site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै, उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिए । ‘‘शुक्रबारसम्म नयाँ आवेदन खुलाउने तयारी छ । कोटा सिस्टम लागु गरेर नयाँ आवेदन खुलाउँछौँ,” उनले भने । 

यस्तै, विभागका प्रवक्ता डा. लोकनाथ भुसालले दैनिक कति आवेदकले आवेदन दिन पाउने भनी कोटा सिस्टम लागु गरेर आवेदन खुलाइने जानकारी दिए । नयाँ आवेदन खुलाएर तत्काल नयाँ आवेदकको परीक्षा भने नहुने उनले बताए । 

‘‘नयाँ आवेदन खुलाए लगत्तै परीक्षा हुनेछैन । उनीहरूले ट्रायल परीक्षा दिन मंसिर पुससम्म पर्खिनु पर्नेछ । पहिलेदेखि नै ६ लाख पुराना आवेदकको परीक्षा आधाआधि पनि भएको छैन,” प्रवक्ता भुसालले भने । 

विभागकाअनुसार देशभरबाट एक दिनमा पाँच हजार जनाले आवेदन दिन पाउनेछन् । देशभरका २१ ओटा यातायात कार्यालयहरूबाट दैनिक पाँच हजार जनाले आवेदन भर्न पाउनेछन् । 

अझै ४ लाख पुराना आवेदकको परीक्षा हुन बाँकी  
विभागले अझै चार लाख पुराना आवेदकको परीक्षा बाँकी रहेको जनाएको छ । प्रवक्ता भुसाल भन्छन्, ‘‘हाम्रो सिस्टममा चार लाख आवेदकले परीक्षा दिन बाँकी  देखिएको छ । पुराना आवेदकको परीक्षाको टुंगो नलगाइ तत्काल नयाँ आवेदकको परीक्षा गर्ने कुरा भएन,” उनले भने । 

नेपालमा दोस्रो चरणको कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । उक्त समयदेखि लाइसेन्सको नयाँ आवदेन रोकिएको थियो ।

स्मार्टकार्ड आउँन अझै दुई महिना लाग्ने
विभागले खरिद गरेका सवारी अनुमति पत्र (लाइसेन्स) छाप्ने स्मार्ट कार्ड आउन अझै दुई महिना लाग्ने जनाएको छ । विभागले करिब ६ महिनादेखि नै स्मार्ट कार्डको अभावले स्मार्ट लाइसेन्स छपाइ बन्द गरेको छ । एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण पनि सँगै थालिएको छ । 

विभागले हाल विदेश जाने नागरिक र अन्य अत्यावश्यक परेका नागरिकहरूका लागि मात्रै लाइसेन्स छापिरहेको छ । विभागले खरिद गरेका स्मार्ट लाइसेन्स आउन अझै दुई महिनाजति लाग्ने भएकाले तत्काल लाइसेन्स छपाइ सुरु गर्न सकिनेछैन । विभागले एक फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउनेगरी सम्झौता गरेको थियो ।

उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी 
सरकारले उपत्यकाभित्र सवारी लाइसेन्सको ट्रायल सेन्टर थप्ने तयारी गरेको पनि विभागले जनाएको छ । महानिर्देशक घिमिरेकाअनुसार रोकिएका परीक्षा सञ्चालन गर्न र नयाँ आवेदनको परीक्षा सञ्चालन गर्न ट्रायल सेन्टर थप्ने तयारी भएको हो । ‘‘ट्रायल सेन्टर थप्ने निष्कर्षमा विभाग पुगेको छ । यसका लागि सम्बन्धित निकायसँग पनि छलफल भइसकेको छ । वाग्मती प्रदेश सरकारसँग समन्वय गरेर ट्रायल सेन्टर थप्ने तयारी छ,” महानिर्देशक घिमिरेले भने । 

पछिल्लो समय उपत्यकामा चारओटा यातायात कार्यालयहरू एकान्तकुना, ठुलो भर्‍याङ, चाबहिल, भक्तपुरबाट ट्रायल परीक्षा हुने गरेको छ । यी चारओटा यातायात कार्यालयहरूबाट परीक्षा सञ्चालन हुँदा अत्याधिक चाप हुने भएकाले नयाँ ट्रायल सेन्टर थप्ने तयारी गरिएको विभागको भनाइ छ ।

प्रशस्त ट्रायल सेन्टरको व्यवस्था नहुँदा अहिलेसम्म जम्मा दुई लाखजना पुराना आवेदकले मात्रै ट्रायल परीक्षा दिन पाएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro