site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आँखामा भ्रम पैदा गर्ने पेन्टिङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बबरमहलस्थित आर्ट काउन्सिलको भुईं तलाको प्रत्येक कोठामा रंगीबिरंगी ठूल्ठूला क्यानभासहरु सजिएका छन् ।

दुई जोर आँखा भएको बुद्धको पेन्टिङ छ । यो हेरेर जो कोही भ्रममा पर्न सक्छन् । किनभने, ‘द इलुजन एन्ड रियालिटी’ शीर्षकमा नैना शाक्यले कोरेको यो पेन्टिङले अवलोकनकर्ताको आँखामा भ्रम पैदा गर्छ । कारण, यसमा गौतमबुद्धको अनुहारको आँखा, आँखीभौँ, ओठ, नाक ‘डबल’ छ । झ्ट्ट हेर्दा बुद्धको आँखा दुईवटा हो कि चारवटाजस्तो लाग्छ । सम्भवतः अवलोकनकर्तामा यस्तो इलुजन पैदा गर्न सक्नु नै यो पेन्टिङ र यसका सर्जकको सफलता हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हजुरले यो पिक्चर हेर्नुभयो भने चारवटा आँखा हो कि भन्ने ‘इलुजन’ हुन्छ । बुद्ध धर्मको एउटा सिद्धान्तलाई मैले यो पेन्टिङमा उतारेकी छु,” शाक्यले  भनिन्, “हामी जुन चिजलाई जस्तो छ, त्यसैगरी नहेरी ‘म’ र ‘मेरो’ भन्ने कोणबाट हेर्छौँ । जसले गर्दा दुःख पाइन्छ ।”

मञ्जुश्रीले काठमाडौं उपत्यकालाई तालबाट बस्तीमा परिणत गर्नुअघि यहाँ विपास्वी बुद्धले चमत्कारी कमलको फूल रोपेका थिए । त्यही कमलबाट निस्केको प्रकाशले स्वयम्भूनाथको उत्पत्ति भएको पौराणिक कथन छ । पुराणमा लेखिएका यिनै शब्दहरुलाई रश्ना श्रेष्ठले रङ र कुचीमार्फत क्यानभासमा उतारेकी छिन् ।

Royal Enfield Island Ad

उनले ‘सात पाइला’ शीर्षकमा गौतमबुद्धले जन्मिनैबित्तिकै चालेको सात पाइलालाई चित्रण गरेकी छिन् । टेकिसकेको भुईंमा सुन्दर कमल फक्रिइसकेको देखिन्छ भने भर्खर पाइला सारेको ठाउँमा विस्तारै फक्रन खोजेको देखिन्छ ।

यस्तै, मीना नेवाले गुलाफको सुन्दरतालाई क्यानभासमार्फत जीवन्त बनाउने प्रयास गरेकी छिन् । “रातो माया, पहेँलो मित्रता र केयरको प्रतीक हो । त्यसैले कसैलाई गुलाफ दिँदै हुनुहुन्छ भने यसको रङको अर्थ बुझेर मात्रै दिनुपर्छ । अन्यथा, अर्थको अनर्थ हुनसक्छ भन्ने कुरालाई पनि देखाउन खोजेको हुँ,” उनले भनिन् ।

दुई ‘कान्छा’ कलाकारको कलाले पनि अवलोकनकर्तालाई मन्त्रमुग्ध बनाउँछ । ‘भुल्ने छैनौँ, हाम्रा यी स्रष्टाहरुलाई’ शीर्षकमा न्हुज: रायले नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरुको स्केच दुरुस्तै कोरेका छन् । उनको पेन्टिङमा स्वरसम्राट नरायणगोपाल, अरुणा लामा, अम्बर गुरुङदेखि पछिल्लो पुस्ताकी गायिका इन्दिरा जोशी पनि छिन् । अर्की ‘कान्छी’ कलाकार सुनीभा श्रेष्ठले महिलालाई केन्द्र बनाएर क्यानभास रंगााएकी छिन् ।

गैरकला पृष्ठभूमिका कलाकार
‘आर्टिस्ट ११’ शीर्षकमा जारी प्रदर्शनीमा राखिएका यी पेन्टिङहरु आर्टको औपचारिक अध्ययन गरेकाहरुले कोरेका होइनन् । उनीहरुको पृष्ठभूमि फरक छ । यहाँ कक्षा–११ मा पढ्ने १६–१७ वर्षको उमेर समूहदेखि ४५ वर्षसम्मका नवकलाकारको सिर्जना राखिएको छ ।

कलाकार जोडी एरिना ताम्राकार र आशा डंगोलले उनीहरुलाई स्थान दिएका हुन् । उनीहरु ताम्राकारकै विद्यार्थी हुन् । कोही चार–पाँच वर्षयता समय मिलाएर सौखको रुपमा चित्रकला सिकिरहेका छन् त कोही लकडाउनदेखि मात्र यता लागेका हुन् । उनीहरु सबैको यो पहिलो प्रदर्शनी हो । मार्च २० देखि सुरु भएको प्रदर्शनीमा ११ कलाकारको सिर्जना अवलोकन गर्न सकिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro