साहित्य

काठमाडौं । मानवशास्त्र एवं पुरातत्त्व विषयमा अमेरिकाबाट विद्यावारिधि गरेका लेखक विक्रम श्रेष्ठको पुस्तक ‘प्राग्–इतिहास ः आदिम सभ्यता’ लोकार्पण गरिएको छ । सोमबार (असार २) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा. डा. पेशल दाहाल, प्रा. डा. मदनकुमार रिमाललगायत व्यक्तिले पुस्तक सार्वजनिक गरेका हुन् ।
सार्वजनिक पुस्तक संस्कृति र पुरातत्त्व विषयका विद्यार्थीका निम्ति मात्र नभएर संस्कृतिमा रुचि राख्ने सबैका लागि पठनीय भएको कार्यक्रमका वक्ताले बताए ।
संस्कृति तथा पुरातत्त्व अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा लेखक श्रेष्ठले किताब लेख्नुका कारणबारे उल्लेख गरे ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १५:०१
प्रतिक्रिया दिनुहोस्