site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहिले खुल्छन् बाढी–पहिरोले अवरुद्ध सडक ?
फाइल तस्बिर

काठमाडौं । आइतबारदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परी १०० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । बाढीपहिरो र डुबानले भित्र्याउन ठिक्क पारेको किसानको अन्नबाली बगाएको छ । 

सहरमा पढ्ने विद्यार्थी सडक अवरुद्ध हुँदा गाउँमै रोकिएका छन् । कोरोना महामारीका कारण लामो समय विद्यालय गएर पढ्न नपाएका विद्यार्थीलाई बेमौसमी वर्षाका कारण गाउँमै रोकिएका छन् । बिहीबारदेखि काठमाडौं उपत्यका लगायतका सहरहरूमा विद्यालयहरू भौतिकरूपमा सञ्चालनमा आइसकेका छन् । तर, गाउँ गएका विद्यार्थी आइपुगेका छैनन् ।

नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण नेपालका १९ भन्दा बढी जिल्लामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । अधिकांश जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

चार दिनसम्मको अविरल वर्षाका कारण देशभरका धेरै सडक अवरुद्ध भए । सडक विभागका अनुसार आइतबारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेश नम्बर १ सुदूरपश्चिम प्रदेशका पहाडी भेगका दर्जनौँ सडक अवरुद्ध भएका छन् । 

सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली अवरुद्ध भएका सडक पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन दिनदेखि हप्तादिनसम्म लाग्नसक्ने बताउँछन् । ‘‘देशभरका धेरै सडकहरू अवरुद्ध भएका छन् । यी सडक मर्मतसम्भार गरी तीन दिनदेखि हप्तादिनसम्ममा पुनः खुलाउन सकिएला,” उनले भने ।

उनका अनुसार अछाम–मार्तडी, धरान–धनकुटा, स्याउले–डोटी, बझाङ–खोड्पे लगायतका सडकखण्डहरू अवरुद्ध भएका छन् । यता गण्डकी प्रदेशको बेँसीसहर–मनाङ सडकखण्ड पनि अवरुद्ध छ । मध्यपहाडी राजमार्ग सिन्धुली–ओखलढुंगा सडकखण्ड अवरुद्ध हुँदा पूर्वमा इलाम–पाँचथर सडकखण्ड पनि अवरुद्ध रहेको उनले बताए 

सबैभन्दा बढी क्षति सुदूरपश्चिम प्रदेशले बेहोर्नु परेको उनले बताए । 

नेपालीका अनुसार बिहीबार मौसममा सुधार आएसँगै सडक मर्मतको काम अघि बढिसेकेको छ । ‘‘सामान्यरूपमा सडक भाँसिएको वा पहिरो मात्रै खसेर पन्छाउनु पर्ने ठाउँका सडक एकदुई दिनमै खुलाउन सकिन्छ । यो बेमौसमी वर्षाले क्षति पुर्याएका सडकमा अधिकांश माथिबाट पहिरो खसेको देखिएको छ । धेरै ठूलो क्षति भएको छैन । छिट्टै सडक खुल्छ । हामी त्यसमै लागि परेका छौँ,” नेपालीले भने ।

कर्णाली नदीको एक ठाउँमा नदीले धार परिवर्तन गरेर अर्को ठाउँमा बग्दा हुलाकी राजमार्ग राजापुर र टीकापुर जोड्ने सडकखण्डमा धेरै क्षति पुगेको छ । यस्तो अवस्थामा अवरुद्ध भएका सडक मर्मत सम्भार गर्न महिना दिनसम्म लाग्नसक्ने विभाग प्रमुख नेपालीको भनाइ छ । 

नेपाल प्रहरी प्रधान कार्यालयले अहिले देशभरका विभिन्न सडकखण्डहरू मर्मत गरिरहेको जनाएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरले केही मर्मतको क्रममा रहेका र केही सडकखण्ड मर्मत हुन बाँकी रहेको जानकारी दिए । ‘‘बिहीबारदेखि मौसम सफा हुँदैछ । केही सडक मर्मत भइरहेका छन् । केही सडक मर्मत गर्न बाँकी छन् । पूर्वमा इलाम–पाँचथर सडकखण्डमा मर्मत गर्न समय लाग्छ । अरू सडक खण्डहरू दुईदेखि पाँच दिनसम्ममा मर्मत भइसक्छन्,” उनले भने ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro