site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका माधव पक्षीय सांसद भन्छन् : केपी कमरेडको बुद्धि फिर्दैन, हुने कर्णालीकै जस्तो हो
SkywellSkywell

पोखरा । कर्णालीमा एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन गत चैत ४ गते फिर्ता लियो । सर्वोच्च अदालतले नेकपा नामसम्बन्धि विवादमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएको थियो ।

एमालेको समर्थन फिर्तासँगै त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा पर्‍यो । संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ । तर, माओवादी केन्द्रले आफ्ना एक सांसदलाई दल त्यागेको भन्दै सांसद पदबाट हटाएपछि कर्णालीमा हाल ३९ जना प्रदेशसभा सदस्य छन् ।

KFC Island Ad
NIC Asia

यस्तो स्थितिमा २० जना सांसदले विश्वासको मत लिँदा विपक्षमा मतदान गरेको खण्डमा कर्णाली सरकार ढल्ने स्थिति थियो ।

समर्थन फिर्ता लिएको एमालेसँग कर्णालीमा सभामुखबाहेक १९ जना सांसद रहेका छन । पार्टी अंक गणितीय रूपमा एमले झन्डै एक्लै सरकार बनाउने स्थितिमा थियो । एमाले मात्रैको १९ र बाँकी माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सांसद अर्कातर्फ मिल्दा पनि संसदीय गणित १९/१९ को थियो ।

Royal Enfield Island Ad

मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्ष र विपक्षमा बराबर मत आएको खण्डमा सभामुखले निर्णायक मत दिन पाउँछन् । कर्णालीका सभामुख राजबहादुर शाही एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । त्यसकारण निर्णायक मत आफूलाई आउने र माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार ढाल्न सकिने विश्लेषणका आधारमा एमालेले समर्थन फिर्ता लिएको थियो ।

तर, कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन सफल भए । १२ जना सांसद रहेको माओवादी केन्द्रलाई कांग्रेसका ६ र एमालेकै ४ जना सांसदले क्रस भोट दिए ।

यसले गर्दा मुख्यमन्त्रीको पक्षमा २२ मत पर्‍यो र उनको सरकार जोगियो । विपक्षमा भने १९ सांसद रहेको एमालेको जम्मा १५ मत मात्रै पर्‍यो ।

एमालेकै सांसदले मत क्रस गरेपछि अहिले राष्ट्रिय राजनीति तरंगित भएको छ भने एमाले नेतृत्वमाथि पनि प्रश्न उठेका छ । 

कर्णाली जस्तै गण्डकीमा पनि बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्ता जोगाउने प्रक्रिया यहाँ पनि उही हो ।

तर, यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक हप्तामै संसद अधिवेशन अन्त्य गराएर सरकार जोगाउन विभिन्न पार्टी नेतृत्वसँग कुराकानी गर्ने भन्दै शुक्रबार काठमाण्डौ लागेका छन् ।

त्यसैपनि यहाँ गुरुङ नेतृत्वको एमाले सरकार गणितीय रूपमा अल्पमतमा छ । एमाले बाहेकका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् भने विशेष अधिवेशन पनि माग गरेका छन् ।

विशेष अधिवेशन १५ दिनभित्रमा बोलाउने नजीर गण्डकीमा नै छ । यसले गर्दा आगामी दुई हप्ताभित्रै यहाँको सरकार पनि फेरिने वा नफेरिने भन्ने टुंगोमा पुर्‍याउ प्रक्रियामा जानेछ ।

तर, तीन दलको मोर्चाबन्दीले मात्रै यहाँको सरकार भने ढल्न सक्दैन । ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसद चाहिन्छन् । गुरुङसँग अहिले एमालेका २७ जना सांसद छन । स्वतन्त्र निर्वाचित दीपक मनाङेले जसको सरकार बन्छ उसैलाई समर्थन गर्ने बताएका छन । जनमोर्चाका तीन सांसदले समर्थन फिर्ता नलिएका कारण गण्डकीमा अहिले पृथ्वीसुब्बा गुरुङले टुपुक्क बहुमतको सरकार चलाएका छन् ।

तर, राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वले केपी ओली पक्षधर मुख्यमन्त्रीलाई समथर्न नगर्ने निर्णय गरेको छ । मुख्यमन्त्री गुरुङ केपी ओली नजिक मानिन्छन । त्यसकारण यहाँ जनमोर्चाले पनि उनको नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने सम्भावना कम छ ।

सत्ता साझेदार माओवादी केन्द्रले पनि बुधबार नै गुरुङ सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

यसकारण, विशेष अधिवेशन सुचारु भएको खण्डमा दुई हप्ताभित्र अन्यथा अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भइसकेपछि एक महिनाभित्र मुख्यमन्त्री गुरुङले प्रदेशसभा बैठकमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

तर, कर्णालीको जस्तो स्थिति गण्डकीमा पनि दोहोरिने हो कि भन्ने आशंका पनि उत्तिकै रहेको नेताहरू बताउछन् । गण्डकीमा माधव नेपाल पक्षधर सांसद एकजना मात्रै छन् । बागलुङ १ “क” बाट निर्वाचित इन्द्रलाल सापकोटा एमाले बागलुङका अध्यक्ष पनि हुन् ।

कर्णाली घटनाबारे आफूले थाहा पाएको तर गण्डकीको हकमा अहिले नै बोल्ने समय आइनसकेको उनले बताए । नेतृत्वको बुद्धि  बेलैमा नफिरेकाले अलिहेको समस्या आएको उनको तर्क छ ।

उनै सापकोटासँग कर्णालीमा भएको मतक्रसबारे बाह्रखरीले गरेको कुराकानीको संक्षिप्त अंश :

कर्णालीमा त मत क्रस भयो । गण्डकीमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ । कर्णालीकै जस्तै प्रक्रियामा जानुपर्ने होला । त्यस्तो स्थितिमा पार्टी नेतृत्वले मत क्रस गर्न भन्यो भने तपाई के गर्नुहुन्छ ?
अहिले त्यस्तो ठाउँमा पुगेको छैन । पहिले नै किन अनुमान गर्नुपर्‍यो ?

मतदानको दिनमा त्यो स्थिति आउला नि ? 
अहिलेसम्म आएको छैन । म अहिलेसम्म एमालेमा नै छु । म बागलुङको अध्यक्ष पनि हो । 

केन्द्रको निर्णयानुसार नै मत क्रस गरिएको भन्ने छ नि ?
यो पार्टीको निम्ती अप्रिय कुरा हो । बिगारेको माथिकाले नै हो । यो बारेमा पार्टी अध्यक्ष कमरेड केपी ओलीको अहिले पनि बुद्धि फिरे हुन्थ्यो केरे, तर बुद्धि फिर्दैन । अब परिणाम हुने त्यही हो नि । अहिले यो बारेमा मलाई नसोध्नुहोला । म एमालेलाई बलियो बनाउने ठाउँमा नै छु अहिले ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro