site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आई लभ यु सो मच मदनकृष्ण’ (भिडियोसहित)
SkywellSkywell

काठमाडौं  । गएको आइतबार (मार्च २१) कलाकार मदनकृष्ण श्रेष्ठले युगान्डाकी गायिका डी क्याप्टेन बियोन्से फाम्सीलाई भेट्ने इच्छा व्यक्त गर्दै फेसबुकमा स्ट्याटस लेखे । मदनकृष्णले बियोन्सेको गायिकीको तारिफ गर्दै लेखेका थिए, “नेपाली गीत–संगीतलाई यसरी मन पराइदिएकोमा यी गायिकालाई त एकपल्ट भेटेरै धन्यवाद दिन पाए नि हुन्थ्योजस्तो लाग्यो । तर, घर कहाँ हो, युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन... हाहा...।”

मदनकृष्णको यो इच्छा बुधबार पूरा भयो । ‘फूलबुट्टे सारी...’को कभर गाएर चर्चामा आएकी यी गायिका आफैँ मदनकृष्णलाई भेट्न काठमाडौंस्थित एक रेस्टुरेन्टमा पुगिन् । नेपालका ‘लेजेन्डरी’ व्यक्तित्वलाई प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित भएको बियोन्सेको प्रतिक्रिया थियो ।

उनी आफैँ पनि मदनकृष्णलाई भेट्न आतुर थिइन् । उक्त गीत गाउनुको प्रेरणा नै मदनकृष्ण नै भएको उनी बताउँछिन् ।

KFC Island Ad
NIC Asia

बुधबारको भेटमा बियोन्सेले खुसीको आँसु झार्दै भनिन्, “तपाईंको कारण मेरो जिन्दगीमा आज यो सुनौलो दिन आइरहेको छ । नेपालको यस्तो वरिष्ठ कलाकार, जसलाई भेट्न जो कोहीलाई सजिलो हुँदैन । आज म त्यही व्यक्तित्वलाई भेट्दै छु भनेर मैले विश्वासै गर्न सकिरहेको छैन । आई लभ यु सो मच । म सधैँ तपाईंलाई र नेपाललाई माया गरिरहनेछु ।” उनी मदनकृष्णलाई भेट्न आफ्नो देशको झन्डाअंकित पहिरनमा आएकी थिइन् ।

Royal Enfield Island Ad

बियोन्सेले यसो भनिरहँदा मदनकृष्ण भने छेउमा मुस्कुराइरहेका देखिन्थे । बियोन्सेसँग भेट्छु भनेर आफूले स्ट्याटस लेखेको नभई बियोन्सेको प्रतिभाले लेख्न बाध्य बनाएको उनी बताइरहेका थिए ।

‘फूलबुट्टे सारी...’को अहिलेसम्म आएका हरेक भर्सनको आ–आफ्नै मिठास रहेको मदनकृष्ण बताउँछन् । उनी भन्छन्, “यो गीतको हरेक भर्सनको आ–आफ्नै टेस्ट छ । तपाईंको छुट्टै छ, मार्मिक लामाको छुट्टै छ । मिलन नेवारको छुट्टै छ र मेरो छुट्टै छ ।”

झन्डै एक घण्टाको भलाकुसारीमा उनीहरुले धेरै कुरा सेयर गरे । कोरोना महामारीका कारण बियोन्से नेपालमै अल्झिन पुगिन् । यो बसाइँ बियोन्सेका लागि नौलो पहिचान दिने समय बन्यो । नेपाली संगीतप्रेमी माझ निकै रुचाइएको र छोटो समयमै लोकप्रिय बनेको फूलबुट्टे सारी... बियोन्सेले गाएपछि उनको चर्चा चुलियो । त्यो पल आफ्नो जिन्दगीकै सबैभन्दा अमूल्य सम्झना भएको बियोन्से बताउँछिन् ।

लकडाउनका कारण नेपाल बसाइँका क्रममा होटेलको कोठामा रहँदा बियोन्सेको दैनिकी युट्युबमा गीतहरु सुन्दै–हेर्दै बित्न थाल्यो । उनलाई नेपाली गीतबारे जान्ने चाहना बढ्दै गयो । एक दिन उनले सुनिन्, फूलबुट्टे सारी... । जुन मदनकृष्णले गाएका थिए ।

बियोन्सेले मदनकृष्णसँग भनिन्, “मलाई तपाईंको आवाज र गायिकी अनि लवजले यसरी तान्यो कि म पटक–पटक तपाईंको त्यो गीत हेर्न थालेँ । त्यसपछि मैले विस्तारै तपाईंको लवजमा गुनगुनाउन थालेँ । अन्ततः आजको दिन सम्भव भयो, केवल तपाईंकै कारण ।”

बियोन्सले मदनकृष्णको सामु उनकै लवजमा गीत गाएर पनि सुनाइन । र, दुवैले सँगै गुनगुनाए पनि ।

बियोन्सेको अनुरोधमा मदनकृष्णले पनि केही लाइन गाएर सुनाए । बियोन्सेले श्रेष्ठको आवाजलाई ‘गोल्डेन भ्वाइस’ को दर्जा दिइन् ।

गायनबाटै करियर सुरु गरेका कलाकार श्रेष्ठ आफूलाई विशुद्ध गायकको रुपमा चिनाउन चाहन्थे । तर, पछि अभिनय र हास्य विधामा प्रवेश गरेसँगै गायनबाट उनको दूरी बढ्यो । यद्यपि, मदनकृष्णले अभिनयसँगै गायनलाई पनि अघि बढाउने प्रयास गरिरहे ।

पछिल्लो समय भने स्वास्थ्यमा देखिएको समस्याका कारण उनले गायनबाट बिदा नै लिन लागिसकेका थिए । मदनकृष्णले बियोन्सेसँग भने, “गायन मलाई भगवान्ले दिएको उपहार हो । तर, पार्किन्सनका कारण म गायन क्षेत्रबाट केही टाढा बस्नुपर्‍यो र मैले अलमोस्ट छोडिसकेको थिएँ । तर, जब राजनराज शिवाकोटीले मलाई यो गीत गाउन अफर गर्नुभयो, मैले नकार्न सकिनँ र किन प्रयास नगर्ने त भन्ने सोचर हुन्छ भनेँ ।”

बियोन्सेले मदनकृष्णसँग युगल गीत गाउने इच्छा पनि व्यक्त गरिन् । “यदि, उहाँको मन्जुरी छ भने मलाई उहाँसँग युगल गीत गाउन पाउँदा निकै खुसी लाग्नेछ,” उनले भनिन् ।

मदनकृष्णले पनि बियोन्सेसँग युगल गीत गाउने इच्छा जाहेर गरे । “हुन्छ नि किन नहुने, तर तपाईंसँग समय छ ? तपाईं त आफ्नो देश फर्कँदै हुनुहुन्छ,” मदनकृष्णले भने । मदनकृष्ण साँच्चै तयार भए बियोन्सेले यसका लागि समय मिलाउने वाचा पनि गरिन् ।

नेपाली गीत गाएकोमा मदनकृष्णले बियोन्सेलाई धन्यवाद दिए । “प्रविधिकै कारण आज एक देशको गीत, गायक, कलाकारबारे अर्को देशकाले सजिलै सुन्न र थाहा पाउन सक्छन् । यसरी एक देशको गायकले अर्को देशको गीत गाउनुले दुई देशबीच र कलाकारको सम्बन्ध सुमधुर बन्छ,” मदनकृष्णले भने, “त्यसैले म संगीतलाई एउटा पुल, ज्याकको संज्ञा दिन चाहन्छु ।”

‘फूलबुट्टे सारी...’ : बियोन्से भन्छिन्– मदनकृष्णको कारण यो गीत गाएँ

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro