site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म आफैँ केन्द्रीय सदस्य हुँ, जनमोर्चाले केही निर्णय गरेको छैन : सांसद थापा
फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार बिहान एक वक्तव्य जारी गरे । उनले जारी गरेको वक्तव्यले गण्डकी प्रदेशमा नेकपा (एमाले) सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निर्णय प्रष्ट लेखिएको छ ।

जनमोर्चाको उक्त निर्णयलाई यहाँको संसदीय दलले कार्यान्वयन गर्दा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले (ओली पक्ष)को सरकार ढल्ने निश्चित छ । एमालेमा अहिले २७ सांसद छन् । जनमोर्चाका तीन र स्वतन्त्र निर्वाचित दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेका छन् ।

त्यसो त नेकपा ( माओवादी केन्द्र)ले पनि समर्थन फिर्ता लिइसकेको छैन । तर, गएको चैत २५ गते माओवादी केन्द्रले कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापालाई सरकारबाट फिर्ता बोलायो । त्यसपछि नयाँ सरकारको कसरतमा १५ सांसद रहेको नेपाली कांग्रेस, सभामुखबाहेक ११ सांसद रहेको माओवादी केन्द्र र दुई सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) लागिपरेका छन् । यी तीनै दल मिल्दा २८ सांसद पुग्छन् । कुल ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ ।

KFC Island Ad
NIC Asia

यहाँ सत्ता टिकाउन र ढलाउनमा जनमोर्चा नै निर्णायक छ । अघिल्ला केही हप्तासम्म जनमोर्चाको साथले ढुक्क देखिएको गुरुङ नेतृत्वको सरकार यति बेला भने गणितीय संकटमा देखिएको छ ।

आइतबार जनमोर्चाका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई हेर्दा अन्य प्रदेशभन्दा बलियो देखिएको गण्डकी सरकार नै सुरुमा धरमराएको छ । जनमोर्चाले साथ छोड्दा एमालेको सरकार जान्छ नै नयाँ बनाउन पनि जनमोर्चा नभइ हुँदैन । यसै कारण सोमबारको कांग्रेस संसदीय दलको बैठक र मंगलबारको माओवादी केन्द्रको संसदीय दलको बैठकले जनमोर्चाको संसदीय दलको आधिकारिक र लिखित निर्णय कुर्ने निर्णय गरेका थिए ।

Royal Enfield Island Ad

केसीको विज्ञप्ति आएपछि यहाँ जनमोर्चाले एक–दुई दिनभित्रै निर्णय गर्नेमा उनीहरु आशावादी छन् । तर, जनमोर्चाका सांसद तथा केन्द्रीय सदस्य कृष्ण थापाले भने जनमोर्चाको निर्णयबारे आफू बेखबर रहेको बताएका छन । आफ्नै पार्टीका अध्यक्षले जारी गरेको वक्तव्यबारे आफू अनभिज्ञ रहेको उनले बताएका हुन ।

बाह्रखरीसँगको कुराकानीमा थापाले भने, “खै के–के भन्छन्, केही आधिकारिक भए त वेबसाइटमा पनि हुनुपर्ने । त्यहाँ पनि छैन । जनमोर्चाले निर्णय गर्‍यो भने त म पनि केन्द्रीय सदस्य हो, मलाई पनि थाहा हुनुपर्ने । गण्डकी प्रदेशको के छ भनेर बुझ्नुपर्ने, नभईकन नि निर्णय हुन्छ र ? मलाई कसैले सोधेको छैन ।”

आफूसँग कुनै सरसल्लाह नभएको र पार्टीले निर्णय गर्दा केन्द्रीय समिति बैठकबाट निर्णय हुने उनको भनाइ छ । “मैले त्यो विज्ञप्ति हेर्छु, कतै पनि देख्दिनँ । मसँग कुनै सल्लाह, केही भएकै छैन । केन्द्रीय समितिले निर्णय गर्नुपर्ने हो, बाहिर–बाहिर बोलेर निर्णय हुने होइन होला,” उनले भने ।

उनले सत्ता ढाल्न सक्रिय दललाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती समेत दिए । “हामीसँग पावर छैन, सक्नेले ल्याए भयो नि । हामीले आत्तुरी गर्न जरुरी नै छैन नि । हामी सरकारमा पनि नजाने, बाहिर बस्ने अनि मन्त्री पनि नबन्ने, मुख्यमन्त्री पनि नबन्ने, हामी किन आत्तिन परेको छ र ?,” थापाले भने ।

अन्य दलले अविश्वासको प्रस्ताव ल्याएको खण्डमा भने विचार गर्न सकिने उनले बताए । यस्तो अवस्थामा पार्टीको आधिकारिक निर्णय नै कार्यान्वयन हुने उनको भनाइ छ । “केन्द्रको नीति नै हामीले कार्यान्वयन गर्ने हो । कार्यान्वयन हुने बेलामा चाहिँ निर्णय गरौँला नि,” उनले भने ।

जनमोर्चाको सिट हेरेर अन्य दलले सत्ताको र्‍याल काढिरहेको उनले बताए । बाहिर बोल्नुभन्दा सदनमा अविश्वासको प्रस्ताव पेस गर्न उनको सुझाव छ । “हाम्रो सिट हेरेर किन र्‍याल काढ्नपर्‍यो र ? मुख्यमन्त्री र अविश्वासको प्रस्ताव ल्याउन सक्ने भए त्यसमा हामीले विचार गर्छौँ । राम्रो भए सहयोग गरौँला, नराम्रो भए बेठिक छ भनौँला । मतदान गर्ने हो, प्रदेशसभामा टेबल गर्नुपर्‍यो नि । बाहिर सडकमा त मतदान गर्ने होइन होला,” उनले भने ।यता, सरकार परिवर्तनको हल्लासँगै गण्डकीमा नयाँ मुख्यमन्त्रीको चर्चा पनि उत्तिकै छ । विभिन्न दलले आ–आफ्नो दाबी स्वाभाविक रहेको बताउँदै आएका छन् । थापाले व्यंग्यसमेत गर्न भ्याए, “उहाँहरुले त चारवटा मुख्यमन्त्रीको नामै सार्वजनिक गर्नुभएको थियो । सबैलाई शुभकामना दिन पनि नमिल्ने ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro