site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार नबन्दै पदमा बार्गेनिङ गर्दै जसपा, मुख्यमन्त्रीमा नेपालीलाई प्रस्ताव 
SkywellSkywell

पोखरा । गण्डकीमा गणितीय हिसाबले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रष्टै अल्पमतमा परेका छन् । उनीविरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्ता साझेदार माओवादी केन्द्र, समर्थन गरेर प्रतिपक्षमा बसेको राष्ट्रिय जनमोर्चा र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीको गठजोड देखिएको छ ।

यी चारदल मिल्दा मुख्यमन्त्री अल्पमतमा परेका छन् । सँगै, नयाँ सरकार बन्ने पनि निश्चितप्राय देखिएको छ । माओवादी केन्द्रले चाहिँ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीमा सघाउने केन्द्रीय निर्णय नै गरिसकेको छ ।

सरकारमा नजाने तर नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निर्णय पनि राष्ट्रिय जनमोर्चाले बिहीबार निर्णय गरेको छ ।

KFC Island Ad
NIC Asia

रह्यो कुरा, दुई सांसद रहेको जनता समाजवादी पार्टीको । यो पार्टीले मुख्यमन्त्रीमा आफूलाई दाबी त गरेको छैन, तर सरकारमा सामेल हुन केही सर्तहरु भने राखेको छ ।

आफ्ना सर्तबारे निर्णय नभए गाह्रो हुने चेतावनी पनि उसको छ ।

Royal Enfield Island Ad

गण्डकी प्रदेशसभामा जनता समाजवादी पार्टीका दुईजना सांसद रहेका छन् । यो दलले समर्थन नगरेको खण्डमा पनि गण्डकीमा गुरुङ सरकार त ढल्न सक्छ, तर नयाँ सरकार पनि बन्न सक्ने स्थिती भने रहँदैन ।

तर, यो दल गुरुङ सरकार ढाल्नमा कांग्रेस र माअ‍ोवादीसँगै सक्रिय छ । तीनदलको संयुक्त बैठक पनि यसअघि भएका छन् ।

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले सरकार ढल्ने निश्चित रहेको तर, मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेबारेमा निर्णय नभइसकेको जानकारी दिए ।

यसका लागि आफ्नो पार्टीले एउटा वार्ता समिति गठन गरेको र उक्त समितिले नै सरकारको बारेमा निर्णय लिने आचार्यले जानकारी दिए ।

बाह्रखरीसँगको कुराकानीमा आचार्यले भने, “मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्ने बारेमा भोलि एकपटक बस्दैछौँ । भोलि बसेर त्यसको बारेमा प्याकेजमा निष्कर्ष निकाल्छौँ ।”

उनका अनुसार जनता समाजवादी पार्टीले गठन गरेको उक्त वार्ता समितिले मन्त्रालयको दाबीदेखि राजनीतिक नियुक्तीसम्मको भागबण्डा प्याकेजमा गरिने शर्त राख्नेछ ।

“हामीले के पाउने भन्ने कुरा हो । जनमोर्चा सरकारमा जाँदाको हकमा के गर्ने, नजाँदाको हकमा के गर्ने भन्ने प्याकेजमा नै सहमति हुनपर्‍यो नि । सरकार, संसदभित्रको उपस्थितीको कुरा भयो । मुख्यमुख्य राजनीतिक नियुक्तीका कुराहरु आउँछन् । त्यसकारण प्याकेजमा एउटा छलफल नगरिकिन अगाडि बढ्न गाह्रो हुन्छ । त्यसकारण हामीले पार्टीको एउटा वार्ता टोली पनि बनाएका छौँ,” आचार्यले भने ।

यस्तै, बिहीबार जनता समाजवादी पार्टीले माओवादी केन्द्र र नेपाली कांग्रेससँग छुट्टाछुट्टै बैठक बस्ने उनले जानकारी दिए । संयुक्त बैठक पनि बस्न सकिने उनको भनाई छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro