site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राहत वितरण बारे सोचेका छैनौँ, उपचार प्राथमिकतामा’
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । निषेधाज्ञा लम्बिँदै जाँदा दिनभर काम गरेर बिहान–बेलुकाको छाक टार्ने मजदुरहरुलाई पेट भर्न गाह्रो पर्न थालेको छ ।

गत वर्ष राहत वितरण गरेको काठमाडौं महानगरपालिकाले योपालि भने कोरोना संक्रमण नियन्त्रणमा लागिपरेको जनाएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोल अहिले महानगर राहत वितरणभन्दा पनि नगरवासीको स्वास्थ्यमा ध्यान दिइरहेको बताउँछन् ।

संक्रमण तीव्र गतिमा फैलिरहेकाले महानगरले कोरोना नियन्त्रणको विषयमा मात्रै निर्णय गरिरहेको उनले बताए । ‘‘अहिले स्वास्थ्य सावधानी अपाएर कोरोना संक्रमण हुनबाट बच्ने बेला हो,” उनले भने, ‘‘त्यसैले महानगरपालिकामा अहिलेसम्म कुनै राहत वितरण गर्ने निर्णय भएको छैन ।”

KFC Island Ad
NIC Asia

ललितपुर महानगरपालिकाले पनि राहत वितरण गर्नेतिर सोचेको छैन । ललितपुर महानगरका प्रवक्ता राजु महर्जन राहत वितरणको विषयमा छलफल नभएको बताउँछन् ।

‘‘हामी अहिले बिरामीको उपचार गर्नतिर लागिपरेका छौँ । धमाधम आइसोलेसन बनाइरहेका छौँ । अक्सिजन सिलिन्डरको जोहो गर्नतिर लागिपरेका छौँ,” उनले भने, “राहत वितरणको विषयमा कुरा उठेको छैन । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई छाक टार्न साह्रै समस्या पर्न थालिसकेको छ । यसमा हाम्रो ध्यान गएको छ । अबको एक–दुई सातामा हामी यस विषयमा छलफल गर्न सक्छौँ ।”

Royal Enfield Island Ad

भक्तपुर नगरपालिकाले पनि राहत वितरण गरेको छैन । गत वर्षको लकडाउनमा राहत वितरण गर्दा भिडभाड धेरै भएकाले यस वर्ष राहत वितरण नगर्ने पक्षमा रहेको नगरपालिकाले जनाएको छ । मेयर सुनील प्रजापति संक्रमितको उपचारको विषयमा ध्यानकेन्द्रित गरेको बताउँछन् ।

‘‘हामीलाई यतिखेर संक्रमितको उपचारमा चाहिने अक्सिजन सिलिन्डर, आइसोलेसनको व्यवस्था गर्न सकिरहेका छैनौँ । अहिले भक्तपुरमा गम्भीर अवस्था आउन लागिसकेको छ । त्यसैले राहत वितरणसम्बन्धी केही पनि सोचेका छैनौँँ,” मेयर प्रजापतिले भने ।

गत वर्षको लकडाउनमा करिब १० महिनासम्म निःशुल्क खाना खुवाएका नवजीवन परोपकार समाज, हन्ड्रेड्स ग्रुप, हाम्रो सानो प्रयास, हाम्रो टिम नेपालले अहिले पनि मजदुर र विपन्नलाई खाना वितरण गरेका छन् ।

यो पनि पढ्नोस्

निषेधाज्ञामा निःशुल्क खाना वितरण

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro