site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलिउडको रोजाइमा नेपाल, उचाइपछि अर्को प्रोजेक्ट पनि आउँदै 

काठमाडौं । यतिबेला ठूलो स्टारकास्ट रहेको बलिउडका कुशल निर्देशक सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकन नेपालमा भैरहेको छ । नेपाली चलचित्रहरु छायांकनस्थल खोज्दै विश्वका विभिन्न देश पुगिरहेका बेला बलिउडका सिनेमा पनि छायांकनका लागि नेपाल आउन थालेका हुन् । 

बलिउडका ‘महानायक’ अमिताभ बच्चन र दिग्गज कलाकारहरु अनुपम खेर, बोमन इरानी अनि अभिनेत्री परिणिती चोपडा जोडिएको यति ठूलो चलचित्र नेपालमा छायांकन हुनु भनेको समग्र नेपाली कलाकार र चलचित्र उद्योगका लागि राम्रो कुरा हो । 

यो चलचित्रको नेपालमा छायांकनको चाँजोपाँजो ‘थ्री ह्विलर्स फिल्मस् प्रालि’ले मिलाएको हो । 

यो आर्टिस्ट प्रोडक्सन हाउस पछिल्लो १५–१६ वर्षदेखि भारतका ठूलाठूला निर्माण कम्पनीहरुसँग नजिक भएर काम गरिरहेको छ  भने नेपालमा पनि यो कम्पनी सक्रिय नै छ । 

काठमाडौं, लुक्ला अनि नाम्चेको छायांकन सकेर पूरा छायांकन टिम मनाङ पुगेको छ । पुष्पराज न्यौपाने, दिपक पन्त र सुरज आचार्य गरी तीन जना मिलेर यो कम्पनी स्थापना गरेका हुन् । 

चलचित्र ‘उचाइ’ नेपालमा छायांकन सम्भावनाबारे थ्रि ह्विलर्सका संस्थापक मध्ये एक न्यौपाने भन्छन्, “पछिल्लो एक वर्षदेखि नै यसबारेमा कुरा चलिरहेको थियो । हामी लामो समयदेखि भारतमै भएकाले हाम्रो सम्बन्धका कारण यसको समन्वयको जिम्मा उहाँहरुले हामीलाई दिनुभएको हो ।” 

बलिउडका केही सञ्चारमाध्यमहरुले ठूलो स्टारकास्ट भएकाले निर्देशक बडजात्याले थुप्रै विदेशी छायांकन स्थलको अवलोकन गरेकोमा नेपाल सुरक्षित लागेर छानेको भन्ने उल्लेख गरेका थिए । 

तर न्यौपाने भने यो खबरबारे भन्छन्, “कथाको मागका कारण नै उहाँहरु नेपाल आउनु भएको हो ।”

चलचत्रिको कथाअनुसार नेपाली मूलका अभिनेता ड्यानी डेन्जोङ्पा चलचित्रमा पनि नेपालमै जन्मिएका हुन्छन् । ठूलो भएपछि उनी भारतको दिल्लीमा बसाइ सरेर जान्छन् । जहाँ ड्यानीको भेट अभिनेता अनुपम खेर, बोमन इरानी, अमिताभ बच्चन, परिणितीसँग हुन्छ र उनीहरुबीच मित्रता हुन्छ । 

ड्यानीको आफ्ना भारतीय साथीहरुलाई सगरमाथालगायत नेपालको सुन्दर हिमाली भेगमा साहसिक यात्रामा ल्याउने इच्छाअनुरुप भारतीय टिमहरु नेपाल आउँछन् । 

उनका अनुसार निर्देशक बडजात्यालगायत टिम नेपालमा छायांकन गर्न पाउँदा खुसी छन् । साथै नेपाली कलाकारहरुको कामप्रति निर्देशक बडजात्या सन्तुष्ट भएको पनि न्यौपानले जानकारी दिए । 

न्यौपानेका अनुसार ‘उचाइ’ पछि अब अर्को एउटा बलिउड प्रोजेक्ट पनि नेपालमा आउँदैछ । “अब अर्को एउटा एभरेष्टकै चलचित्र पनि बन्दैछ । त्यसको तयारी पनि हुँदैछ । अहिले छायांकन भैरहेको ‘उचाइ’ ले अरु बलिउड प्राजेक्टसँग पनि सहकार्य गर्ने सम्भावना बढाएको छ,” उनले योजना सुनाए । 

यो चलचित्रले नेपाली कलाकारलगायत समग्र पर्यटन क्षेत्रलाई टेवा पुग्ने पनि न्यौपानेले बताएका छन् । 

उनका अनुसार अहिलेसम्म नेपालको ५० प्रतिशत छायांकन सकिइसकेको छ । अब अन्तिम छायांकन मनाङमा सकाएर बलिउड टोली अक्टोबरपछि भारत फर्किने छन् । 

यो चलचित्रमा जम्मा ३ बाल कलाकारगरी जम्मा १६ जना नेपाली कलाकारहरुको अभिनय रहेको छ । यी कलाकारहरु प्रायःजसो नेपाली थिएटरमा आवद्ध छन् । न्यौपानेका अनुसार नेपाली कलाकारहरु पनि महत्वपूर्ण भूमिकामा नै छन् । 

नेपाली कलाकारहरुमध्ये कसैको संवाद छ भने कसैको मोन्टाज मात्रै भएको उनले जानकारी दिए । चलचित्रमा नेपाली कास्ट ल्याउने जिम्मा ‘सिर्जना सुत्र’ले पाएको थियो । 

चलचित्रको रिलिज योजना सन् २०२२ को अगस्ट बनाइएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro