site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओलीको मधेस मोह : चुनावी रणनीति कि निकासको खोजी ?
SkywellSkywell

काठमाडौं । बिहीबार राजधानीमा भूमिजा मानव अधिकार संगठनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तराई–मधेसका बुद्धिजीवीबीच अन्तरक्रिया आयोजना गर्यो । त्यस्तै केही दिनयता तराई–मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी र एमालेका दोस्रो तहका नेताबीच अनौपचारिक संवाद र छलफलहरू भइरहेका छन् ।
एमाले अध्यक्ष ओली निकट रहेका दोस्रो तहका नेताहरुले राजपाका नेताहरुसँग होटलमा वार्ता गरेका छन् ।

बिहीबार भएको छलफलमा “मधेसी नै छैन भन्ने एमालेलाई अचानक मधेसीको माया किन लाग्यो ?,” प्राध्यापक रामसागर पण्डितले एमाले अध्यक्ष केपी ओलीलाई सीधा प्रश्न गरे ।

पण्डितलाई साथ दिँदै मधेसका अर्का अगुवा शोकेश्वर पाठकले थपे, “एमालेलाई मधेस र मधेसीको माया किन लाग्यो ?” त्यस्तै अर्को प्रश्न उठ्यो, “मधेसीको अधिकारसँग जोडिएको संविधान संशोधनमा एमालेले किन बखेडा झिक्दैछ ? संविधान संशोधनमा किन गोलमटोल कुरा गर्छ एमाले ?”

KFC Island Ad
NIC Asia

त्यस्तै पत्रकार मोहनकुमार सिंहले आक्रमक प्रश्न गरे, “नेपाल माइनस मधेस एमालेको राष्ट्रियता हो ?

मधेसका अगुवाले लगातार यसरी प्रश्न तेस्र्याएपछि एमाले अध्यक्ष ओलीले एमाले कहिल्यै मधेस विरोधी नभएको र भावावेशमा नबग्न सहभागीहरूलाई अपील गरे ।

Royal Enfield Island Ad

त्यसो त एमाले अध्यक्ष ओलीप्रति अगुवाले मधेस आन्दोलनमा मारिएका सहिदलाई ‘झरेको आँप’ र आन्दोलनकारीलाई ‘माखा’ को उपमा दिएको र युपी, बिहार जाऊ भनेको भन्दै आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले आफ्ना जनतालाई एमालेले कहिल्यै त्यसो भन्न नसक्ने भन्दै आफू पनि तराईकै भएको र तराईको विकासका लागि कुनै कसर बाँकी नराख्ने तर्क प्रस्तुत गर्दै बचाउ गरेका थिए ।

संविधान संशोधनको विषय होस् वा मधेस आन्दोलन यस्ता शब्द आउनासाथ नेकपा एमाले र अध्यक्ष केपी ओलीको तीखो जवाफले नै अघि बढ्न दिँदैन ।

मधेसवादी दल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले एमालेकै कारण संविधान संशोधन हुन नसकेको र संविधान संशोधन नहुँदा मधेसको समस्या समाधान हुन नसकेको बताइरहेका बेला ओलीले मधेसलाई नै अहिले किन प्राथमिकतामा राखेका छन् त ?

अचानक एमालेमा मधेस मोह किन बढ्यो त ? जवाफमा एमाले सचिव एवम् ओलीका अत्यन्त नजिक मानिएका नेता प्रदीप ज्ञवाली एमालेविरुद्ध तराईमा भ्रम रहेकाले त्यसलाई चिर्न आवश्यक भएको औँल्याउँछन् । त्यसो त उनले एमाले निरन्तर तराईमै रहेको र निरन्तर सम्वादमा जोडिइरहेकाले चुनावको मुखमा एमालेले तराई–मधेसमा गतिविधि बढायो भन्नु अनुपयुक्त हुने तर्क गर्छन् ।

“एमाले तराई विरोधी पार्टी हो, एमालेले मधेसै छैन भन्छ भन्दै अतिवादी कोणबाट एमालेविरुद्ध भ्रम फिँजाइएको छ,” उनले प्रष्ट्याए, “त्यसलाई चिर्न पनि सम्वादलाई निरन्तरता दिएका हौँ ।”

त्यस्तै उनले दुई चरणको स्थानीय निर्वाचनबाट एमाले देशको मुख्य राजनीतिक शक्ति भएकाले एमालेसँग मधेसी जनताको अपेक्षा पनि बढेको उनको तर्क छ । भन्छन्, “पछिल्लो समय मधेसका जनताको अपेक्षा पनि बढेको छ, एमाले बिना मधेसको विकास सम्भव छैन भन्ने बुझाइ बाक्लिन थालेको हामीले पाएका छौँ ।”

 

सरकारले राजपासँग चिटिङ गर्यो 

 

एमाले सचिव ज्ञवाली सरकारले राजपालाई चिटिङ गरेकोले ऊ सरकारसँग चिढिएको टिप्पणी गर्छन् । विशेष गरेर संविधान संशोधनमा राजपालाई अल्मल्याएको उनको विश्लेषण छ । “एमालेसँग राजपा संशोधनमा तयार भइसक्यो भन्ने, राजपासँग कहिले एमालेको सहमतिमा प्रस्ताव तयार पारेको त कहिले एमालेले मान्दै मानेन भन्दै सरकारले राजपालाई चिटिङ गर्यो,” ज्ञवाली भन्छन् ।

एकातिर सरकारले राजपासँग सहमतिका नाममा भोट मात्रै लिने र अल्मल्याउने खेल खेलेको उनको भनाइ छ । सरकार तराई–मधेसका विषयमा संवेदनशील नदेखिएको र प्रतिवद्धता पूरा गर्न इमान्दार नबनेको बुझाइ राजपामा बढेको एमालेले आँकलन गर्न थालेको छ ।

तराईबाट बाजा बजाएर खेद्छौँ, बढार्छौं भन्दा पनि एमालेले तराईमै उल्लेख्य मत पाएकाले एमालेसँग सहमति नगरी अघि बढ्न सकिँदैन भन्ने अनुभूति राजपालाई भएकाले सम्वाद सुरु भएको उनको भनाइ थियो  । र, पहल पनि एमालेले नै गरेको उनको भनाइ थियो ।

पटक–पटकको आन्दोलनले तराई जीर्ण बन्दै गएको र विकासको गती रोकिएको उनले प्रष्ट्याए । त्यसले आक्रोस, ध्वंस जन्माउने खतरा भएकाले पनि सम्वादका माध्यमबाट समस्या समाधान गर्न एमालेले अगुवाइ लिएको उनको भनाइ थियो ।

 

राजपा तराईको मध्यमार्गी शक्ति

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन यता राजपा तराईमा कमाजोर बनेको एमाले विश्लेषण छ । सबैतिर चुनाव हुने तर दुई नम्बर प्रदेशमा चुनाव नहुँदा र फेरि पनि चुनाव हुने हो कि होइन द्विविधापूर्ण स्थिति रहेकाले जनतामा निराशा छाएको तर्फ एमाले गम्भीर बनेको ज्ञवाली बताउँछन् ।

राजपा तराईको मध्यमार्गी शक्ति र परिवर्तनमा हिजो लडेको शक्तिसमेत भएकाले ऊ कमजोर हुँदा सीके राउतलगायत अरु शक्ति बलियो हुने एमाले बुझाइ छ ।

त्यसकारण ऊसँग ठाढिन नहुने एमालेको ठम्याइरहेको ज्ञवाली बताउँछन् । “तराईमा राजपा शिथिल हुँदा बिखण्डनकारी शक्तिले मुन्टो उठाउन पाउँछन्,” उनले थपे ।
त्यसो भए एमाले संविधान संशोधनमा लचिलो भएको हो त ? जवाफमा ज्ञवाली भन्छन्, “प्रस्तावित संविधान संशोधन भने कुनै हालतमा पास हुँदैन । मौजुदा प्रस्ताव एमालेसँग छलफल नगरी ल्याइएकाले विफल हुन्छ ।”

“एमालेबिना दुई तिहाई पुर्याउँछौँ भनेर ल्याइएको अघिल्लो प्रस्ताव पनि वैशाख १७ गते फिर्ता गर्नुपर्यो । यो प्रस्तावका सन्दर्भमा एमालेसँग कुनै छलफल भएको छैन,” उनले दाबी गरे ।

उनले चुनाव अगाडि कर्मचारी त हेरफेर गर्न नमिल्ने भन्दै संविधान हेरफेर कुनै हालतमा गर्न नसकिने जिकिर गरे । उनले मौजुदा प्रस्ताव प्रदेशको सीमांकन हेरफेर गर्ने प्रदेशको अधिकार कटौती गर्ने विषयसँग सम्बन्धित भएकाले एमाले सहमत हुनै नसक्ने दोहोर्याए ।

मैथिली, भोजपुरी, अवधी भाषाको संरक्षण र विकासका लागि एमाले तप्पर भए पनि ‘लुप होल’ बाट विदेशी भाषालाई कामकाजी भाषा बनाउन नदिइने उनले जिकिर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro