राजनीति
पोखरा । दीपक मनाङे मन्त्री बन्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् ।
मुख्यमन्त्री स्रोतले जनाएअनुसार उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।
यसअघि गुरुङ नेतृत्वमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका थिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए ।
अहिले ती मन्त्रालय पनि खाली रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १६:१६
प्रतिक्रिया दिनुहोस्