site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यात्रुलाई दुई/तीन रुपैयाँ फिर्ता नदिए पाँच हजारसम्म जरिवाना 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय सार्वजनिक यातायात व्यवसायीहरूले यात्रुसित बढी भाडा लिने गरेका छन् । वाग्मती प्रदेश सरकारले बढाएको भन्दा बढी भाडा असुल्दा दैनिक लाखौँ यात्रुहरू ठगिने गरेका छन् ।

यही कात्तिक १ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी–साधनमा दूरीका आधारमा गाडी भाडा बढाइएको थियो । सार्वजनिक यातायात व्यवसायीहरूले २८ प्रतिशतले भाडा बढाई वैज्ञानिक भाडादर लागु गर्न माग गरेका थिए । तर, सरकारले २३ प्रतिशतले भाडा वृद्धि गरी सोही भाडादर लागु गरियो ।

दूरीका आधारमा पाँच किलोमिटर दूरीसम्म १८ रुपैयाँ, १० किलोमिटर दूरीसम्म २३ रुपैयाँ, १५ किलोमिटर दूरीसम्म २७ रुपैयाँ, २० किलोमिटर दूरीसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ तिर्नुपर्र्ने निर्धारण गरिएको छ ।

सार्वजनिक यातायातले भने पाँच किलोमिटरमा १८ रुपैयाँ लिनुपर्नेमा २० रुपैयाँ लिँदै आएका छन् । १० किलोमिटरमा २३ रुपैयाँ लिनुपर्नेमा २५ रुपैयाँ लिने गर्छन् । १५ किलोमिटरमा २७ रुपैयाँमा ३० रुपैयाँ लिने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले अत्यधिक सवारी चाप भएको काठमाडौंमा बढी यात्रु ठगिने गरेको बताए । ‘‘अनुगमनका आधारमा कारबाही गर्दै आएका छौँ । दैनिक रूपमा यात्रु ठगिने गरेका छन् । तर, उनीहरूले ट्राफिकलाई गुनासो गर्दैनन् । दैनिक ९–१० जनाले मात्रै गुनासो गर्छन् । ठगिएका यात्रुलाई तुरुन्तै रुपैयाँ फिर्ता गर्न लगाएर सवारीसाधनलाई कारबाहीमा ल्याउँछौँ । सरकारले बढाएको भाडाभन्दा एक रुपैयाँ पनि बढी भाडा लिन पाइँदैन,” प्रवक्ता दासले बाह्रखरीसित भने ।

सहचालकले २० रुपैयाँ लिन हुने तर यात्रुले १५ रुपैयाँ दिन किन नहुने ? भन्दै कतिपय यात्रुले सहचालकसँग ‘बार्गेनिङ’ गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय दुई रुपैयाँको नोट छाप्न बन्द गरेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्, ‘‘राष्ट्र बैंकमा कुुनै पनि नोट–सिक्काको अभाव हुँदैन । दुई रुपैयाँको नोट छाप्न बन्द गरे पनि एक र दुई रुपैयाँको सिक्का जति पनि छ । सार्वजनिक गाडी भाडा र राष्ट्र बैंकको कुनै सम्बन्ध छैन ।”

अहिले डिजिटल पेमेन्ट सिस्टम विस्तार भइसकेकाले पनि सहजै तरिकाले दुई रुपैयाँको कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अधिकांश सार्वजनिक सवारीसाधनका सहचालकले दुई रुपैयाँ फिर्ता दिँदैनन् । बरु, कतिपय यात्रुलाई सहचालकले चकलेट दिने गरेको पाइएको छ । यस विषयमा गुनासो नै नआउँदा समस्या निम्तिएको प्रवक्ता दासको भनाइ छ ।

यात्रुले दुई रुपैयाँ फिर्ता नपाए गाडी नम्बरसहित १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

वाग्मती प्रदेशभित्रको यो भाडादर वैज्ञानिक नभएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाउँदै आएको छ । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालले भने बढाइएको भाडादरमा सहमति जनाएको थियो ।

सरकारले बढाएको भाडा कार्यान्वयनका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायी केन्द्रीय महासंघबीच सहमति भएको छ ।

ट्राफिकले मनपरी भाडा असुल गर्ने सवारीलाई ५०० देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिँदै आएको जनाएको छ । ट्राफिक प्रवक्ता दास भन्छन्, ‘‘पहिलो पटक ठगी गर्ने सवारीलाई सिधै ५०० रुपैयाँ जरिवाना तिराइन्छ । यस्तै, दोसो, तेस्रो गर्दै पाँच हजारसम्म जरिवाना गरिन्छ । यति गर्दा पनि भएन भने यातायात व्यवस्था विभागको प्रचलित कानुनबमोजिम अन्य कारबाही प्रक्रिया अघि बढ्छ ।”

महाशाखाले नयाँ भाडादर दुई हजार ५०० भन्दा बढी सवारी–साधनमा टाँसेको जनाएको छ । यात्रु भाडादरबारे जानकार रही आफूले पाउनुपर्ने रुपैयाँको दाबी गर्नुपर्ने र सवारीले दिन नमाने तुरुन्तै ट्राफिकलाई गुनासो गर्न महाशाखाले आग्रह गरेको छ ।

यो पनि पढ्नोस्–

सार्वजनिक यातायात चढ्ने यात्रुले दुई रुपैयाँ फिर्ता माग्ने बानी बसाल्नोस् !
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro