site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी लाइसेन्स निकाल्ने तयारीमा हुनुहुन्छ ? यी हुन् अंक घटेर फेल हुने आधारहरू
फाइल तस्बिर ।

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आजदेखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो ।

पहिलाजसरी नै विभागको वेबसाइटमा गएर आवेदन दिनुपर्ने जनाएको छ । विभागले पुराना ६ लाख आवेदकको ट्रायल परीक्षा नसकाई नयाँ आवेदन नखुलाउने जनाएको थियो । तर, पुराना आवेदकको ट्रायल परीक्षा आधाआधी नहुँदै नयाँ आवेदन खुलाइएको छ ।

विभागले नयाँ आवेदन कोटा सिस्टम लागु गरेर खोलिएको छ । देशभरका २१ वटा यातायात कार्यालयहरूबाट दैनिक पाँच हजारजनाले आवेदन भर्न पाउने विभागले जनाएको छ  ।

विभागका प्रवक्ता लोकनाथ भुसालले नयाँ आवेदकको परीक्षा तत्काल नहुने जानकारी दिए । उनका अनुसार पुराना चार लाख आवेदकको परीक्षा हुन बाँकी रहेकाले तत्काल नयाँको परीक्षा नहुने भएको हो । ‘‘नयाँ आवेदन खुलाएसँगै नयाँ नियम पनि सँगै लागु गरिनेछ । अब सवारी लाइसेन्सको परीक्षा दिँदा नयाँ नियमबमोजिम परीक्षा दिनुपर्नेछ,” प्रवक्ता भुसालले भने ।

यस्तो छ नयाँ नियम
सरकारले सवारीचालक अनुमतिपत्र (र्लासेन्स) परीक्षा कार्यविधि निर्देशिका–२०७७ जारी गरेअनुसार नै परीक्षा सञ्चालन हुने भएको छ । निर्देशिका अनुसार लिखित परीक्षाका लागि ५०० वटा प्रश्न विभागले वेबसाइटमा राखिसकेको छ । उक्त प्रश्नबाट २०–२० प्रश्न सोधिनेछ । लिखित परीक्षामा ८० र ट्रायल परीक्षामा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।

लाइसेन्सको लिखित परीक्षाको समयावधि ३० मिनेट रहनेछ । सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूले तोकेको समयावधिअनुसार परीक्षा सञ्चालन गर्न सक्नेछन् । यो नियमले सानोतिनो गल्ती गर्दा परीक्षामा अनुत्तीर्ण भएर पटक–पटक बिचौलिया कहाँ धाउनुपर्ने समस्या कम हुँदै जाने विभागको अनुमान छ ।

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्सका लागि सहज व्यवस्थापन गरिएको उल्लेख छ ।

यी हुन् अंक घटेर फेल हुने आधारहरू
निर्देशिका बमोजिम सवारी चलाउनुअगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन नम्बर, हेलमेटको लक नलगाई सवारी चलाएमा चार नम्बर, अनब्यालेन्स भएर सवारी चलाएमा तीन नम्बर, घुमाउरो आठको रेखा एकपटक छोए पाँच नम्बर काटिनेछ ।

त्यस्तै, खुट्टाले भुइँ टेकेमा पाँच नम्बर, युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० नम्बर, ट्राफिक संकेत पालना नगरे १५ नम्बर, उबडखाबडमा एकपटकसम्म भुइँमा टेकेमा पाँच नम्बर तथा एकपटक सवारीसाधनको स्टार्ट बन्द भए पाँच नम्बर घट्नेछ ।

विभागले खरिद गरिएका स्मार्ट कार्ड आउन अझै दुई महिनासम्म लाग्ने जनाएको छ । खरिद गरिएका स्मार्टकार्ड समयमै नआउँदा सवारी लाइसेन्स लिनेहरूले समयमै लाइसेन्स पाएका छैनन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro