site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनमोर्चा सांसदको हस्ताक्षर संकलन गर्न केन्द्रीय महासचिवको टोली जाँदै
फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय जनमोर्चाले आफ्ना तीन सांसदको हस्ताक्षर संकलन गर्दै छ । पार्टीका महासचिव मनोज भट्ट नै सांसदको हस्ताक्षर लिन गएका छन् ।

बाह्रखरीसँगको फोन संवादमा उनले भने, “हामी हाम्रा सांसदको हस्ताक्षर लिन जाँदै छौँ ।“ हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा बुझाइने उनले जनाए ।

जनमोर्चाले गण्डकीमा नयाँ सरकार बनाउन सक्रिय रहेको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने निर्णय लिएको छ । जनमोर्चाले समर्थन नगरेको स्थितिमा यहाँ नेकपा (एमाले)सँग आफ्ना २७ र स्वतन्त्र एक गरी २८ सांसद हुन्छन् भने विपक्षी गठबन्धनमा पनि कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११ र जनता समाजवादी पार्टी (जसपा)का दुईसहित २८ नै सांसद छन् ।

KFC Island Ad
NIC Asia

जनमोर्चाले जसलाई समर्थन गर्‍यो, उसकै सरकार बन्ने निश्चित छ । तसर्थ, जनमोर्चालाई दुवैले आफ्नो पक्षमा पार्ने कसरतमा छन् । जनमोर्चाका तीन सांसदमध्ये प्रत्यक्ष निर्वाचित दुई सांसद कृष्ण थापा र खिमविक्रम शाही वामपन्थीकै सरकार बनाउनुपर्ने पक्षमा छन । यसको अर्थ उनीहरु फेरि पृथ्वीसुब्बा गुरुङकै नेतृत्वको सरकार चाहन्छन् ।

समानुपातिक सांसद पियारी थापा भने विपक्षी गठबन्धन सरकारको पक्षमा छन् । जनमोर्चा संसदीय दलको सचेतकसमेत रहेकी उनले सोमबार दलका नेता कृष्ण थापा र सांसद शाहीको नाम किटेर विपक्षी दललाई सरकार बनाउन हस्ताक्षर गर्नको लागि ह्वीप जारी गरेकी छन् । ह्वीप नमाने जनमोर्चाले कारबाही गर्नेसम्मको चेतावनी दिएको छ ।

Royal Enfield Island Ad

तर, दलका नेता थापाले आफू ह्वीपबारे अनभिज्ञ रहेको बताउँदै आएका छन । यद्यपि, पार्टी निर्णयबाहिर जान नसकिने उनको तर्क छ । यही अनिर्णय र दुईमतका बीचमा जनमोर्चाका नेताहरु सांसदको हस्ताक्षर लिन पुगेका हुन् ।

आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । उनीविरुद्ध सोमबार अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची तय थियो । तर, उनको राजिनामापछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आइतबार नै तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्वान गरेकी छन् । तर, तीन दिनको समयसीमा कति भन्ने पनि अनिर्णीत छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव हरि बास्तोलाले तीन दिन भन्नाले ७२ घण्टाको समयसीमाभित्र सरकार आह्वान गरिएको र यसबारे सोमबार अनौपचारिक छलफल भएको तर निर्णय भइनसकेको उनले बताए ।

७२ घण्टाभित्र भन्ने निश्चित भएको खण्डमा बुधबार अपराह्न ४ बजेभित्र संविधानको धारा १६८(२) अनुसार गण्डकीमा नयाँ सरकार बन्नुपर्नेछ । तर, उक्त समयसीमाभित्र सरकार नबने गुरुङ १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नेछन् । तर, ३० दिनभित्र विश्वासको मत लिँदा उनले आफ्नो पक्षमा ३१ सांसद जुटाउनुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro