site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्यालरीमा चहलपहलले लय समात्यो, बजार भने सुस्त
SkywellSkywell

काठमाडौं । कोरोनाले करिब एक वर्ष बन्द भएका आर्ट ग्यालरीका ढोकाहरू सन् २०२१ सँगै खुल्न थालेका छन् । ग्यालरी खुलेसँगै दिनदिनै कला प्रदर्शनी, कार्यशालालगायत कार्यक्रमहरू आयोजना भइरहेका छन् । लामो समय घरभित्रै बसेर ल्यापटप र कम्प्युटरको स्क्रिनमा चित्रकला अवलोकन गरिरहेका चित्रकलाप्रेमीहरू हिजोआज विभिन्न ग्यालरीमा सजाइएका चित्रकलाहरू प्रत्यक्ष अवलोकन गर्दै त्यसको मजा लिइरहेका देख्न सकिन्छ ।

ग्यालरीमा बढ्दो चहलपहलले कला क्षेत्र कोरोनाकाल अघिकै लयमा आउन थालेको छ । तर, कला क्षेत्रमा बढेको गतिविधिसँगै यसको बजारले भने पुरानै लय समात्न समय लाग्ने ग्यालरी सञ्चालक/कलाकारहरूको बुझाइ छ ।

कोरोना कालपछि आँट गरेर भौतिक कला प्रदर्शनी सुरु गर्ने पहिलो ग्यालरी हो, बबरमहल रिभिजिटमा रहेको ‘सिद्धार्थ आर्ट ग्यालरी’ । करिब १० महिना बन्द भएको सिद्धार्थमा जनवरीमा पहिलो कला प्रदर्शनी सुरु भयो ।

KFC Island Ad
NIC Asia

ग्यालरीले नयाँ कला प्रदर्शनीभन्दा पनि गत वर्ष तय गरेका प्रदर्शनीहरूलाई नै एकपछि अर्को गर्दै प्रदर्शन गरिरहेको छ । 

ग्यालरीमा चहलपहल पहिलेको तुलनामा न्यून भएको र यसको बजारले गति समाउन अझै समय लाग्ने ग्यालरी सञ्चालिका संगीता थापा बताउँछिन् ।

Royal Enfield Island Ad

“हामीले सो मस्ट गो अन भन्ने हिसाबले मात्रै आँट गरेर ग्यालरी खोलेका हौं । हामीले आँट नगरे कलाकार र उनीहरूको सिर्जना थन्किनै राख्ने भयो,” थापा भन्छिन्, “केही-केही पेन्टिङ बिक्री भइरहेका पनि छन्, तर पहिलेको तुलनामा यो निकै थोरै हो । नेपाली कलाको ग्राहक धेरैजसो विदेशीहरू हुन् । तर उनीहरूको उपस्थिति पूरै जिरो नै छ ।”

थापाका अनुसार नेपाली पेन्टिङको बजार धेरैजसो युरोप र अमेरिकातिरै हो । तर कोरोनाकालपछि उताको पुरानो ग्राहक पूरै हराएको उनी महसुस गर्छिन् ।

हाल सिद्धार्थमा कलाकार कविराज लामाको ‘साइकल अफ इम्परमानेन्स’ शीर्षकमा कला प्रदर्शनी जारी छ । 

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ग्यालरी प्रवेशमा मास्क अनिवार्य गरिएको छ भने हरेक दिन ग्यालरीलाई डिसइन्फेक्ट गर्ने गरेको थापाले बताइन् ।

यस्तै चाकुपाटस्थित ‘ग्यालरी एमक्यूब’का सञ्चालक तथा कलाकार मनीषलाल श्रेष्ठका अनुसार चहलपहल र बजारले केही गति समाए पनि कोरोनाकाल अघिजस्तो भने भइसकेको छैन ।

उनले पनि कोरोनाकालपछि जनवरीमा पहिलो प्रदर्शनी सुरु गरेका हुन् । अहिले एमक्युबमा ‘एट फिगर्स’ शीर्षकमा तेस्रो सामूहिक कला प्रदर्शनी जारी छ । अवलोकनकर्ताहरू पनि राम्रो संख्यामा आइरहेका छन् ।

तर कला किन्ने ग्राहकहरू भने औंलामा गन्न मिल्ने मात्रै आइरहेको उनी बताउँछन् । “हाम्रो ग्यालरी कलेज एरियामा भएकाले पनि पाटन अनि इन्जिनियरिङ कलेजका विद्यार्थीहरू धेरै आइराख्नुभएको छ । स्थानीय ग्राहक पनि केही संख्यामा आइराख्नुभएको छ । तर भीआईपी ग्राहकहरू भने शून्य छन्,” कलाकार श्रेष्ठ भन्छन् ।

उनका अनुसार भीआईपी ग्राहकहरू अझै पनि कोरोनाको डरका कारण यसरी कार्यक्रम र प्रदर्शनीहरूमा आइसकेका छैनन् । 
तर कोरोनाले स्थानीय ग्राहकहरू भने बढेको श्रेष्ठले महसुस गरेका छन् । यसको कारण भावनात्मक समीपता भएको उनको बुझाइ छ । यसले नेपालको आर्ट बजार नेपालभित्रै धान्न सक्छ भन्ने राम्रो उदाहरण भएको मनीष बताउँछन् ।

मनीष नेपालको आर्ट बजारमा आएको नयाँ आयामबारे बताउँछन्, “२० वर्षअघि नेपालको आर्ट बजार निर्यातकाे अवस्थामा थियो । तर, कोरोनापछि नेपालमै यसको बजार भएको राम्रो सम्भावना देखाएको छ ।”

एमक्यूबमा पनि कला प्रदर्शनी अब निरन्तर रुपमा सञ्चालन भइरहनेछन् । जारी प्रदर्शनीपछि तीनवटा विश्वविद्यालयका विद्यार्थीहरूको कलालाई स्थान दिने श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बौद्धस्थित ‘ग्यालरी ला’ मा पनि कलाकार तथा ग्यालरी सञ्चालकमध्येकी एक अनीषा महर्जनको ‘थिंक पिंक’ शीर्षकमा एकल कला प्रदर्शनी भइरहेको छ । नेपालको पर्यटन क्षेत्र बौद्धमै भएको उनको ग्यालरीमा पनि अहिले विदेशी कलाप्रेमी र ग्राहकहरू शून्यजस्तो नै छ । स्थानीय अवलोकनकर्ताको भिड त दिनदिनैजसो छ । तर, पेन्टिङ किन्नेहरू भने खासै छैनन् ।

“फेब्रुअरीदेखि अप्रिल भनेको पर्यटक आउने सिजन हो । तर, कोरोनाले अहिले पर्यटकहरूको चाप कम छ जसले गर्दा ग्राहक पनि ह्वातै घटेको हो,” अनीषा पछिल्लो अवस्थाबारे भन्छिन् । उनका अनुसार ग्यालरी लाको ग्राहक भनेको विदेशीहरू नै हुन् । विदेशीहरू नेपाल आउँदा चिनोको रुपमा नेपालबाट पेन्टिङहरू लैजाने गर्छन् ।

यसको प्रमुख कारण भनेको विदेशीभन्दा नेपालीकला सस्तो हुनु हो । डलर नेपाली मुल्यमा रुपान्तरण गर्दा सस्तो हुन्छ । यही कारण विदेशीहरूको रोजाइमा नेपाली पेन्टिङ पर्ने गरेको उनको बुझाइ छ ।

कोरोना खोप आएसँगै अब विस्तारै स्थिति सामान्य हुने आशा गरिरहँदा छिमेकी राष्ट्र भारतमा बढ्दै गरेको संक्रमण र लकडाउनले फेरि ग्यालरीको ढोका बन्द गर्नुपर्ने हो कि भन्ने डर र अन्योल कलाकार तथा सञ्चालकहरूमा पैदा भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro