site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीले वडाध्यक्षको स्कुटर नियन्त्रणमा लिएको विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ दाङका वडा अध्यक्ष रमेशकुमार पाण्डेमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै त्यसकाे विराेधमा घोराहीका सबै वडा कार्यालय एक दिनका लागि बन्द गरिएका छन् । 

घोराही उपमहानगरका प्रवक्ता तथा घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले वडा अध्यक्ष पाण्डेमाथि भएको प्रहरी दुर्व्यवहारकाे विराेधमा उपमहानगरका सबै वडा कार्यालय बुधबार एक दिनका लागि बन्द गरिएको जानकारी दिए ।

उनले प्रहरीको व्यवहार निन्दनीय र भत्र्सनायोग्य रहेकोले त्याे सच्चिनुपर्ने माग गर्दै वडा कार्यालयहरू बन्द गरिएकाे बताए । 

"बिरामीको लागि अक्सिजन सिलिन्डरको जोहो गर्न स्कुटर चलाएर एक्लै गइरहेका वडाध्यक्ष पाण्डेलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले परिचय पत्र झुण्ड्याएको देख्दादेख्दै पनि दुर्व्यवहार  गरेको छ," उनले भने, "एउटा वडाध्यक्षलाई त्यस्तो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो हुन्छ होला ?"

प्रहरीलाई लाइसेन्स, स्कुटरको आवश्यक कागजात र वडाध्यक्षको परिचय पत्र देखाउँदा देखाउँदै पनि स्कुटर नियन्त्रणमा लिएर आफुलाई दुब्र्यबहार गरेको वडाध्यक्ष पाण्डेले बताए । प्रहरीले स्कुटर नियन्त्रणमा लिएपछि आफुले अर्कौ मोटरसाईकल मागेर बिरामीको लागि अक्सिजनको खोजीमा हिँडेको उनले बताए ।

घटनापछि वडाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमार्फत आफूलाई प्रहरी जनताकाे कहिल्यै हुन नसक्ने लागेकाे बताएका छन् । उनले लेखेका छन्, "पुलिस मेरो साथी हैन, हिजोको घटनाले मलाई आभास भयो । पुसिल कहिले पनि जनताको हुन सक्दैन रहेछ ।"

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पाण्डेमाथि प्रहरीले गरेकाे व्यवहारकाे चौतर्फी आलोचना भएको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले भने नयाँ प्रहरी अधिकारी सवारी चेकजाँचमा खटिएकाले वडाध्यक्षलाई नचिनेर स्कुटर नियन्त्रणमा लिएको बताएका छन् ।

आफूले वडाध्यक्षलाई फोन गरेर ती प्रहरी अधिकारीकोतर्फबाट माफी माग्दासमेत उनी स्कुटर लिन नआएको एसपी चन्दकाे भनाइ छ ।

यसैबीच नेपली कांग्रेसबाट निर्वाचित तुलसीपुर उपमहानगरपालिकाका दश जना वडाध्यक्षले पाण्डेकाे स्कुटर नियन्त्रणमा लिने प्रहरी अधिकारीलाई बारबाहीको माग गरेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै तुलसीपुरका ९ जना वडाध्यक्ष र एक जना कार्यवाहक वडाध्यक्षले पाण्डेकाे स्कुटर नियन्त्रणमा लिने प्रहरी निरिक्षक रामनारायण गुप्तालाई कारबाहीको माग गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro