site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महामारीमा काठमाडौं महानगर : प्रचार धेरै, काम थोरै
SkywellSkywell

काठमाडौं । काठमाडौंमा कोरोनाका सक्रिय संक्रमितको संख्या करिब ३० हजार छ । यहाँका कोभिड अस्पताहरु संक्रमितले भरिभराउ छन् ।

यहाँको स्थानीय सरकारले भनेअनुसारको काम नगर्दा अझै पनि अधिकांश संक्रमितहरु होम आइसोलेसनमै बस्न बाध्य छन् । बेडको अभावमा गम्भीर अवस्थाका संक्रमितको अस्पताल प्रांगणमा उपचार भइरहेको छ । बेड, अक्सिजनको अभाव हुँदा मृत्यु हुनेको संख्या बढिरहेको चिकित्सकहरु बताउँछन् ।

निषेधाज्ञाबीच कोरोना अस्पताल बनाउन जोड दिने भन्दै वैशाख २० गते काठमाडौं महानगरपालिकाको ६१औँ कार्यपालिका बैठक सम्पन्न गरिएको थियो । उक्त बैठकमा महानगरका मेयर विद्यासुन्दर शाक्यले भनेका थिए, ‘‘महानगरले पर्याप्त आइसोलेसन वार्डहरु तयार पार्नुपर्ने बेला भएको छ । शंका भएका व्यक्तिलाई क्वारेन्टिनमा बस्न प्रोत्साहन दिनुपर्छ । नत्र कोरोना तीव्र रुपमा फैलिनेछ । आवश्यकताको आधारमा अस्पताल बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटेल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ । हामीले केही सहकार्यका लागि प्रस्ताव पनि पेस गरिसकेका छौँ ।”

KFC Island Ad
NIC Asia

यसबीचमा संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारमा अन्योल देखियो । बेड र अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाए । पर्याप्त उपकरण, जनशक्ति, आईसीयू, बेड, अक्सिजन नपाएर बिरामी छटपटाइरहेको बेलामा काठमाडौं महानगरले प्रभावकारी कदम चाल्न सकेन ।

उक्त बैठकमा मेयर शाक्यले थप भनेका थिए, ‘‘समिति बनाएर कोरोना महामारीबाट पन्छिने होइन, हामी छिट्टै औपचारिक निर्णयमा पुगेर कोरोना महामारी नियन्त्रण गर्न लागिपर्नुपर्छ ।” यसबीचमा महानगरपालिकाले एउटा अक्सिजन प्लान्ट स्थापना गर्याे ।

Royal Enfield Island Ad

महानगरपालिकाले वैशाख १९ गतेदेखि सहिद गंगालाल राष्ट्रिष्य हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन थालेको थियो । महानगरपालिकाको करिब दुई करोड ७५ लाख रुपैयाँ अनुदानमा स्थापना गरिएको अक्सिजन प्लान्टमा दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्नेे क्षमता रहेको छ । त्यसमध्ये गंगालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्थ्यो ।

काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारी नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेसनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेस गर्न वडा नम्बर–३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति पनि गठन गरेको थियो ।

बिरामीका आफन्त अक्सिजन उद्योगमा दिनभर लाइन बस्दा पनि अक्सिजन नपाइरहेको अवस्था छ । समयमै उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ । महानगरपालिकाले गत वर्ष कोरोना महामारीका बेलामा नै अस्पताल बनाउने भनेको अहिलेसम्म घोषणामै सीमित छ ।

बिरामी र कुरुवा अस्पतालमा सँगै बसिरहेका छन् । परिवारमा घुलमिल भइरहेका छन् । कतिपय निजी अस्पतालहरुले सरकार सक्रिय नदेखिएकाले कोरोना संक्रमण बढ्दै गएको बताइरहेका छन् । परीक्षणको दायरा बढाएर गत वर्षजस्तै संक्रमितहरुलाई आइसोलेट नगरिए अझ खराब अवस्था आउन सक्ने स्वास्थ्य अधिकारीहरुले समेत चेतावनी दिइसकेका छन् ।

काठमाडौं महानगपालिकाका अनुसार महानगरले अहिलेसम्म १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकेको छ । सम्झौताबमोजिम महानगरको लगानीमा सामाखुसीमा रहेको राधा स्वामी सत्संग व्यासको भवनमा अक्सिजनसहितको २०० बेडको आइसोलेसन केन्द्र र क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ बेडको कोभिड अस्पताल सञ्चालन हुनेछ ।

महानगरपालिकाबाट विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एयर प्रेसर थेरापी मेसिन (सी–प्याप), १० थान वाई लेवल पोजिटिभ एयरवे प्रेसर मेसिन (वी–प्याप), १० हजार थान अट्राक्सन कीटसहित उपकरण प्राप्त गर्नेछन् । स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत–सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान पनि प्राप्त गर्नेछन् ।

संक्रमण दर घटाउने अथक प्रयास गर्दागर्दै पनि संक्रमण दर उच्च भएको मेयर शाक्यको भनाइ छ । ‘‘कोरोना संक्रमणको दर घटाउन अस्पताल, सरकार, नागरिकको उत्तिकै दायित्व छ । आफ्नो ठाउँबाट दायित्व पूरा गर्ने हो भने संक्रमण चाँडै नियन्त्रण हुन्छ,” शाक्यले भने, ‘‘हामीले अस्पतालहरुसँग सहयोग, सम्झौता, आइसोलेसन विस्तार, बेड विस्तार गर्ने कामलाई तिव्रता दिएका छौँ ।”

महानगरपालिकाका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर कोरोना महामारीविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्नुका साथै महानगवासीलाई संक्रमण हुनबाट जोगाउने उपाय अवलम्बन गरिरहेको बताउँछन् । ‘‘हामीले कोरोना महामारीबाट हुने मृत्युदर घटाउन र तेस्रो लहर आउन नदिन संक्रमितको उपचार गर्न पर्याप्त उपकरण, जनशक्तिसहित अस्पताल विस्तार गर्न लागेका छौँ । अस्पतालको भार घटाउन, आइसोलेसन, बेड विस्तार, अक्सिजन उत्पादनलगायत काम गरिरहेका छौँ,” कुँवरले भने ।

विभागको तथ्यांकानुसार सोमबारसम्म काठमाडौंमा महानगरमा १० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । १० हजार १८१ जना होम आइसोलेसनमा र ११४ जना संस्थागत आइसोलेसनमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro