site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा सरकार फेर्ने रस्साकस्सी : माओवादी केन्द्रका सांसदलाई राजधानी नछाड्न निर्देशन
SkywellSkywell


पोखरा । गत वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

सोही दिन यी तीनै दलले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन माग गर्दै निवेदन पनि दर्ता गराए । मुख्यमन्त्री गुरुङले आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि र सरकार संकटमा परेपछि वैशाख १ गतेको मध्यरातदेखि प्रदेशसभा बैठक नै अन्त्य गरिदिएका थिए ।

अधिवेशन अन्त्य नभएको खण्डमा ६ गतेका लागि बैठक बोलाइएको थियो । तर, अधिवेशन अन्त्य भएपछि तीन दलले समावेदन माग गरे । प्रदेश प्रमुखले वैशाख १३ गते दिनको २ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।

KFC Island Ad
NIC Asia

नयाँ सरकार बन्ने या नबन्ने निर्णय यही विशेष अधिवेशनले गर्नेछ । 

प्रदेशसभा बैठक नजिकिँदै जाँदा यहाँका दलहरूको भेटघाट पनि बाक्लिएको छ । दिनहुँजसो संसदीय दलका बैठक बसिरहेका छन ।

Royal Enfield Island Ad

शुक्रबार माओवादी केन्द्रको संसदीय दलको बैठक बस्यो । अनौपचारिक भनिएतापनि यो माओवादी केन्द्रले आफ्ना सबै प्रदेशसभा सदस्यको राय सुनेर एकमत भएर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । यस्तै, शनिबारदेखि राजधानीमै बस्न संसदीय दलको बैठकले सांसदहरूलाई निर्देशन दिइएको छ ।

माओवादी केन्द्र, संसदीय दल गण्डकीका नेता हरिबहादुर चुमानले भने, “टाढा नजानुहोस्, कार्यक्रम नबनाउनुहोस् भनेका छौँ । हामी बसिरहेका छौँ । संकटको बेलामा बसिरहनुपर्छ ।”

अर्का सांसद दीपक कोइरालाले शनिबारदेखि राजधानी नछाड्न भनिएको जानकारी दिए ।

“सबै सांसदहरूलाई शनिबारदेखि पोखरामा रहन भनिएको छ । १३ गते नै प्रक्रिया अगाडि बढ्न पनि सक्छ । त्यसकारण, कुनै पनि बेला सहभागी हुनुपर्ने हुन सक्छ । त्यसकारण उहाँहरूलाई प्रदेश राजधानीमा नै बस्ने भन्ने भएको छ । सबै जुट्न सकिन्छ भनेर हो ।” उनले भने ।
गण्डकीको तेश्रो ठुलो दल माओवादी केन्द्र हो । १२ जना प्रदेश सांसद रहेका माओवादी केन्द्रका ११ जनाले मतदान गर्न पाउनेछन् । नेत्रनाथ अधिकारी चाहिँ माओवादी केन्द्रबाट निर्वाचित भई सभामुख बनेका छन् ।

अहिले गण्डकीमा एमालेका मुख्यमन्त्रीलाई एमालेका २७, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङेको समर्थन कायम रहेको छ । यसअगाडि सत्ता साझेदारी गरेको माओवादी केन्द्रका दुई मन्त्री हरिबहादुर चुमान र लेखबहादुर थापाले २५ गते राजीनामा दिएका थिए ।

माओवादी केन्द्रले २ गते एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बचाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्दै भावी मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ गरि २८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अब सरकार बनाउन जनमोर्चाका ३ सांसदको समर्थन चाहिन्छ । जनमोर्चाले चाहिँ वैशाख १ गते गण्डकीमा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने केन्द्रिय निर्णय गरिसकेको छ ।

यहाँ पनि सोही निर्णय लागु हुने जनमोर्चाका सांसद बताउँछन ।

यस्तै, स्वतन्त्र निर्वाचित दीपक मनाङेले पनि आफ्नो समर्थन सरकारलाई रहने बताउँदै आएका छन् ।

यसले गर्दा, अविश्वासको प्रस्तावको पक्षमा ३२ मत खस्ने र विपक्षमा २७ मत खस्ने आकलन विपक्षी दलहरूको छ ।

शनिबार नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro