site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा कोरोना संक्रमण ‘स्टेवल’ ! अझै बढ्न सक्छ जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको छ । पछिल्लो दुई साताको कोरोना तथ्याङ्कका आधारमा संक्रमणको अवस्था ‘स्टेवल’ रहेको देखिएको हो ।

देशभरीमै सबैभन्दा बढी संक्रमण र मृत्युदर काठमाडौंमै छ । औसतमा ३ हजारदेखि माथि दैनिक संक्रमित थपिँदै गएका छन् । उपत्यकामै अक्सिजनको अभाव भएको छ । कोरोना नियन्त्रणका लागिभन्दै वैशाख १६ गतेदेखि जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ । तर, संक्रमण दर भने घटेको छैन । 

Dabur Nepal

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञाकै कारण अवस्था भयावह हुनबाट रोकिएको बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार (हिजोसम्म) काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । १७ सय ९१ जनाको मृत्यु भएको छ । पराजुलीले भने, “काठमाडौंको अवस्था ‘स्टेवल’ देखिन्छ । यहाँ अधिकतम ४८ प्रतिशतसम्म संक्रमण बढेको थियो भने न्युनतम ३२ मा झरेको थियो । केही दिन घटे पनि फेरि बढेको छ । यसलाई स्टेवल नै मान्न सकिन्छ ।”

नेपालमा संक्रमण र मृत्युदर विश्वमै उच्च संक्रमण भएका देशकै हाराहारीमा छ । अन्तर्राष्ट्रिय समुदायले समेत नेपाललाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

काठमाडौंको संक्रमण रोक्न नागरिक नै सचेत हुनुपर्ने प्रजिअ पराजुलीको तर्क छ । उनी भन्छन्, “अत्यावश्यक कामबाहेक बाहिर नआइदिनुस् । समय अझै चुनौतीपूर्ण छ । अस्पतालमा उपचार पाउन गाह्रो छ । यो लडाईं सबै मिलेरै लड्नुपर्छ ।”

काठमाडौंमा निषेधाज्ञालाई कडा पारिएको छ । उपत्यका भित्रिने नाकामा समेत कडाइ गरिएको छ । तर, स्थानीय तहको सिफारिसका आधारमा उपत्यका छाड्न भने दिइएको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आवश्यकताभन्दा धेरै भिडभाड देखिएको गुनासो गर्दै आएको छ । मन्त्रालयले निषेधाज्ञामा जति कडाइ गरिएकाे बताइए पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको बताएकाे छ । उसले अनावश्यक भिडभाड नगरिदिन अनुराेध गर्दै आएको छ । 

निषेधाज्ञाकै समयमा २ लाख ३० हजार बढीले काठमाडौं छाडेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro