site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षक अझै सडकमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले शनिबार (चैत ३०) ११औँ दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् । आफूहरूसँग गरिएको सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै उनीहरूले माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच निरन्तर छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

आफ्ना कुनै नयाा माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडताल समेत गरेका छन् । सोही कारण शैक्षिक गतिविधि ठप्प छ । हिमालयन टेलीभ्वाइस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro