site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऐनविपरीत मन्त्रीले लिए २ लाख ६० हजार भत्ता, रकमान्तर गरेर सवारी मर्मतमा १२ लाख खर्च
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको अघिल्लो सरकारका मन्त्रीहरुले संसदीय समितिमा सहभागी भएबापत उक्त भत्ता लिएका हुन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ ले मन्त्रीलाई कुनै पनि संसदीय समितिको सदस्यको हैसियत दिँदैन । उक्त ऐनमा उल्लेख भएको पदाधिकारी भन्ने शब्दले, “सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक, समितिका सभापति र दलका सचेतक,” लाई बुझाउँछ ।

ऐनको दफा २ (ङ) मा उल्लेख भएको सदस्यको परिभाषाले सरकारका मन्त्री वा पदाधिकारी बाहेकका प्रदेशसभाका सदस्यलाई सम्झिनुपर्छ भनेको छ । तर, विभिन्न संसदीय समितिको बैठकमा सहभागी भएका मन्त्रीले ऐन विपरित भत्ता लिएको खुलेको हो ।

KFC Island Ad
NIC Asia

महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा मन्त्रीलाई बैठक भत्ता उपलब्ध गराउन नमिल्ने उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, “...समितिको बैठकमा उपस्थित मन्त्रीलाई बैठक भत्ता उपलब्ध गराउन मिल्ने देखिँदैन । सचिवालयले यस वर्ष विभिन्न समितिका बैठकमा सहभागी ७ मन्त्रीहरुलाई रु ३ लाख ६ हजारमा कर कट्टी गरि २ लाख ६० हजार रुपैयाँ बैठक भत्ता भुक्तानी भएको छ ।”

Royal Enfield Island Ad

महालेखाले मन्त्रीको नाममा भुक्तानी भएको उक्त रकम असुल गर्न समेत भनेको छ ।

प्रदेशसभा सचिवालयले नै ऐनविपरित पूँजीगत बजेटलाई चालुमा रकमान्तर गरेर सवारी साधन मर्मतको नाममा १२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

पूँजीगत बजेटलाई चालुमा रकमान्तर गर्न अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले रोक्छ । उक्त ऐनको दफा २९ मा, “बजेटमा पूँजीगत खर्चको रुपमा विनियोजन भएको रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने,” उल्लेख गरिएको छ ।

तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि बजेट कार्यान्वयन मार्गदर्शन मार्फत रकमान्तर गर्न नहुने उल्लेख गरेको छ । तर, प्रदेशसभा सचिवालयले अर्थ विविध (भैपरि आउने पूँजीगत) बाट १२ लाख रुपैयाँ रकमान्तर गरेर सवारी साधन मर्मतमा खर्च गरेको हो ।

महालेखाले सचिवालयलाई कानुनमा भएको व्यवस्था पालना गर्न सुझाव दिएको छ ।

पुसमा निर्णय, सुविधा साउनदेखि
गण्डकी मन्त्रिपरिषदले २०७६ सालको पुसमा गरेको एक निर्णय सोही वर्षको साउनदेखि नै लागु भएको छ । उक्त निर्णयले चार महिनामा मात्रै सांसदको सुविधामा ३० लाख ७० हजार रुपैयाँ बढी खर्च भएको छ ।

महालेखाले यसलाई, “भूतप्रभावी कानुन निर्माणमार्फत सेवासुविधा थप गर्ने कार्य कानुनको सिद्धान्त विपरित देखिएको,” उल्लेख गरेको छ ।

प्रदेशसभाका पदाधिकारीले पाउने सुविधासम्बन्धी ऐनको दफा २३ का आधारमा मन्त्रिपरिषदले २०७६ पुस ९ गते उक्त ऐनको अनूसूची संशोधन गर्ने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro