site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद शाहीले ‘झुट’ बोलेको आशंका ! स्वाब रिपोर्ट नै गलत 
SkywellSkywell

पोखरा । अविश्वास प्रस्तावको मतदानको दिन बुधबार अचानक बिरामी भएर अस्पताल पुगेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानबिन समिति गठन गरेको छ ।

बुधबार २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही त्यसपछि भने फोन अफ गरेर सम्पर्क विहिन भएका थिए । 

उनी सम्पर्कविहीन भएपछि जनामोर्चाकै सांसद पियारी थापाको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

KFC Island Ad
NIC Asia

संसद स्थगित भएपछि चाहिँ सम्पर्कविहीन भएका शाही चरक अस्पतालको स्विट रुम ६१५ मा भर्ना भएको खुलेको थियो ।

उनलाई कोभिड पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यद्यपी बुधबार बिहानको सरकारी ल्याब जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा चाहिँ शाहीको कोरोना रिपोर्ट नेगेटिभ छ । तर, सरकारी रिपोर्टलाई उछिनेर यहाँको एक निजी ल्याब लाइफकेयर डायग्नोष्टिक प्रालिले चाहिँ ३६ मिनेट अगावै सांसद शाहीलाई पोजेटिभ भएको कोरोना रिपोर्ट दिएको थियो ।

Royal Enfield Island Ad

तर, उनको स्वाब रिपोर्ट नै गलत रहेको भेटिएको छ ।

लाइफ केयर डायग्नोस्टिकले अप्रिल २७ दिउँसो ४ बजे स्वाब संकलन गरेको देखाएको छ । त्यतिबेला उनी संसद भवनमै स्वाबको लाइनमा थिए । शाहीले करिब ६ बजेसम्म संसद परिसरमै बिताए । दुईवटा रिपोर्ट हेर्दा कुनै पनि तथ्य मिल्दैन । लाइफ केयरमा उनको रिपोर्ट २८ अप्रिल साढे ७ बजे निकालिएको छ ।

प्रदेश जनस्वास्थ्यले भने १५ गते बिहान ७ बजेर २० मिनेटमा रिपोर्ट निकालेको छ । लाइफ केयरको रिपोर्टमा उनको फोन नम्बर र वर्षसमेत फरक लेखिएको छ ।

दुईथरी रिपोर्ट हेर्दा सांसद शाहीले झुट बोलेको स्पष्टै हुन्छ । 

चरक हस्पिटलमा भर्ना भएपछि बुधबारै लिएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । उक्त रिपोर्टको नतिजा बुधबार साँझ आएको हो । प्रदेश सभाका सबै सांसद र कर्मचारीको मंगलबार स्वाब लिइएकामा बुधबार बिहान सबैको नतिजा आएको थियो । सांसदत्रय राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङको रिपोर्ट पोजेटिभ आएको थियो ।

चरकमा भर्ना भएपछि उनको फेरि स्वाब संकलन गरिएको थियो । जनस्वास्थ्य प्रयोगशालामा गरिएको उक्त परीक्षणमा स्वाब संकलन गरिएको र रिपोर्ट आएको समय जम्मा एकमिनेटको छ । स्वाब संकलनको एक मिनेटमा नै कोरोना रिपोर्ट आएपछि फेक भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ ।

यद्यपी, प्रयोगशालाले चाहिँ बिहीबार एक विज्ञप्ति जारी गर्दै डल्फिन सफ्टवेयरमा रजिष्ट्रेसन र रिपोर्ट इन्ट्री टाइम एकैपटक परेको भन्दै स्पष्टीकरण दिएको छ ।

तर, चरक अस्पतालमा भर्ना भएका सांसद शाही आईसीयूमा भर्ना भएको भन्ने अस्पताल प्रशासनको जवाफ पनि विवादित बनेको छ ।

पछिल्ला यी विवादित र शंकास्पद गतिविधि देखिएको हुँदा जनमोर्चा केन्द्रले विज्ञप्ति नै जारी गरेर आफ्ना सांसदलाई बन्दी बनाइएको आरोप लगाएको छ ।

जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै, “स्थिती सार्वजनिक गर्न” माग राखेकी छन् ।

आफ्ना सांसद अस्पतालमा भर्ना भएपछि भेट्न गएका जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराललाई अस्पताल प्रशासनले भेट दिएन । तर, उनले बिहीबार चाहिँ सांसद शाहीलाई भेटेका छन् ।

सांसद शाहीसँगको भेटपछि बाह्रखरीसँगको संवादमा उनले टाढैबाट हाइहेलो मात्र भएको जनाएका छन ।

“उहाँसँग टाढैबाट हाइ हेलो भएको छ । अरु कुराकानी केही भएको छैन । कोभिड वार्डमा हुनुहुन्छ । भेट्ने काम भयो, धेरै कुरा भएको छैन । टेलिफोनमा कुरा गरौँला फोन अन गर्नुहोस् भनेर आएको छु,” बरालले भने ।

यस्तै, उनको विषयमा छानविन गर्न जनमोर्चाले समिति पनि बनाएको छ । यो समितिको संयोजकमा जनमोर्चाका महासचिव मनोज भट्ट रहेका छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro