site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनमोर्चा कुर्दै कांग्रेस र माओवादी, केन्द्र कुर्दै जनमोर्चा
राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य । फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशमा सरकार हेरफेर गर्ने विषय अहिले निकै जोडतोडका साथ चलिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तासारथि माओवादी केन्द्र र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठक पनि बसिसकेको छ । तर, यी तीन दल मिल्दा पनि यहाँ सरकार ढल्न सक्दैन ।

यहाँको कुल प्रदेशसभा सदस्य संख्या ६० हो । सरकार बनाउनका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का १२, नेपाली कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका तीन, जसपाका दुई र स्वतन्त्र एक सांसद छन् ।

एमाले, माओवादी केन्द्र तथा स्वतन्त्र निर्वाचित दीपक मनाङेसहितको यहाँ दुईतिहाइको सरकार छ । जसको नेतृत्व एमालेका पृथ्वीसुब्बा गुरुङले गरिरहेका छन् ।

KFC Island Ad
NIC Asia

तर, चैत २५ गते माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले गुरुङ सरकारबाट राजीनामा दिए । समर्थन भने हालसम्म फिर्ता लिएका छैनन् । राष्ट्रिय जनमोर्चाका सांसदको समर्थन पनि हालसम्म कायमै छ । अहिले पनि गण्डकीमा पृथ्वीसुब्बा गुरुङले दुईतिहाइको सरकारको नेतृत्व गरिरहेका छन् ।

तर, माओवादीका मन्त्रीको राजीनामापछि यहाँ गुरुङ सरकार धरमराएको छ । यद्यपि, माओवादी केन्द्रले मात्रै समर्थन फिर्ता लिँदा पनि गुरुङ सरकार ढल्दैन । कारण, उनलाई निर्णायक तीन सांसद रहेको जनमोर्चाको बलियो धाप छ ।

Royal Enfield Island Ad

तर, जनमोर्चाको केन्द्रीय नेतृत्वले केपी शर्मा ओलीनिकट मुख्यमन्त्री रहेका हरेक प्रदेशमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेको छ । जनमोर्चाको प्रदेश कमिटी र संसदीय दलले भने यसबारे निर्णय गरिसकेको छैन । कांग्रेस र सत्ताघटक माओवादी केन्द्रको संसदीय दलको बैठकले जनमोर्चाको सोही निर्णयलाई कुर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा ‘राष्ट्रिय जनमोर्चाको प्रदेश वा संसदीय दलबाट लिखित रुपमा निर्णय कुर्ने’ बारेमा छलफल भएको थियो । कांग्रेसले नयाँ सरकार गठनको लागि अन्य दलसँग वार्ता गर्नको लागि कुमार खड्काको संयोजकत्मा समिति पनि बनाएको छ । उक्त समितिका तर्फबाट हालसम्म भएका प्रगतिबारे सांसद खड्काले बैठकलाई जानकारी समेत गराएका थिए ।

उनी भन्छन्, “समितिले प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सांसदसँग पनि छलफल गर्‍यो । सरकार पक्षबाहेक सबै दल सकारात्मक छन् । चारवटै दलले संयुक्त रुपमा प्रस्ताव संसद्मा लैजानका लागि जनमोर्चाको निर्णय कुरेर बसेका छौँ । त्यो निर्णय केही दिनभित्रै हुन्छ भन्ने हामीलाई जानकारी आएको छ । सकेसम्म मंगलबार र नभए पनि वैशाख पहिलो सातासम्म वर्तमान ऐनमार्फत अगाडि बढ्ने सहमति भएको छ ।”

माओवादी केन्द्र संसदीय दलको मंगलबारको बैठकले पनि सोही कुरा उठाएको छ । सत्तासाझेदारी गर्ने विषयमा कांग्रेस, माओवादी र जसपा एकै ठाउँमा छन् । जनमोर्चालाई पनि आफूहरुतर्फ ल्याउने र अविश्वासको प्रस्ताव ल्याउनेबारेमा माओवादी केन्द्रको संसदीय दलको बैठकमा छलफल भएको सांसद दीपक कोइरालाले जानकारी दिए ।

आइतबार बसेको जनमोर्चाको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावमा मतदान गर्न आफूहरु सकारात्मक रहेको तर लिखित रुपमा केन्द्रको जानकारी कुर्ने निर्णय गरेको थियो ।

सांसद पियारी थापा भन्छिन्, “केन्द्र नेतृत्वले अविश्वासको प्रस्तावमा मतदान गर्ने नीति लिएको भन्ने छ । तर, हामीलाई आधिकारिक आइसकेको छैन । आएपछि यहाँ पनि निर्णय हुन्छ ।”

जनमोर्चा गण्डकीमा यसकारण निर्णायक छ कि उसले अहिले गुरुङ नेतृत्वको एमाले सरकारलाई समर्थन गरेको छ । समर्थन फिर्ता नलिए यहाँ अरु दलले सरकार बनाउन सक्ने अवस्था छैन । जनमोर्चासहित कांग्रेस, माओवादी र जसपा मिल्दा यहाँ ३१ सांसदसहितको बहुमतको सरकार बन्ने विकल्प छ ।

त्यसकारण मोर्चाबन्दीमा रहेका तीन दलले नै जनमोर्चालाई कुरेका छन् । उसको संसदीय वा प्रादेशिक कमिटीको लिखित निर्णय कुर्ने र चारै दलको संयुक्त हस्ताक्षरमा सरकार ढलाउने दाउ उनीहरुको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro