site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरिसिद्धिमा बन्यो सुविधासम्पन्न आइसोलेसन केन्द्र

वर्षा महर्जन । कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरका स्थानीय तहले आ–आफ्नो क्षेत्रका जनतालाई लक्षित गर्दै आइसोलेसन निर्माणलाई तिव्रता दिएका छन् । ललितपुरको हरिसिद्धिका वडा २८ र २९ मा आइसोलेसन निर्माण गरिएको छ । अस्पतालमा कोरोनाका जटिल संक्रमितहरुले समेत शैया नपाइरहेका बेला सामान्य लक्षण देखिएका संक्रमितलाई आफ्नो ठाँउमा राखेर राम्रो उपचार दिने उद्देश्यले हरिसिद्धिमा व्यवस्थित र वेल इक्युब्ड आइसोलेसन वार्ड तयार गरिएको छ ।  

यहाँ कोरोना संक्रमितहरुका लागि आइसोलेसन वा उपचार कक्षभन्दा पनि उनीहरुलाई मानसिक रुपमा गल्न नदिन पारिवारिक वातावरण पैदा गर्न खोजिएको छ । जहाँ उनीहरुका लागि मनोरञ्जनका लागि टेलिभिजनको समेत व्यवस्था गरिएको छ । हरिसिद्धिको २८ र २९ वडाको अगुवाई र स्थानीय युवाको सहयोगमा २० शैयाको अक्सिजनसहितको आइसोलेसन वार्ड शनिबारदेखि सञ्चालनमा आएको हरिसिद्धि वडा नं. २८ का अध्यक्ष राजेश महर्जन बताउँछन् । 

“अघिल्लो चरणमा आइसोलेसन सेन्टर बनाउन स्थानको अनुसन्धान गरिरहँदा गाँउभरि फैलिन सक्ला भन्ने हिसाबले विरोध आएपछि हामी पछि हट्नु परेको थियो । त्यसपछि संक्रमणको दर पनि विस्तारै स्थिर हुँदै गयो,” अध्यक्ष महर्जन भन्छन्, “तर, दोस्रो चरणमा संक्रमण बढेपछि अस्पतालमा संक्रमितलाई भर्ना गर्ने अवस्था नै रहेन । अस्पतालमा शैयाको व्यवस्था मिलाइदिनुपर्यो भनेर मलाई नै कति फोनहरु आउन थाले ।”

आफ्नो वडाका जनतालाई सहज होस् भनेर वडाबासीसँग आकस्मिक बैठक बसेर अन्तत आफ्नै ठाँउमा आइसोलेन वार्ड बनाउने निष्कर्षमा पुगेको उनले बताए । लामखुट्टे आउने समय भएकाले प्रत्येक बेडमा झुलको समेत व्यवस्था गरिएको छ । उनले १० जना डाक्टर र नर्सहरुको पनि व्यवस्था रहेको उनले जानकारी दिए । डा. रुबीना महर्जन र डा. मोनिमा महर्जनको अगुवाइमा ८ जना नर्स आइसोलेसन सेन्टरमा खटिएका छन् । आइसोलेसन सेन्टरमै खानेकुराको व्यवस्था गरिएको अध्यक्ष महर्जनले बताए । 

“यस्तो कठिन समयमा जनतालाई सहयोग गर्न सकिएन भने भोलि राजनीति के–का लागि गर्ने ? के आधारमा भोट माग्न जाने ? यही प्रश्नलाई मनन् गर्दै  जनताको जनधनको सुरक्षाका लागि आइसोलेसन सेन्टर निर्माण गरेका हौं,” उनले भने । उनले औषधि र खानेकुरा निःशुल्क  गरिएको बताए । यसका लागि हाल वडा २८ ले २६ लाख र वडा २९ ले करिब १३ लाख बजेट छुट्याएका छन् । 

आइसोलेसनमा बस्नका लागि संक्रमितले हालै परीक्षण गराएको पीसीआर रिपोर्ट र अक्सिजन लेबल ८५ माथि हुनुपर्दछ । अक्सिजन लेबल ८५ भन्दा कम भएका क्रिटिकल संक्रमितलाई भने अस्पताल नै रिफर गरिन्छ । 

पीसीआर रिर्पोट आएको १० दिनसम्म आइसोलेसनमा राखेर संक्रमितको अवस्था हेरेर उपचार गरिन्छ र त्यसपछि संक्रमितलाई होम–आइसोलेसनका लागि घर पठाइन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार संक्रमणको ९ दिनपछि भाइरस अरुमा सर्दैन । यही मापदण्डलाई अनुरण गर्दै हरिसिद्धिको आइसोलेसनले संक्रमितलाई १० दिनसम्म मात्रै आइसोलेसन सेन्टरमा राखेर उपचार गराइन्छ । 

हरिसिद्धिमै रहेको क्यानसर अस्पतालले यहाँको लागि शैय्या र सरसफाईका लागि ४ जना कर्मचारीहरुको व्यवस्था गरिदिएको छ भने केही रकम तिरेर हरिसिद्धिमै अवस्थित ‘हरिसिद्धि पार्टी प्यालेस’मा आइसोलेसन केन्द्र निर्माण गरिएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro