site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना कहरबीच जीवन बिमा कम्पनीको बिमा शुल्क २८ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७६/०७७ मा पुरानाभन्दा नयाँ जीवन बिमा कम्पनीको विस्तार राम्रो देखिएको छ । दशकभन्दा अगाडिदेखि बिमा व्यवासाय गर्दै आएका पुराना जीवन बिमा कम्पनीलाई पछि पार्दै नयाँ जीवन बिमा कम्पनी अगाडि बढ्दै गरेका छन् ।
 
गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीको कुल बिमा शुल्क २८.१५ प्रतिशतले बढेको छ । जसमध्ये बिमा शुल्क बढाउनेमा पुरानाभन्दा पछिल्लोपटक थपिएका १० वटा नयाँ जीवन बिमा कम्पनी अगाडि छन् । 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ९४ अर्ब ३८ करोड कुल बिमा शुल्क आर्जन गरेको बिमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड बिमा शुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ । 

गत आर्थिक वर्षमा १९ वटा जीवन बिमा कम्पनीले ४१ अर्ब ९७ करोड प्रथम बिमा शुल्क आर्जन गर्दा ७८ अर्ब ३५ करोड नवीकरण बिमाशुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ४८ करोड प्रथम बिमा शुल्क र ५७ अर्ब ९७ करोड नवीकरण बिमा शुल्क आर्जन गरेका थिए । 

यस्तै कोभिडको कारण वैदेशिक रोजगारी प्रभावित हुँदा वैदेशिक रोजगार बिमा शुल्क भने प्रभावित भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९३ करोड वैदेशिक रोजगार बिमाशुल्क आर्जन भएकामा गत आर्थिक वर्षमा ६३ करोड मात्रै बिमा शुल्क आर्जन भएको समितिले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ । 

गत आर्थिक वर्षमा कुल बिमा शुल्कमा वृद्धि भएपनि लिडिङ दुई बिमा कम्पनी नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसहित पूर्ण सरकारी स्वामित्वको  राष्ट्रिय बिमा संस्थानको प्रथम बिमा शुल्क घटेको छ । बिमा बजारमा थप १० बिमा कम्पनीको प्रवेशसँगै बिमा क्षेत्रमा प्रतिस्पर्धा तीव्र रूपमा बढेको छ । जसले गर्दा पुराना जीवन बिमाहरूलाई बजारमा आफ्नो स्थान सुरक्षित राख्ने चुनौती बढेको देखिन्छ । 

अघिल्लो आर्थिक वर्षमा ९२ करोड प्रथम बिमा शुल्क आर्जन गरेको राष्ट्रिय बिमा संस्थानले गत आर्थिक वर्षमा ७६ करोडमात्रै प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तै नम्बर एक बिमा कम्पनीको पनि गत आर्थिक वर्षमा प्रथम बिमा शुल्क घटेको छ । 

अघिल्लो आर्थिक वर्षमा १० अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ८२ करोड मात्रै प्रथम बिमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेनस कर्पोरेसन नेपालको पनि प्रथम बिमा शुल्कमा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड मात्रै बिमा शुल्क आर्जन गरेको छ । 

पुराना कम्पनीलाई चुनौती दिँदै नयाँ कम्पनीको एग्रेसिभ मुभ 
गत आर्थिक वर्षमा बिमा शुल्क आर्जनको तथ्याङ्क हेर्दा ३ वर्ष अगाडि मात्रै बिमाको कारोबार सुरु गरेको नयाँ बिमा कम्पनीले पुराना बिमा कम्पनीलाई व्यवसायमा चुनौती दिइरहेका छन् । नयाँ जीवन बिमा कम्पनीको रूपमा आएको युनियन लाइफले प्रथम बिमा शुल्क आर्जनमा चौथो स्थानमा पुगेको छ भने कुल बिमा शुल्क आर्जनमा कम्पनी ५ औँ स्थानमा पुगेको छ । 

कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब १८ करोड प्रथम बिमा शुल्कसहित कुल ६ अर्ब  ७७ करोड बिमाशुल्क आर्जन गरेको छ । कम्पनीले नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाईबोहक सबै कम्पनीलाई प्रथम बिमा शुल्कमा पछाडि पारेको छ । यस्तै कुल बिमा शुल्कमा पनि यी ३ सहित राष्ट्रिय बिमा संस्थानबाहेक सबैलाई पछि पारेको हो । 

प्रथम बिमा शुल्क आर्जनमा नयाँ आएका कम्पनीहरूमा रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले पुराना कम्पनीहररू सूर्या, गुराँस, प्राइम र मेट लाइफसहित राष्ट्रिय बिमा संस्थानलाई पनि पछि पारेका छन् । 

नयाँ बिमा कम्पनीहरू बजारमा स्थापित भएर तीव्र प्रतिस्पर्धा हुन थालेपछि पुराना बिमा कम्पनीलाई भने चुनौती बन्दै गएको छ । 

गत आर्थिक वर्षमा सानिमा लाइफ इन्स्योरेनसले सबैभन्दा धेरै १३७ प्रतिशतले व्यवसाय बढाउँदा सन् नेपाल लाइफले १०० प्रतिशत र आईएमई लाइफको बिमा शुल्क ९९ प्रतिशतले बढेको छ । 

त्यस्तै  रिलायन्स, रिलायबल नेपाल र सिटजिन्सको बिमा शुल्क क्रमशः ८३, ८७ र ८३ प्रतिशतले बढेको छ ।  ज्योति लाइफको ६४ प्रतिशत र युनियन लाइफको ४१ प्रतिशतले बिमा शुल्क बढ्दा प्रभु लाइफको २३ र महालक्ष्मी लाइफको बिमा शुल्क २२ प्रतिशतले बढेको छ ।
 
पुराना बिमा कम्पनीतर्फ गुराँस लाइफ र नेशनल लाइफ, सूर्या लाइफहरू एगे्रसिभ व्यवासाय विस्तारमा लागेको देखिन्छ । गुराँस लाइफको बिमा शुल्क  ६८ प्रतिशतले वृद्धि हुँदा सूर्या लाइफको ३३ प्रतिशत, नेशनलको ३२ र एशियन लाइफको ३० प्रतिशतले बढेको छ । 

प्रथम बिमा शुल्क आर्जनमा नेशनल लाइफ लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई पछि पार्दै दोस्रो स्थानमा पुगेको छ । कम्पनीले ४ अर्ब ३ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro