site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा जनमोर्चामा विग्रह : दलको नेतालाई थाहै नदिई ह्विप जारी
SkywellSkywell

पोखरा । गण्डकीमा सरकार बनाउन निर्णायक मानिएको जनमोर्चाभित्र विग्रह देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभत्र नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

अहिले एमालेसँग एक स्वतन्त्रसहित २८ जना सांसद छन भने विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग पनि २८ सांसद छन । राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसद भने खुलिसकेका छैनन । जनमोर्चाले विपक्षी गठबन्धनको सरकार बनाउन सहयोग गर्न केन्द्रिय निर्देशन दिएको छ । तर, यहाँका दुई सांसद कृष्ण थापा र खिमविक्रम शाही भने आनाकानी गरिरहेका छन् । उनीहरूले निर्णय नदिँदा र जनमोर्चाको संसदीय दलले निर्णय नगरेका कारण कामचलाउ सरकार र विपक्षी कसैले पनि नयाँ सरकारको दाबी गर्न सकेका छैनन् ।
तर, जनमोर्चाको केन्द्य्रिय निर्णयको आधारमा एक कदम अगाडि बढ्दै जनमोर्चाकी सांसद पियारी थापाले आफ्नै पार्टीका दुई सांसद थापा र शाहीको नामै किटेर ह्विप जारी गरेकी छन् । थापा संसदीय दलको नेता समेत हुन् । ह्विपबारे आफू अनभिज्ञ रहेको र बैठक नबसेको उनले जानकारी दिए ।

उनले मंगलबार बिहान बैठक बस्ने र निर्णय लिने बताएका छन् । पार्टीको निर्देशन अनुसार नै अगाडि बढ्ने उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

सोमबार बैठक बस्ने भनेतापनि मंगलबार बैठक बस्ने र निर्णय लिने जानकारी उनले दिए ।

Royal Enfield Island Ad

तर, उनकै पार्टीकी सचेतक पियारी थापाले चाहिँ दिउँसो दुई सांसदको नाममा ह्विप जारी गरेकी हुन् । ह्विपमा कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गर्नको लागि हस्ताक्षर गर्न उनले निर्देशन दिएकी छन् ।

“गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका ३१ जना प्रदेशसभा सदस्यहरूको मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नको लागि समर्थन रहेको हुँदा तत् प्रयोजनका लागि प्रदेश प्रमुख समक्ष सरकार गठन प्रस्तुत गर्ने दाबी पत्रमा अनिवार्य रुपमा हाम्रो संसदीय दलका सदस्यहरूले हस्ताक्षर गर्ने यो निर्देशन (ह्विप) जारी गरिएको छ,” ह्विपपत्रमा भनिएको छ ।

ह्विपपत्र सांसदको सामाजिक सञ्जालदेखि हुलाकबाट समेत पठाइएको उनले जानकारी दिइन् ।

“उक्त निर्देशन पत्र (ह्विप) तपाइहरूको इमले ठेगाना सचेतकको फेसबकु÷म्यासेन््जर, संसदीय दलको कार्यालयको सूचना पार्टीमा टाँस गरिएको र हुलाकद्वारा तपाइहरूको ठेगानामा समेत पठाइएको व्योहोरा जानकारी गराइन्छ,” ह्विपमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro