याहरु आए । अहिले पनि पहिलो चरणमा विस्तार गरिएको चक्रपथ असुरक्षित र अव्यवस्थित रहेको धेरैले टिप्पणी गर्दै आएका छन् । 
 
सरकरले पहिलो चरणमा कोटेश्वर–कलंकी चक्रपथ विस्तार गरेको थियो । अब दोस्रो चरणमा कलंकी–महाराजगंज–चाबहिल सडकखण्ड विस्तार गर्ने योजना छ ।
 
पहिलो चरणको जस्तो चक्रपथ नबनाई पैदलयात्रुदेखि सवारीसाधनसम्म सबैलाई सम्बोधन गर्नेगरी विस्तार गर्नुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् । 
 
ट्राफिक इन्जिनियर आशिष गजुरेल पहिलो चरणको चक्रपथ विस्तार गर्दा सम्बन्धित सबै पक्षलाई नसमेटिएको बताउँछन् । अब दोस्रो चरणको चक्रपथ विस्तारमा सरकारले पहिलो चरणको जस्तो गल्ति दोहोर्याउन नहुने उनको तर्क छ । 

‘‘दोस्रो चरणको चक्रपथ विस्तार गर्दा सम्बन्धित सबै पक्षलाई समेटेर मात्रै विस्तारको काम थालियोस् । सुरक्षित सडकको डिजाइन बनाएर विस्तारको काम अगाडि बढाउनुपर्छ । सबै पूर्वाधारलाई समेटेर दोस्रो चरणको चक्रपथ विस्तार गरिनुपर्छ,” उनले भने ।

KFC Island Ad
NIC Asia

सडक सवारी गुड्नका लागि मात्रै नभएर पैदल, साइकल, ह्विलचियर, मावनमैत्री चक्रपथ विस्तार गर्नुपर्ने उनको भनाइ छ । चीन सरकारको सहयोगमा नेपाल सरकारले पहिलो चरणमा विस्तार गरेको कोटेश्वरदेखि कलंकीसम्मको आठ लेन सडक सवारीमैत्री मात्रै भएको गुनासो छ । 

सरकारले दोस्रो चरणको चक्रपथ विस्तार गर्दा सुरक्षित र व्यवस्थित चक्रपथ बनाउनुपर्ने साइकल लेन संरक्षणकर्मी रत्न श्रेष्ठ बताउँछन् । उनी साईकलमैत्री सडक, प्रर्याप्त मात्रामा आकासेपुललगायत सुरक्षित संरचना बनाउनुपर्ने बताउँछन् । 

Royal Enfield Island Ad

नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल, रोड सेफ्टी सोसाइटी नेपाललगायतले चक्रपथको पहिलो चरणको जस्तो चक्रपथ विस्तार नगर्न सरकारसँग माग गर्दै आएका छन् । सरकारले बनाएको डिजाइन सार्वजनिक गर्नुपर्ने माग उनीहरुको छ । जेब्राक्रसिङमा अडियो जडान गर्नुपर्ने, अपांगमैत्री संरचना बनाउनु पर्ने माग राख्दै आएका छन् ।
 
२०७० सालदेखि रिङरोड अन्तर्गत कोटेश्वर–कलंकी सडक १०.३ किलोमिटर चीनको सांघाई कन्सट्रक्सन कम्पनीले काम थालेको थियो । कम्पनीले थालेपछि २०७३ माघसम्म विस्तार गरिसक्ने लक्ष्य थियो । तर, विविध कारणले उक्त काम पर धकेलियो । उक्त सडक खण्डको विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँ खर्च भइ २०७५ सालमा हस्तान्तरण भएको थियो ।
 
श्रेष्ठ उक्त सडक विस्तारसँगै अत्याधिक सडक दुर्घटना भएको बताउँछन् । ‘‘उचित पैदलयात्रा सुविधाको अभाव, जथाभावी ओभरटेकिङ जस्ता कारण देखिएका थिए । बीचमा विपरित दिशा छुट्याउन डिभाइडरको अभाव, साइकल लेनको अभाव, अपांगमैत्री फुटपाथको अभाव, सहरी क्षेत्र हाइवे गर्ने तरिकाले डिजाइन गरिएको थियो,” उनले भने, ‘‘अब दोेस्रो चरणको चक्रपथ विस्तार गर्दा यी सबै कुरालाई ध्यान दिइयोस् । बस लेन, अपांगमैत्री फुटपाथ, विपरित दिशाबाट सवारी छुटाउने ग्रिनरी, डिभाइडरलगायत सुविधाहरु समेटिनुपर्छ ।” 

सडक विभागका अनुसार कलंकी–महाराजगञ्जसम्मको आठ लेन चक्रपथ विस्तार गर्न प्रारम्भिक डीपीआर तयार भइसकेको छ । ११.६ किलोमिटर चक्रपथ विस्तारमध्ये ११.३ किलोमिटर सडक निर्माणको डीपीआर भइसकेको छ ।
 
विभागले अब चार/पाँच महिनामा दोस्रो चरणको चक्रपथ विस्तारको काम सुरु गर्न सकिने जनाएको छ । विभागका कार्यकारी निर्देशक अर्जुनजंग थापा दोस्रो चरणको चक्रपथ विस्तार पहिलो चरणको जस्तो नहुँने बताउँछन् । 

चक्रपथ विस्तारमा मुआब्जालगायत विवाद पनि रहेका छन् । महानिर्देशक थापाका अनुसार अहिले मुआब्जा बाहेक अरु सबै साइट क्लियर भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro