site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हस्ताक्षर नगरी कृष्ण थापा बागलुङ लागे, महासचिव हस्ताक्षर कुर्दै
SkywellSkywell

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङतर्फ लागेका छन् ।

केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए । तर, हस्ताक्षर लिने भनिएका सांसदचाहिँ बागलुङ लागेका छन् । सांसद थापाले बाह्रखरीसँगको कुराकानीमा भने, “म त बागलुङतर्फ लागेँ । पुग्दै छु ।”

KFC Island Ad
NIC Asia

महासचिवले त हस्ताक्षर गर्नुहुन्छ भन्नुभएको थियो, हस्ताक्षर गर्नुभयो त ? भन्ने प्रश्नमा उनले भने, “मैले हस्ताक्षर गरेको छैन, केही बेरमा बागलुङ पुग्छु ।”

उनले पार्टीका कोही पदाधिकारीसँग कुरा नगरेको बताए । कारबाहीबारे पनि आफू जानकार नरहेको उनले बताए । उनले आफूलाई कारबाही हुने भन्ने सुनेको र घरतिर लागेको बताएका छन् । “खै के कारबाही हुने हो रे, त्यही भएर म त घरतिर बस्न आएँ,” उनले भने ।

Royal Enfield Island Ad

पार्टीका अध्यक्ष चित्रबहादुर केसीको ‘आफ्ना सांसद बिक्री भएको’ भन्ने अभिव्यक्तिको पनि उनले खन्डन गरे । “मैले त हस्ताक्षर नगर्ने नै भनेको हुँ, गर्दिनँ पनि । अर्कैले गर्दिन पनि के बेर, त्यसो भए त म मुद्दा हाल्छु । पैसा खायो भनेर भन्दा त सहेर बसेको छु । मैले पैसा खाएको भन्नेलाई प्रमाण देखाउन चुनौती दिन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro