site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानी छ ‘रिटर्न्स’ छैन   
SkywellSkywell

काठमाडौं । यो वर्ष तिजका गीतमा तीन करोडको हाराहारीमा लगानी भएको छ । करिब १२० गीत रेकर्ड हुँदा यसको अडियो र भिडियोमा गरेर तिजका गीतमा करिब तीन करोड रुपैयाँ लगानी भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।

एउटा गीत भिडियोसहित युट्युबमा रिलिज हुँदा औसतमा दुई लाख ५० हजार रुपैयाँ लागनी लाग्छ । तर, रिटर्न्स भने करिब–करिब शून्यजस्तै छ । पछिल्लो समय कोभिड–१९ का कारण भिडभाड गर्न प्रतिबन्ध लाग्दा सांगीतिक कार्यक्रम तथा मेला, महोत्सव नहुँदा गीतमा गरिएको लगानीको आर्थिक रिटन्र्स सम्भव नभएको हो ।

युट्युबमा राम्रो भ्युज पाएका गीतले केही सीमित लगानी उठाए पनि धेरै नहेरिएका गीतलाई त्यो पनि सम्भव नरहेको गायक खुमन अधिकारी बताउँछन् । कोभिडको जोखिमपछिको गीत–संगीतमा गरिएको लगानीको आर्थिक मुनाफा नरहेको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

“कोभिडपछि जे–जति गीत–संगीतमा लगानी भएको छ, त्यसको आर्थिक प्रतिफल युट्युबबाट जति आउँछ, त्यति मात्रै हो,” खुमन भन्छन्, “त्यसैले जति पनि यो अवस्थामा पनि तिजका गीतमा लगानी भएको छ, त्यो निरन्तरताका लागि मात्रै जस्तो भएको छ ।”

कलाकारहरूले तिजका गीतमा गरेको लगानी स्टेज कार्यक्रमबाट उठाउँदै आएका थिए । तर, स्टेज कार्यक्रम नै ठप्प हुँदा त्यो स्रोत नै बन्द भएको छ । “देश तथा विदेशमा हुने स्टेज कार्यक्रमबाट लगानी सुरक्षित गरिन्थ्यो । तर, कोभिडयता त्यो सम्भव भएन । त्यसैले आर्थिक रूपमा भन्ने हो भने लगानी खेर गइरहेको छ,” खुमन भन्छन् ।

Royal Enfield Island Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले परिस्थितिअनुसार आवश्यकताभन्दा धेरै गीत रेकर्ड भएको जनाएको छ । नगर्ने ठाउँमा लगानी भइरहेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बताउँछन् ।

“कहिले अवस्था सहज हुन्छ र उपयुक्त समयमा उपयुक्त गीतमा लगानी गर्न उचित हुन्छ भनेर समयको पर्खाइमा रहने समय हो यो,” बिजी भन्छन्, “तर, म हराउँछु भन्ने डरले अर्कोले गायो म पनि गाउँछु भनेर गाइरहेको अवस्था छ । कतैबाट पनि लगानी फिर्ता नहुने अवस्थामा भएको यो लगानी बालुवामा पानी हालेसरह हो ।”

पाँच/सात वर्षयता आफ्नै गाउँ–ठाउँमा हुने कार्यक्रमलाई लक्षित गरेर मध्यपश्चिमका गायक/गायिकाले पनि तिज गीत रेकर्ड गर्दै आएका छन् । तर, ती कार्यक्रम नहुँदा लगानी फिर्ता हुने सम्भावना नै नरहेको गायक तथा संकलक दुर्गा रायमाझी बताउँछन् ।

अधिकांश तिज गीत व्यापारलक्षित गरिए पनि युट्युबाट मात्रै त्यो सम्भव नरहेको स्वयं कलाकारहरू नै बताउँछन् । युट्युबमा करोडौँ भ्युज भएका केही भिडियोले मात्रै लगानी उठाउँछन् । तर, सबै भिडियो करोड भ्युज पाउँदैनन् । त्यसैले अधिकांश गीतको लगानी लगानीकर्ताले गुमाइरहेका छन् ।

क्यासेट र सीडीको बिक्री बन्द प्रायः भएर युट्युबमा सिंगल ट्रयाक रिलिजको समय आएसँगै तिज होस् वा अन्य गीत लगानी उठाउने माध्यम स्टेज कार्यक्रम नै हो । राम्रो भएर आम स्रोताले गीत मन पराए भने स्टेज कार्यक्रम पाइन्छ र त्यहीँबाट आएको पारिश्रमिकले लगानी उठाइन्छ भनेर कलाकारले गीतमा लगानी गरिरहेका छन् । त्यसैले अहिले लगानीको आर्थिक प्रतिफलको मुख्य स्रोत नै बन्द भएको खुमन बताउँछन् ।

प्रतिष्ठानका अनुसार गत वर्ष तिजका गीतमा करिब पाँच करोड रुपैयाँ लगानी भएको थियो । करिब २०० तिज गीत रेकर्ड हुँदा पाँच करोड लगानी भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro