site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झोलुङ्गे पुल पार गर्दा पनि कर !
SkywellSkywell

पोखरा । झोलुङ्गे पुल पार गर्दा पनि कर ? आश्चर्य लाग्ला । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई टेकेर बागलुङ नगरपालिकाले भने मंगलबारदेखि पुल तर्दा कर लिन थालेको छ । सम्भवतः झोलुङ्गे पुल तर्दा पनि कर लिने गरेको यो पहिलो घटना हो । तर, स्थानीय सरकार भने यसलाई आफ्नो कानूनी अधिकार रहेको बताएको छ ।

बागलुङको बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने यो पुल ५६७ मिटर लामो छ । यसलाई विश्वकै लामो झोलुङ्गे पुलको दाबीसमेत गरिएको छ ।

गत साउनदेखि सञ्चालनमा आएको यो पुलको नाम जुराउन बागलुङ नगरपालिकाले २५ हजार राशी पुरस्कार राखेर उपसमिति पनि गठन गरेको छ ।

KFC Island Ad
NIC Asia

विश्वकै लामो भएका कारण ‘युनिक’ नाम हुनुपर्ने भन्दै नगरपालिकाले ‘युनिक’ नाम खोजिरहँदा यही पुलमाथि मंगलबारदेखि लागु हुनेगरि कर लगाइएको छ ।

मंगलबार चैतेदशैँ भएका कारण बागलुङ कालिका मन्दिरको दर्शन र पूजाआजा गर्न जानेको संख्या हजारौँ हुन्छ । यही पर्वमा धेरै मान्छे आउने आँकलन गरेरै नगरपालिकाले शुल्क लिन थालेको हो ।

Royal Enfield Island Ad

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन सुवेदीले पहिलो दिनमा नै एक हजार पाँच सय जनाबाट २० देखि ३० हजार रुपैयाँसम्मको हाराहारीमा कर संकलन गरिएको जानकारी दिए ।

नगरपालिकाले पुलको मुखमा शुल्कको सूचना पनि टाँसेको छ । उक्त सूचना अनुसार साधारण व्यक्तिले २० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । जेष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीले १० रुपैयाँ तथा विदेशी नागरिकको हकमा भने नगरपालिकाले प्रतिव्यक्ति ५० रुपैयाँ पूर्वाधार उपयोग कर लिनेछ ।

यो पुलले जोड्ने कुश्मा र बागलुङ नगरपालिकाका बासिन्दालाई भने शुल्क लाग्दैन । अन्य स्थानीय तह र अन्य जिल्लाका व्यक्तिको हकमा भने नगरपालिकाले खटाएका कर्मचारीले पुलको बागलुङतर्फको प्रवेशद्वारमा नगरपालिले बनाएको रसिद थमाउँछन् ।

कर संकलन गर्न नगरपालिकाले आफ्नै कर्मचारी खटाएको छ ।

सुवेदी भन्छन्, “हामीले नगरपालिकाको रसिद बनाएका छौँ र शुल्क लिन नगरपालिकाकै कर्मचारी पनि खटाएका छौँ । बिहान ७ बजेदेखि साँझ घाम अस्ताउने बेलासम्म कर्मचारी खटिन्छन् ।”

पुलमा पनि कर लगाएको भन्दै सामाजिक सञ्जालमा अहिले चर्को आलोचना भइरहेको छ । तर, स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर नै कर लगाइएको उनको भनाई छ ।

सामाजिक सञ्जालमा अफवाह फैलाइएको उनको आरोप छ ।

“पुल तरेको शुल्क लिन लागेको चाहिँ हो । तर, अफवाह बढी फैलाइएको छ । त्यो यहाँका मान्छेको लागि होइन, बाहिरबाट घुम्न आउने मान्छेका लागि मात्रै हो,” उनले भने ।

शुल्क निर्धारण र दुई नगरवासीको हकमा शुल्क नलाग्ने बारेमा सार्वजनिक सूचना पनि टाँस गरिएको उनले जानकारी दिए ।

सुवेदीले भने, “कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाभित्रका बासिन्दाको लागि होइन । यो पुल जसले दैनिकी प्रयोग गर्छ, सहजताको लागि, व्यापार व्यवसाय, कामको लागि दैनन्दिन पुल प्रयोग गर्छ, उनीहरुको लागि होइन । जो बाहिरबाट घुम्ने प्रयोजनका लागि आउँछन्, त्यो प्रयोजनका लागि लगाइएको हो, उनीहरुको लागि मात्रै हो ।”

नेपाल सरकारले यो पुल नगरपालिकालाई दायित्वसहित हस्तान्तरण गरेका कारण शुल्क लिन लागिएको उनी बताउँछन् । 

बागलुङ नगरपालिकाको चैत २५ को कार्यपालिका बैठकको निर्णयानुसार नै आफूहरुले कर संकलन गर्न लागिएको उनले प्रष्ट्याए ।

“नेपाल सरकारले गत माघमा यो पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गर्दा, रेखदेख, सञ्चालन र मर्मत सम्भार नगरपालिकाको दायित्व हुने भनेको छ । पूर्वाधार उपयोग कर लगाएको कुरा सत्य हो । जो घुम्ने प्रयोजनका लागि आउँछन्, उनीहरुको लागि लगाएका हौँ, लगाउन जरुरी पनि छ । किनभने, त्यो पुलको मर्मत, रेखदेख, सञ्चालन गर्नको लागि केही न केही त चाहियो । सरकारले बाटो बनाउँछ, त्यसको प्रयोगको कर पनि लिने गरेको छ । हामीले देखिआएका छौँ । स्थानीय सरकार सञ्चालन ऐनले पूर्वाधार उपयोग कर लिन पाउने अधिकार पनि दिएको छ,” उनले भने ।

स्थानीय सरकार सञ्चालन ऐनका आधारमा नै कार्यपालिकाले निर्णय गरेको उनले बताए ।

“आफूले बनाएको, वा हस्तान्तरण गरि आएको मर्मत सम्भार र सञ्चालनको दायित्व भएको पूर्वाधारमा कर लगाउन पाउने व्यवस्था चाहिँ कानुनमा छ, त्यही कानुनमा टेकेर कार्यपालिकाले निर्णय गरेको हो,” सुवेदीले बताए ।

के अब पुल तर्दा परिचयपत्र देखाउनुपर्ने हो त ?

सुवेदी भन्छन्, “होइन, प्रष्टै चिनिन्छ, दिनदिनै आउने जाने र बाहिरबाट आउने मान्छे छुट्टिन्छ, आजै छुट्टिए त ।  तपाईँ कहाँबाट आउने भन्नेबित्तिकै केहीले ढाँट्लान, सबैले ढाँट्दैनन् । हामीले सोध्दा चाहिँ उहाँहरुले भन्नुहुन्छ । सुरुमा हामीले परिचय पत्र बोकेर हिँड भनेका छैनौँ । स्थानीय र बाहिरबाट आएका मान्छे त चिनिन्छन् नि । आज मेला भर्न धेरै मान्छे बाहिरबाट आएका छन्, कुश्मा र बागलुङका मान्छेले तिरेका छैनन् । यदि तिरेका छन् भने हामी रिफन्ड पनि गरिदिन्छौँ ।”

कार्यपालिकाको निर्णयाानुसार शुल्क लिएतापनि आगामी वर्षदेखि भने पुलको करलाई नीति तथा कार्यक्रममा नै समावेश गरिने उनले जानकारी दिए ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको यो पुल ५७६ मिटर लामो रहेको छ ।  गत साउन देखि पुल सर्वसाधारणका लागि खुला गरिएको थियो । 

तस्बिर : दिनेश तिवारी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro